नयाँ सरकार गठनको प्रयास नगर्न मुख्यमन्त्री कार्कीको चेतावनी

विराटनगर । आफू नेतृत्वको सरकार रहँदारहँदै अर्को सरकार बनाउने प्रयास नगर्न कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश प्रमुख परशुराम खापुङलाई पत्र लेख्नु भएको छ। उहाँले यदि त्यस्तो गरेमा गैर संवैधानिक हुने भन्दै घुमाउरो भाषामा सबैलाई चेतावनी दिनुभएको छ।
उहाँले मङ्गलवार यस्तो पत्र लेख्दै त्यस्तो चेतावनी दिनुभएको हो। २६ चैतमा एमाले र माओवादी केन्द्रका गरी ५२ प्रदेशसभा सदस्यले केदार कार्कीको विकल्पमा अर्को सरकार गठन गर्न प्रदेशसभा सक्षम रहेको भन्दै प्रदेश प्रमुखलाई एक पत्र बुझाएका थिए ।
त्यसपछि ७ वैशाखमा कोसी प्रदेशसभाले मुख्यमन्त्रीलाई विश्वासको मत परीक्षण गर्न निर्देशन दिने र विश्वासको मत परीक्षण नगरे र मार्ग प्रशस्त पनि नगरे प्रदेश प्रमुखले अर्को सरकार गठनको आह्वान गर्न सक्ने सङ्कल्प प्रस्ताव पारित गरेको थियो ।
मङ्गलवार मुख्यमन्त्री कार्कीले तीन पृष्ठ लामो पत्र बुझाउँदै सङ्कल्प प्रस्तावकै कारण गैर संवैधानिक काम नगर्न प्रदेश प्रमुखलाई अनुरोध गर्नुभएको हो ।
मुख्यमन्त्री कार्कीले राजीनामा नदिए २६ वैशाखपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन एमाले माओवादी केन्द्रले प्रदेश प्रमुखलाई दबाब दिइरहेका छन् ।
संविधानको धारा १६८ उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका कार्कीले राजीनामा नदिए र विश्वासको मत पनि परीक्षण नगरे के गर्ने, सरकार गठनको आह्वान गर्दा कसरी अघि बढ्ने भन्दै प्रदेश प्रमुख परामर्शमा हुनुहुन्छ ।
प्रदेश प्रमुख खापुङ परामर्शमा रहेका बेला मुख्यमन्त्री कार्कीले १६८ ९५० अनुसार नियुक्त आफू संवैधानिक तवरबाटै पदमुक्त नभएसम्म अर्को मुख्यमन्त्री चयन हुन नसक्ने जानकारी गराउनुभएको हो ।
‘प्रदेश प्रमुखको मर्यादा र संस्थाको रूपमा स्थापित संवैधानिक पदको मर्यादा माननीय प्रदेश प्रमुखबाट गरिने विषयमा प्रदेशवासी आश्वस्त रहेको अनुरोध गर्दछु’, पत्रमा उल्लेख गर्नुभएको छ।
मुख्यमन्त्री कार्कीले प्रदेशसभाबाट पारित सङ्कल्प प्रस्तावमा उल्लिखित विषय संविधानको मर्म र भावना विपरीत रहेको भन्दै त्यसै आधारमा नयाँ सरकार गठन गर्न खोज्नु असंवैधानिक हुने बताउनुभएको छ। ।
ताजा

काठमाडौंमा आज राप्रपा नेपालले प्रदर्शन गर्ने
२०८२ बैशाख १५ गते, सोमबार
काठमाडौंमा आज राप्रपा नेपालले प्रदर्शन गर्ने
२०८२ बैशाख १५ गते, सोमबार
सबै शिक्षक र कर्मचारीलाई काठमाडौं आउन महासंघले ग¥यो अपिल
२०८२ बैशाख १५ गते, सोमबार
झडपमा परी ६३ जना शिक्षकहरू घाइते
२०८२ बैशाख १४ गते, आईतवार
ओली नेतृत्वको सरकार अहिले ढल्न हुँदैन, हामीलाई अझै गिरेको हेर्नुछः मनिष झा
२०८२ बैशाख १४ गते, आईतवार
सांसद राईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
२०८२ बैशाख १४ गते, आईतवार
अभिनेत्री अरुणिमा लम्सालद्वारा श्रीमान श्रेष्ठविरुद्ध सम्बन्धविच्छेद र सम्पत्ति बाँडफाँडको मुद्दा दायर
२०८२ बैशाख १४ गते, आईतवार
गगन थापाप्रति दया लागेको प्रधानमन्त्री ओलीको टिप्पणी, ‘विचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म’को आरोप प्रमाणित गर्न चूनौति
२०८२ बैशाख १४ गते, आईतवार
सत्ता समिकरण फेरबदल नहुने देउवाको प्रतिक्रिया
२०८२ बैशाख १२ गते, शुक्रबार
सरकार परिवर्तनको न्यूज हेरेर हामी आँफै छक्क पर्यौंः आरजु राणा
२०८२ बैशाख १२ गते, शुक्रबार
वर्तमान सरकारले देश र जनताको हित हुने काम गरेको छ : महासचिव पोखरेल
२०८२ बैशाख १२ गते, शुक्रबारलोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार