‘भागु’ राष्ट्रिय बाल नाटक मेलाको सर्वोत्कृष्ट नाटक घोषित
काठमाडौं । राष्ट्रिय बाल नाटक मेला २०८० को सर्वोत्कृष्ट नाटक ‘भागु’ घोषित भएको छ । उत्कृष्ट अभिनेता, अभिनेत्री, निर्देशक लगायत ७ वटा अवार्डसहित सर्वोत्कृष्ट नाटकको उपाधि सहित ‘भागु’ ले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको हो ।
नाटक मेलाको समापन समारोहमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले विजयी नाटकका कलाकार, निर्देशक लगायतलाई ट्रफि, प्रमाणपत्र र नगद पुरस्कार वितरण गरिन् ।
भक्तपुरको निष्ट स्कूलले तयार पारेको नाटक ‘भागु’ सुदूरपश्चिमको बैतडीमा भएको भागीरथी बलात्कार तथा हत्याकाण्डको सत्य कथामा आधारित छ । भागीरथीको न्यायको लागि लडिरहेको र छोरीको सुरक्षाको कुरा नाटकले उठाएको थियो ।
नाटकमा रुमानी रोकाया, ट्रेजा ढकाल, सुजन पहाडी, रेबिसा श्रेष्ठ, अपेक्षा अधिकारी, जिभिका खतिवडा, कृषा नेपाल, श्रीयम भट्टराई, आर्जन अधिकारी, स्यारोन कटुवाल, रिदम रावत, सौर्य शाह, अग्रिम थापाले अभिनय गरेका थिए । नाटकका लेखक पुष्पराज अवस्थी हुन् ।
गत फागुन १८ गते उदघाटन भएको प्रतियोगितात्मक मेलामा १० वटा विभिन्न नाटक मञ्चन भएका थिए । कार्यक्रममा मन्त्री चौधरीले विजेताहरुलाई बधाई ज्ञापन गर्दै प्रतियोगितामा हारजीत हुने र हारसँग डर नमान्ने सुझाव दिईन् । उनले आफ्नै राजनीतिक संघर्षको उदाहरण दिँदै बारम्बारको प्रयासपछि मात्र आफू पनि सफल भएको बताईन् । देशकै शक्तिशाली व्यक्तिसँग पटक(पटक निर्वाचनमा लड्दा आफूले गरेको संघर्ष र अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिंकनको संघर्षको उदाहरण दिँदै मन्त्री चौधरीले हारमा हतोत्साहित हुने र जीतमा धेरै उत्साहित नहुन बालबालिकाहरूलाई सुझाउँदै मेहनत गर्न प्रेरित गरिन् ।
समापन समारोहमा नेपाल मेडिकल कलेजका अध्यक्ष प्रा।डा। जैनुद्दीन अन्सारी, चलचित्र निर्देशक राजेन्द्र शलभ, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला आदिले बोलेका थिए । नाटक मेलालाई नेपाल टेलिकम, आलिशान फर्निचर, नेपाल मेडिकल कलेज, सुजल फुड, फरवार्ड नेपाल, क्याम्ब्रिज काठमाडौं, इजी केयर स्वास्थ्य सेवा, वाइवी सलुसन, नेपाल एयरलाइन्स, एभरेस्ट बैंक लगायतले प्रायोजन गरेका थिए ।
मेलामा भागु नाटकबाट उत्कृष्ट अभिनेता सुजन पहाडी, उत्कृष्ट अभिनेत्री रुमानी रोकाया, उत्कृष्ट सहअभिनेत्री ट्रेजा ढकाल, उत्कृष्ट प्रकाश परिकल्पना पुष्पराज अवस्थी, उत्कृष्ट नाटककार पुष्पराज अवस्थी र उत्कृष्ट निर्देशक लक्ष्मी जोशीले पुरस्कार जितेका छन् ।
त्यसैगरी मृगशिरा वर्ल्ड स्कूलले प्रस्तुत गरेको नाटक बाह्राले दर्शक छनौट पुरस्कारसहित उत्कृष्ट मञ्च परिकल्पना, उत्कृष्ट भेषभूषा तथा श्रृंगार, उत्कृष्ट पाश्र्व ध्वनि तथा संगीत गरी ४ वटा पुरस्कार जितेको छ ।
नाटकमा नेवार समुदायमा बालिकाहरुलाई गुफा राख्ने परम्परामा आधारित कथा पस्केको थियो । नाटकमा प्रभा बुढा, निलम महर्जन, कृष्ण यादव, रोज देउला, स्नेहा यादव, रोमन सुन्दास, तपस्या शाक्य, रितिका खड्का, एन्जल शाही, रोशनी पाण्डे, श्रीणा तामाङ, विप्लव अधिकारी, ज्यास्लिन रन्जित, श्रृजल मानन्धरले अभिनय गरेका थिए ।
प्रतियोगिताको उत्कृष्ट सहअभिनेताको पुरस्कार भने काभ्रे बनेपाको विद्यासागर स्कूलको नाटक नेपालको कानून दैवले जानुन्का कलाकार प्रसिद्ध तिमल्सिनाले पाएका छन् । त्यस्तै अनुशासित समुहको पुरस्कार भक्तपुरको नेक्सस स्कूलले प्राप्त गरेको छ ।
मेलामा ग्लाडस्टोन एकेडेमी गीता नामक नाटक प्रस्तुत गरेको थियो । प्रभाकर न्यौपानेले निर्देशन गरेको नाटकमा परिवारको जिम्मेवारी निर्वाह गर्न विदेशिएका श्रीमान बेपत्ता भएपछि आईपरेको जिम्मेवारी निर्वाह गर्न श्रीमतीले गरेको संघर्ष र छोरी गीताको बाल मनोविज्ञानमा परेको असरको कथा बुनिएको थियो । नाटकमा दिप्शा श्रेष्ठ, आयुश्मा पौडेल श्रृष्टि शर्मा, श्रृष्टि खड्का, उज्ज्वल खत्री, सौरम्य दाहाल, जेनिस बलम्पाखी, रिया खत्री, तयामा राई, परिधि महतले अभिनय गरेका थिए ।
त्यस्तै पुरानो सिनामंगलको नेक्सस स्कूलले सिम्रिकको अठोट प्रस्तुत गरेको थियो । नाटकमा व्यस्त शहरिया जीवनको कारणले खासगरि बृद्ध अवस्थामा पुगेका परिवारका सदस्यहरु र बालबालिकाहरुको उचित हेरचाह नपुग्ने र त्यसको कारणले बालबालिकामा पर्ने मानसिक असरलाई नै देखाईएको छ ।
प्रभाकर न्यौपानेको निर्देशन रहेको नाटक उनैले लेखेका हुन् । नाटकमा गौरबी पराजुली, हेईस्का निरौला, अंशु खरेल, हृदय घिमिरे, रिसव सुवेदी, सम्भवी कार्की, रचना खरेल, जेनिस गौतम, सुस्मा स्याङताङ, आँचल पछाई, कृसु लामिछानेले अभिनय गरेका थिए ।
त्यसैगरि मेलामा बनेपा काभ्रेको विद्यासागर सेकन्डरी स्कूलले नेपालको कानून दैवले जानून् शीर्षकको नाटक प्रस्तुत गरेको थियो । सुमन रंजीतको निर्देशन रहेको नाटकमा आमेश गौतम, आर्जन खनाल, सुविन न्यौपाने, सिद्धार्थ गौतम, प्रसिद्ध तिमल्सिना, नियोमी आभा श्रेष्ठ, नितिशा गोयन्का, अदिति गौतम, प्रतिक्षा बुढाथोकी भुमिका निर्वाह गरेका थिए ।
नाटक मेलामा मेरिडियन ईन्टरनेशनल स्कूल बालुवाटारले दीपेन्द्र रानाद्वारा लिखित नाटक एक म प्रस्तुत गरेको थियो । सुजिता केसीले निर्देशन गरेको नाटकले व्यस्त अभिभावकका कारणले बालबालिकाले भोग्नु परेको समस्याको विषय उठाएको थियो । हुकँदो बालबालिकाहरुलाई अभिभावकले समय दिन नसक्दा ती बालबालिकाहरुमा पर्ने मानसिक असरलाई नाटकमा प्रस्तुत गरिएको थियो । नाटकमा निशिता पौडेल, याङचेन तामाङ, दृष्टि थपलिया, इसिता खरेल, स्वेच्छा तिमल्सिना, समरा जोशी, साईना रिजाल, नृपेश गुरुवाचार्यको अभिनय रहेको थियो ।
मेलामा कोलम्बस ईन्टरनेशनल स्कूलले कथाकार गुरु प्रसाद मैनालीको कथा नासो लाई नाट्य रुपान्तर गरी प्रस्तुत गरेको थियो । राम केएसीले कथालाई नाट्य रुपान्तरण र निर्देशन गरेका थिए । नाटकमा आयुषा भण्डारी, क्रिशा बरुवाल, सौगात कक्षपती, साईना स्याङताङ, युक्ति थापा मगर, सुजल काफ्ले, सुयोग्य भण्डारी, ओसिङ आले मगर, निकेश लामा, सेजल काफ्ले, रिजन न्यौपानेलै अभिनय गरेका थिए ।
त्यस्तै लिटल एन्जेल्स स्कूलले सपनाको लक्ष्य नाटक प्रस्तुत गरेको थियो । दीपा बस्नेतको लेखन र निर्देशन रहेको नाटकमा लेलिना विष्ट, सुकृम रेग्मी, रश्मी लामा, प्रशंशा दाहाल लगायत कलाकारले अभिनय गरेका थिए ।
शंखमुलको नेरिक एकेडेमी स्कूलले मैले नदेखेको देश नाटक प्रस्तुत गरेको थियो । निशा पोखरेलको निर्देशनमा प्रस्तुत उक्त नाटक नेपालको दुर्गम गाउँहरुमा विद्यमान समस्या, सामाजिक कुरीति, जीवन यापनका समस्याहरु देखाइएको थियो । मेलामा रेडियन्ट रिडर्स एकेडेमीले अटिज्मले पीडित बालिकाको कथा प्रस्तुत गरेको थियो । राजन भुजेलको लेखन तथा निर्देशन रहेको नाटकमा सदिक्षा शर्मा, स्नेहा पौडेल, आध्या श्रेष्ठ, दिव्याङ्का पंजियार, सम्बृद्धि अधिकारी लगायतले अभिनय गरेका थिए ।
ताजा
शैक्षिक परामर्श सेवा नियमनावली २०८३ स्वागतयोग्य, तर नियन्त्रणमुखी व्यवस्था स्वीकार्य नहुने व्यवसायीहरुको माग
२०८३ श्रावण ११ गते, सोमबार
शैक्षिक परामर्श सेवा नियमनावली २०८३ स्वागतयोग्य, तर नियन्त्रणमुखी व्यवस्था स्वीकार्य नहुने व्यवसायीहरुको माग
२०८३ श्रावण ११ गते, सोमबार
नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै
२०८३ श्रावण ११ गते, सोमबार
झडप र तनावपछि सुनसरीमा अनिश्चितकालीन कर्फ्यु
२०८३ श्रावण ११ गते, सोमबार
बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक
२०८३ श्रावण ११ गते, सोमबार
मःमभित्र कपाल, कारवाही होला त ?
२०८३ श्रावण ११ गते, सोमबार
Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न
२०८३ श्रावण ६ गते, बुधबार
एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट
२०८३ श्रावण ४ गते, सोमबार
अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि
२०८३ श्रावण ४ गते, सोमबार
मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला
२०८३ श्रावण २ गते, शनिबार
आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
२०८३ श्रावण २ गते, शनिबारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





