बलात्कार पछि हत्या प्रकरणः अर्याल प्रहरी नियन्त्रणमा, ऋषि धमलासँग सोधपुछ
काठमाडौं । कञ्चनपुर उल्टा खामकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनासँग सम्बन्धित विषयमा अन्तर्वार्ता दिने गोरखाका नवराज अर्याललाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अर्याललाई नियन्त्रणमा लिएको हो ।
६ वर्षअघि बलात्कारपछि हत्या गरिएकी पन्तलाई केही दिन अघि अर्यालले प्राइम टाइम टेलिभिजनमा पत्रकार ऋषि धमलासँग अन्तर्वार्ता दिँदै अर्यालले निर्मलाको घटनाको प्रत्यक्षदर्शी रहेको बताएका थिए । सरकारले सुरक्षा दिए आफू दोषीको नाम भन्नसक्ने बयान दिएका थिए ।
त्यसपछि सिआइबीले मंगलबार उनलाई सोधपुछ गरेर हाजिर जमानीमा छाडेको थियो । बुधवार सिआइबीले उनलाई फेरी नियन्त्रणमा लिएको छ । अर्यालसँगै उनी पत्नीलाई समेत नियन्त्रणमा लिएको सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) होबिन्द्र बोगटीले जानकारी दिए । अर्यालसँगै पत्रकार धमलालाई पनि सिआइबीमा बोलाएर सोधपुछ भइरहेको उनले बताए ।
अर्यालले टेलिभिजन अन्तर्वार्तामा बताएको कुरा अनर्गल र झुटा रहेको सिआइबीका प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) दीपक थापाले बताए । ‘अर्यालले बोलेका सबै कुरा भ्रम हुन् । त्यसमा कतै सत्यता देखिँदैन,’ उनले भने ।
ताजा
Pakistan Embassy Kathmandu Alumni Event
२०८२ कार्तिक २९ गते, शनिबार
Pakistan Embassy Kathmandu Alumni Event
२०८२ कार्तिक २९ गते, शनिबार
रास्वपाका सन्तोष परियारले छाडे पार्टी
२०८२ कार्तिक २८ गते, शुक्रबार
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश
२०८२ कार्तिक २७ गते, बिहीबार
डा. निराकारमान श्रेष्ठको “सङ्घर्षदेखि सफलता” सार्वजनिक
२०८२ कार्तिक २७ गते, बिहीबार
कांग्रेस नेता पौडेल भन्छन्, नाम दर्ता गराउने वातवरण बनेन, मतदाता नामावली दर्ता अवधि थप्नुपर्छ
२०८२ कार्तिक २७ गते, बिहीबार
शुसिला कार्कीको औचित्य समाप्त भयो राजीनामा दिनुपर्छः डा. निलोलस भूषाल
२०८२ कार्तिक २७ गते, बिहीबार
चलचित्र ‘मिरमिरे’को दुईवटा पोस्टर सार्वजनिक
२०८२ कार्तिक २७ गते, बिहीबार
जनअपेक्षा पूरा गर्ने आईजीपी कार्कीको प्रतिबद्धता
२०८२ कार्तिक २७ गते, बिहीबार
निर्वाचन अघि कुनै हालतमा अधिवेशन हुन सक्दैनः राठौर
२०८२ कार्तिक २७ गते, बिहीबारकेपी ओलीलाई फेरि अध्यक्ष बनाएर देखाइदिन्छौँः बस्नेत
२०८२ कार्तिक २७ गते, बिहीबारलोकप्रिय
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार





