कोइली बनैमा गीत लिएर आए गायक दिपेश विष्ट

२०८१ पुष ३ गते, बुधबार

काठमाडौं । गायक दिपेश बिष्टको नयाँ गीत कोइली बनैमा सार्वजनिक भएको छ ।

डम्बर विश्वकर्माको रचनामा तयार भएको गीतमा दिपेश बिष्ट र शान्ति श्री परियारको सुमधुर आवाज रहेको छ भने यस गीतलाई लय युस्कल छिनालले गरेका छन । त्यसैगरी संगीत संयोजन राजेन्द्र बाजुरालीले गरेकाछन ।
मायाप्रेममा आधारित यस गीतमा विशेषग
री गाउँघरमा केटाकेटी विच बसेको मायाप्रेमलाई मुख्य कथावस्तु बनाइएको छ । गीतमा केटाले आफुले मनपराएको केटीलाई तिम्रो मनमा म भएपनि नभएपनि तिमि भने मेरो मनमा सधै भरी रहिरहनेछौ भन्ने कुरा देखाउन खोजिएको छ ।
त्यसैगरी केटिले म कति माया गर्छु भन्ने कुरा देखाउन मिल्दैन त्यो त मेरो मनलाई थाहा छ भन्ने जस्ता कुरा गीतका शब्द मार्फत देखाउन खोजिएको छ ।

लामो समय नेपाली गीतसंगीतमा लागेका गायक दिपेश बिष्ट भन्छन आफुले गरेका सबै गीत उतीकै राम्रा लाग्छन अझ यो गीतमा मैले मात्र हैन हाम्रो सम्पूर्ण टिमले नै धेरै मेहनत गरेर तयार पारेका छौ त्यसैले पनि यो गीत हाम्रो तर्फबाट उत्कृष्ट लागेका छ । युटयुवमा हालेदेखीनै यस गीतलाई धेरैले मन पराईदिनुभएको छ । मलाई कस्तो लाग्ने भन्दा पनि दर्शकले कस्तो मान्नुहुन्छ तेसले भर पार्ने हो गीत राम्रो नराम्रो भन्ने सबै जिम्मा अब हामीले दर्शकको हातमा छोडिदिएकाछौं उहाहरुको प्रतिक्रिया अहिले सम्म राम्रो आएको छ ।

गीतको म्यूजिक भिडियोलाई निर्देशक विनोद भण्डारीले गरेका छन भने गीतको मुख्य भूमिकामा पनि भण्डारी आफै रहेकाछन साथमा उनलाई जुना विश्वकर्माले साथ दिएकीछन ।
मालाश्री स्टुडियोमा रेकडिङ गरिएको यस गीतको म्यूजिक भिडियोको सम्पादन भने मनोज कार्कीले गरेकाछन ।
यो गीत दिपेश बिष्ट अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक भएको छ ।

 

154 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal