पाँचदिने नेपाल भ्रमण गर्दै भारतीय स्थल सेनाध्यक्ष द्विवेदी
काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी नेपाल भ्रमणमा आउने भएका छन् । उनी प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा सेनाध्यक्ष द्विवेदी पाँच दिने नेपाल भ्रमणमा आउने भएका हुन् ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले आज विज्ञप्ति गर्दै मङ्सिर ५ गतेदेखि मङ्सिर ९ गतेसम्म द्विवेदीले नेपाल भ्रमण गर्ने जानकारी दिएको हो । भ्रमणका दौरानमा सेनाध्यक्ष द्विवेदीले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जङ्गी अड्डामा सम्मान गारत निरीक्षण, प्रधानसेनापति सिग्देलसँग भेटघाट, कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरूसँग अन्तरक्रिया र पश्चिम पृतना हेडक्वार्टरको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
सोही बिचमा जनरल द्विवेदीलाई राष्ट्रपति रामचन्द्र पौडेलले मङ्सिर ६ गते एक विशेष समारोहका बिच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान कार्यक्रम समेत रहेको जनाइएको छ । भारत र नेपालबीच एक–अर्काका सेनाप्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने प्रचलन सात दशकदेखि रहिआएको छ ।
भ्रमणका दौरानमा उनले प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्री मानवीर राईसँग औपचारिक भेटघाट गर्ने कार्यक्रम रहेको पनि सेनाले जनाएको छ ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





