नयाँ सरकार गठनको प्रयास नगर्न मुख्यमन्त्री कार्कीको चेतावनी

२०८१ बैशाख १८ गते, मंगलवार

विराटनगर । आफू नेतृत्वको सरकार रहँदारहँदै अर्को सरकार बनाउने प्रयास नगर्न कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश प्रमुख परशुराम खापुङलाई पत्र लेख्नु भएको छ। उहाँले यदि त्यस्तो गरेमा गैर संवैधानिक हुने भन्दै घुमाउरो भाषामा सबैलाई चेतावनी दिनुभएको छ।

उहाँले मङ्गलवार यस्तो पत्र लेख्दै त्यस्तो चेतावनी दिनुभएको हो। २६ चैतमा एमाले र माओवादी केन्द्रका गरी ५२ प्रदेशसभा सदस्यले केदार कार्कीको विकल्पमा अर्को सरकार गठन गर्न प्रदेशसभा सक्षम रहेको भन्दै प्रदेश प्रमुखलाई एक पत्र बुझाएका थिए ।

त्यसपछि ७ वैशाखमा कोसी प्रदेशसभाले मुख्यमन्त्रीलाई विश्वासको मत परीक्षण गर्न निर्देशन दिने र विश्वासको मत परीक्षण नगरे र मार्ग प्रशस्त पनि नगरे प्रदेश प्रमुखले अर्को सरकार गठनको आह्वान गर्न सक्ने सङ्कल्प प्रस्ताव पारित गरेको थियो ।

मङ्गलवार मुख्यमन्त्री कार्कीले तीन पृष्ठ लामो पत्र बुझाउँदै सङ्कल्प प्रस्तावकै कारण गैर संवैधानिक काम नगर्न प्रदेश प्रमुखलाई अनुरोध गर्नुभएको हो ।

मुख्यमन्त्री कार्कीले राजीनामा नदिए २६ वैशाखपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन एमाले माओवादी केन्द्रले प्रदेश प्रमुखलाई दबाब दिइरहेका छन् ।

संविधानको धारा १६८ उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका कार्कीले राजीनामा नदिए र विश्वासको मत पनि परीक्षण नगरे के गर्ने, सरकार गठनको आह्वान गर्दा कसरी अघि बढ्ने भन्दै प्रदेश प्रमुख परामर्शमा हुनुहुन्छ ।

प्रदेश प्रमुख खापुङ परामर्शमा रहेका बेला मुख्यमन्त्री कार्कीले १६८ ९५० अनुसार नियुक्त आफू संवैधानिक तवरबाटै पदमुक्त नभएसम्म अर्को मुख्यमन्त्री चयन हुन नसक्ने जानकारी गराउनुभएको हो ।

‘प्रदेश प्रमुखको मर्यादा र संस्थाको रूपमा स्थापित संवैधानिक पदको मर्यादा माननीय प्रदेश प्रमुखबाट गरिने विषयमा प्रदेशवासी आश्वस्त रहेको अनुरोध गर्दछु’, पत्रमा उल्लेख गर्नुभएको छ।

मुख्यमन्त्री कार्कीले प्रदेशसभाबाट पारित सङ्कल्प प्रस्तावमा उल्लिखित विषय संविधानको मर्म र भावना विपरीत रहेको भन्दै त्यसै आधारमा नयाँ सरकार गठन गर्न खोज्नु असंवैधानिक हुने बताउनुभएको छ। ।

 

149 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट

२०८३ श्रावण ४ गते, सोमबार

अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला

२०८३ श्रावण २ गते, शनिबार

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ श्रावण २ गते, शनिबार

डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते

२०८३ श्रावण २ गते, शनिबार

कमैया मुक्तिको २६ वर्ष: समस्या जहाँको त्यहीँ,पुर्जा छ, श्रेस्ता छैन

२०८३ श्रावण २ गते, शनिबार

सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने

२०८३ असार ३२ गते, बिहीबार

नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ विद्यार्थीहरूलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण

२०८३ असार ३२ गते, बिहीबार

ध्रुवे हात्तीलाई नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो

२०८३ असार ३२ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal