सरकारको कुनै आधिकारिक अनलाइन मिडिया छैनः सञ्चारमन्त्री शर्मा

२०८१ बैशाख १८ गते, मंगलवार

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारको कुनै आधिकारिक अनलाइन मिडिया नभएको बताएकी छन्।

मंगलवार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन्। सार्वजनिक सेवा प्रशारण विधेयकमाथिको छलफलका क्रममा उनले सरकारको आधिकारिक अनलाइन मिडिया नभइसकेपछि सार्वजनिक सेवा प्रशारण विधेयकमा मिसाउन नमिल्ने बताइन्।

उनले आगामी दिनमा सरकारको छुट्टै आधिकारिक अनलाइन मिडिया भएको खण्डमा भने सार्वजनिक सेवा प्रशारण विधेयकमाथि अनलाइन मिडिया रहने बताइन्। उनले नेपालमा न्युज एजेन्सी (रासस) लाई नेपाल टेलिभिजन, रेडियो नेपालसँगै एकै ठाउँमा मिसाउने अभ्यास नरहेको बताइन्।

उनले भनिन्, ‘न्युज एजेन्सीलाई एकै ठाउँमा हाल्ने प्राक्टिस रहेनछ। बाहिर पनि हाम्रो यहाँ रासस भनेको जस्तै अरूको पनि न्युज एजेन्सी हुन्छ। न्युज एजेन्सी अलग्गै राखेर गर्ने कुरा रहेछ। अनलाइन मिडिया भनेर सरकारको आधिकारिक अनलाइन मिडिया छैन। सरकारको आधिकारिक अनलाइन मिडिया नभइसकेपछि यसलाई कहाँ के ल्याएर मिसाउने, मिसाउने भन्ने भएन।’

मन्त्री शर्माले गोरखापत्रलाई पनि नेपाल टेलिभिजन र रेडियो नेपालझैँ मर्ज गर्ने वा नगर्ने भन्नेबारेमा समितिबाटै स्पष्ट निर्णय हुनुपर्ने बताइन्।

141 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal