सत्ताको आडमा उन्मुक्ति
काठमाडौं । आफ्नै घरमा काम गर्न बसेकी एक बालिकालाई श्रमशोषण गरेको आरोप लागेकी नेकपा एमालेकी नेतृ रेखा शर्मा र ड्युटीमा रहेका प्रहरीलाई कुट्ने विद्यार्थी नेता कमल जोशीलाई सरकारले उन्मुक्ति दिन लागेको छ ।
लुम्बिनी पदेश सभा सदस्य रहेकी एमाले नेतृ शर्मा र एमालेको भातृ संगठन अनेरास्ववियुका स्थायी कमिटी सदस्य जोशीलाई उन्मुक्ति दिनेगरी सरकार अघि बढेको हो । बालिकालाई घरमा बन्धक बनाई राखेको अवस्थामा केही समयअघि काठमाडौं महानगरपालिकाले उद्धार गरेको थियो । उनीमाथि सरकार वकिलको कार्यालय काठमाडौं र उच्च सरकारी वकिलको कार्यालय पाटनले मुद्दा नचलाउने निर्णय गरेको हो ।
जिल्ला र उच्च दुवैले सांसद शर्माविरुद्ध मुद्दा चलाउन नपर्ने निर्णय गरी फाइजल महान्यायाधीवक्ताको कार्यालयमा पठाएको छ । महान्यायाधीवक्ताको कार्यालयले सो रायलाई सदर गर्ने तयारी गरेको स्रोतले जनाएको छ । महान्यायाधीवक्ता कार्यालयले सो राय सदर गरेमा सांसद शर्माले गम्भीर अपराधको आरोपबाट उन्मुक्ति पाउनेछिन् ।
गठ जेठ १४ गते काठमाडौंको बालुवाटारस्थित सांसद शर्माको घरबाट ती बालिकालाई काठमाडौं महानगरले उद्धार गरेको थियो । बालिका उद्धार गरेपछि काठमाडौंका मेयर बालेन शाहले फेसबुकमा सांसद शर्माको तस्बिर सार्वजनिक गर्दै एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आक्रोश पोखेका थिए ।
महानगरले शर्माविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जेठ ३० गते जाहेरी दिएको थियो। महानगरले परिसरमा बालबालिका सम्बन्धी ऐनको २०७५ को दफा ६६ उपदफा (२) (ङ) अनुसारको कसुर भएको भन्दै जाहेरी दिएको थियो।
यता गत माघ २४ गते राती काठमार्डौंको ठमेलस्थित छायाँ सेन्टर अगाडि ड्युटीमा खटिएका प्रहरीमाथि निर्घात कुटपिट गरेको आरोप जोशीलगायतका नेतामाथि लागेको छ । अमृत साइन्स क्याम्पसका विद्यार्थी नेता जोशीसहति रमेश फुलारा र दिनेश सिग्देलको समूहले प्रहरीलाई कुटपिट गरेको थिए । घटनापछि सिग्देल र फुलारा पक्राउ परेका छन् भने नविन ऐर, गोपाल शाही र सौजन्य शाहीलाई फरार सूचीमा राखिएको छ । तर,जोशीलाई भने फरार सूचीमासमेत नराखी सरकारले सत्ताको आडमा उन्मुक्ति दिने तयारी गरेको छ ।
जोशीसहितका नेताहरुको आक्रमणमा परेर प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज विष्ट घाइेत भएका थिए । उनीहरूको टाउको र शरीरका विभिन्न भागमा चोट समेत लागेको थियो । उनीहरूले प्रहरीको मोटरसाइकल लडाउँदै कुटपिट गरेका थिए भने प्रहरीको लौरो समेत फालिदिएका थिए ।
ताजा
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





