सभ्यता पाठशालाले सम्पन्न गर्यो कराँते प्रतियोगिता

२०८१ पुष ३ गते, बुधबार

करण तामाङ
सभ्यता पाठशाला नागर्जुन १ रानीवनले School Karate championship 2081 SAVYATA’S Cup सम्पन्न गरेको छ । सभ्यता पाठशालाका प्रधानाध्यापक ध्रुव कुमार देवको अध्यक्षता र नेपाल कराँते महासंघका केन्द्रीय महासचिव, एसिया प्यासिफिक सितोरियो कराँते संघको अध्यक्ष दावा गुरुङको प्रमुख आतिथ्यता, नेपाल सोतोकान संघ एस के आई एफका प्रमुख प्रशिक्षक साथै नेपाल कराँते महासंघ बरिस्ठ सल्लाहकार निवास गोपाल वैद्यको विशेष आतिथ्यतामा प्रतियोगिता सम्पन्न गरेको हो । सभ्यता पाठशाला विद्यालयले पाँच वर्ष अघि पनि पहिलो पटक कराँते च्याम्पियनसिप सम्पन्न गरेको थियोे । जसले कराँते खेलाडीहरुको शारीरिक र मानसिक रुपमा तन्दुरुस्तको राम्रो नतिजा आएको बताएको छ ।

यस प्रतियोगिताकोको संयोजक एवम् व्यवस्थापनमा भने कराँते राष्ट्रिय निर्णायक अष्ट विर लामा र दिपा गिरी रहेको थियोे । ३३ वटा डोजो तथा विद्यालयहरुको सहभागीता रहेको थियोे । १९ स्वर्ण पदक सहित बाल सिर्जनालय प्रथम, १३ स्वर्ण पदक सहित आदित्य बोर्डिङ स्कुल द्वितिय र १० स्वर्णसहित बाग भैरब हाई स्कुल तृतीय हुन सफल भएका थिए भने ९ स्वर्णसहित भि एस निकेतन स्कुल सान्त्वना स्थान हासिल गर्न सफल भएको थियोे । काठमाडौंमा सम्पन्न भएको च्याम्पियनसिपमा उपत्यका बाहिरबाट राम शाह स्कुल र बाल ज्योति स्कुल तनहु जिल्लाबाट, शिक्षा सदन स्कुल धादिङ साथै कालिका हिमालय माध्यमिक विद्यालय रसुवाबाट सहभागी रहेको थियोे । नेपाल सोतोकान कराँते संघ एस के आई एफको सहयोगमा सम्पन्न प्रतियोगितामा सहभागिता सम्पुर्ण विद्यालय, कराते प्रशिक्षक, निर्णायक तथा अविभावक हरुले उत्कृष्ट कार्यक्रम आयोजना भएको भन्दै प्रसंसा र प्रतिकृया दिदै खुसि व्यक्त गरेका थिए ।

उक्त प्रतियोगितामा कार्यक्रम उद्घोषण भने कराँते राष्ट्रिय निर्णायक, कलाकार निर्देशक करण तामाङले गरेका थिए । मिडिया पार्टनरका रुपमा मेगा टेलिभिजन, समय दृष्टि साप्ताहिक, समस्टि नेपाल डटकम, डि एन एस अनलाइन लगायतका रहेको थियोे ।

183 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal