सत्ताको आडमा उन्मुक्ति
काठमाडौं । आफ्नै घरमा काम गर्न बसेकी एक बालिकालाई श्रमशोषण गरेको आरोप लागेकी नेकपा एमालेकी नेतृ रेखा शर्मा र ड्युटीमा रहेका प्रहरीलाई कुट्ने विद्यार्थी नेता कमल जोशीलाई सरकारले उन्मुक्ति दिन लागेको छ ।
लुम्बिनी पदेश सभा सदस्य रहेकी एमाले नेतृ शर्मा र एमालेको भातृ संगठन अनेरास्ववियुका स्थायी कमिटी सदस्य जोशीलाई उन्मुक्ति दिनेगरी सरकार अघि बढेको हो । बालिकालाई घरमा बन्धक बनाई राखेको अवस्थामा केही समयअघि काठमाडौं महानगरपालिकाले उद्धार गरेको थियो । उनीमाथि सरकार वकिलको कार्यालय काठमाडौं र उच्च सरकारी वकिलको कार्यालय पाटनले मुद्दा नचलाउने निर्णय गरेको हो ।
जिल्ला र उच्च दुवैले सांसद शर्माविरुद्ध मुद्दा चलाउन नपर्ने निर्णय गरी फाइजल महान्यायाधीवक्ताको कार्यालयमा पठाएको छ । महान्यायाधीवक्ताको कार्यालयले सो रायलाई सदर गर्ने तयारी गरेको स्रोतले जनाएको छ । महान्यायाधीवक्ता कार्यालयले सो राय सदर गरेमा सांसद शर्माले गम्भीर अपराधको आरोपबाट उन्मुक्ति पाउनेछिन् ।
गठ जेठ १४ गते काठमाडौंको बालुवाटारस्थित सांसद शर्माको घरबाट ती बालिकालाई काठमाडौं महानगरले उद्धार गरेको थियो । बालिका उद्धार गरेपछि काठमाडौंका मेयर बालेन शाहले फेसबुकमा सांसद शर्माको तस्बिर सार्वजनिक गर्दै एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आक्रोश पोखेका थिए ।
महानगरले शर्माविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जेठ ३० गते जाहेरी दिएको थियो। महानगरले परिसरमा बालबालिका सम्बन्धी ऐनको २०७५ को दफा ६६ उपदफा (२) (ङ) अनुसारको कसुर भएको भन्दै जाहेरी दिएको थियो।
यता गत माघ २४ गते राती काठमार्डौंको ठमेलस्थित छायाँ सेन्टर अगाडि ड्युटीमा खटिएका प्रहरीमाथि निर्घात कुटपिट गरेको आरोप जोशीलगायतका नेतामाथि लागेको छ । अमृत साइन्स क्याम्पसका विद्यार्थी नेता जोशीसहति रमेश फुलारा र दिनेश सिग्देलको समूहले प्रहरीलाई कुटपिट गरेको थिए । घटनापछि सिग्देल र फुलारा पक्राउ परेका छन् भने नविन ऐर, गोपाल शाही र सौजन्य शाहीलाई फरार सूचीमा राखिएको छ । तर,जोशीलाई भने फरार सूचीमासमेत नराखी सरकारले सत्ताको आडमा उन्मुक्ति दिने तयारी गरेको छ ।
जोशीसहितका नेताहरुको आक्रमणमा परेर प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज विष्ट घाइेत भएका थिए । उनीहरूको टाउको र शरीरका विभिन्न भागमा चोट समेत लागेको थियो । उनीहरूले प्रहरीको मोटरसाइकल लडाउँदै कुटपिट गरेका थिए भने प्रहरीको लौरो समेत फालिदिएका थिए ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





