एमाले हराउन सबै लागेका थिए, तर, ५ सय मत पनि पाएनन्: ओली

इलाम। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले छाडेका इलामकै नेताहरू यो पटक निर्वाचनमा एमालेका उम्मेदवार हराउन बेस्सरी लागेको टिप्पणी गर्नुभएको छ।
मंगलबार सुहाङ नेम्बाङ निर्वाचित भएपछि इलाम बजारमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले यस्तो बताउनु भएको हो।
साझा नाम भएकाले कोशी प्रदेशको नामाकरण गर्दा केही पनि नबिग्रने ओलीको तर्क थियो। उहाँले कोशी प्रदेशको नामाकरणलाई लिएर कसैले पनि संवेदनशील बन्नुपर्ने आवश्यकता नभएको बताउनु भयो ।
विगतमा पनि मेची, कोशी, कर्णाली, सेती, वागमती अञ्चलको नाम राखिएको उल्लेख गर्दै ओलीले त्यस्ता साझा नाममा असहमति राख्नुपर्ने कुनै कारण नरहेको जिकिर समेत गर्नुभयो । उहाँले उनले समृद्ध नेपालः सुखी नेपाली आम नेपालीको पहिचान भएको र त्यसलाई साकार पार्न एमाले लागि परेको बताउनु भयो ।
अध्यक्ष ओलीले पहिचान भनेको सबै नेपाली एकै हो भन्ने हुनुपर्ने बताउनु भयो। ‘के हो के हो पनि भयो होला। पहिचान भनेको के हो के हो ? केलाई पहिचान भन्ने ? हामी सबै नेपाली हो, पहिलो पहिचान नै त्यही हो।’
सुहाङको जितले वितगको मूल्यांकन र भोलिको राष्ट्रिय राजनीतिको संकेत गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘यो सानो कुरा होइन, यसले विगतका कामको मूल्यांकन गरेको छ। भोलिको राष्ट्रिय राजनीतितर्फ संकेत गरेको छ। श्रीअन्तुतिरबाट इलाममा फेरि उदाएको सूर्यको संकेत गरेको छ।’
ताजा

उद्योगपति चौधरीले मनाए वैवाहिक वार्षिकोत्सव
२०८१ माघ २६ गते, शनिबार
उद्योगपति चौधरीले मनाए वैवाहिक वार्षिकोत्सव
२०८१ माघ २६ गते, शनिबार
यी स्थानमा आज पाँच घन्टासम्म विद्युत अवरूद्ध हुने
२०८१ माघ २६ गते, शनिबार
कुमारी सहकारी हिनामिना प्रकरणः प्रहरीद्वारा अनुसन्धान सुरू
२०८१ माघ २६ गते, शनिबार
सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी
२०८१ माघ २६ गते, शनिबार
गायक राजु परियारको आवाजमा ‘कल कल बगेको खोली’ (भिडियो सहित )
२०८१ माघ २६ गते, शनिबार
आज भीमा एकादशी व्रत, यस्तो छ यसको महत्त्व
२०८१ माघ २६ गते, शनिबार
थापा र श्रेष्ठको सहकार्यमा नयाँ गीत ‘जिन्दगीको दियो’ सार्वजनिक
२०८१ माघ १६ गते, बुधबार
एपी शर्माले ल्याए ‘भ्यालेन्टाइन’ (भिडियो)
२०८१ माघ १६ गते, बुधबार
बिक्न छाडे ठेकी र मदानी
२०८१ माघ ८ गते, मंगलवार
ताइवानमा शक्तिशाली भूकम्प
२०८१ माघ ८ गते, मंगलवारलोकप्रिय

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार
शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने
२०८० भाद्र १ गते, शुक्रबार
काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी
२०८० श्रावण २८ गते, आईतवार