बबिनालाई टुनामुना लगाउदै बैकुण्ठ प्रधान

२०८० चैत्र ४ गते, आईतवार

सान्नानीलाई टुनामुना लाइदिउ कि
पञ्चे बाजा बजाएर घरमै आउ कि
पञ्चे बाजा बजाउने कुरै नगर
तिम्रा टुनामुनाको हुन्न असर

काठमाडौ । मन परेकी सान्नानी न फकाउदा मान्छिन् न सम्झाउदा मान्छिन् न त रिसाउँदा नै मान्छिन् ।।।सान्नानी झन् झन् मनमा गाढा बनेर बस्छिन् तर उनको मनमा भने आफ्नो लागि कुनै स्थान नभएको महशुष भए पछि जसरी भए पनि सान्नानीलाई मनमा बसाउने र आफ्नो बनाउने चाह बढ्छ । केहि गर्दा पनि असर नगरे पछि सान्नानीलाई तन्त्रमन्त्र, टुनामुना लगाएरै भए पनि आफ्नो वशमा पार्न अनि आँफू प्रतिको आकर्षण बढाउन कोशिश गर्छन् युवक । त्यति मात्र होइन पञ्चे बाजा सहित घरमै आउने चाहना पनि व्यक्त गर्दछन् उनी तर जवरजस्ती होइन सल्लाहले, आँफूले मन पराएकी युवतीको अनुमतिले ।

युवती अलि घमण्डी छिन् । उनी पुरातन संस्कारको तन्त्रमन्त्र, जादु, टुनामुनाले आँफूलाई कुनै असर नगर्ने र जादु, टुनामुना भनेका समाजको कुरिती र अन्धविश्वास भएको जनाउदै युवकको टुनामुनालाई सिधै चुनौती दिन्छिन् । पञ्चे बाजा बजाएर घरमा आउने त टाढाको कुरा पञ्चे बाजाको कुरा मात्र पनि उनलाई सह्य हुदैन । जे गर्दा पनि युवती नफकिदा युवक पिरमा पर्छन् भने आँफू प्रति आकर्षित भएर आफ्नो पिछा लागेको युवकको व्यवहारले युवती पनि पिरमा पर्छिन्, दुवै जना आ आफ्नो पीरमा छन् ।

रेशमको सारी र मखमली चोलीमा सजिएकी युवतीको सुन्दरतामा युवक मन्त्रमुग्ध त छदैथिए हेरिरहु लाग्ने युवतीको धपक्क बलेको रुप अनि जादुमय उनको बोलीले युवक झन् भुतुक्कै थिए । अञ्चले स्वभावकि युवती आँफूलाई माया गर्ने युवकको मायालाई बुझ्दिनन् या बुझ्न चाहन्नन् उनी ती युवकलाई जाली मान्छेको संज्ञा दिन्छिन् र फकाउने कलामा जाली मान्छे सिपालु हुने, जाली मान्छेको जालमा आँफू नपर्ने जवाफ दिन्छिन् । तन्त्रमन्त्र, जादु, टुनामुनाले पनि असर नगरे पछि युवक युवतीलाई हातमा सुनको चुरा लगाइदिने, शीरमा शीरफूल लगाइदिने अनि रानी बनाएर राख्ने बचन दिन्छन्, उनको मायाको सम्मानमा कुनै भुल नहुने बाचा गर्छन् । तर युवतीलाई युवकको कुनै पनि कुराको न विश्वास हुन्छ न कुनै असर, उनी आफ्नै दुनियामा रमाउने, आफ्नै गाउँठाउँ, परिवेश अनि आफ्नै आमा, बुवाको घरमै खुसी हुने र आमा, बुवाले खोजिदिएका सोझो अनि इमान्दार युवक संग नै घरजम गर्ने भाव व्यक्त गरेर युवकलाई फर्काइदिन्छिन् ।

बबिना भट्टराईको अफिसियल युट्व च्यानल र इमेज एफ।एम। ९७।९ मा हरिराम पौडेलले संचालन गर्ने कार्यक्रम मेची देखि महाकाली सम्म बाट एक साथ सार्वजानिक भएको गीत टुनामुना पछिल्लो समय विभिन्न सुमधुर गीत, गजल, भजन र नेपाली गीति क्षेत्रमा पहिलो चारु गाएर नेपाली सुगम संगीतमा छाइरहेकी चर्चित गायिका बविना भट्टराईको स्वर तथा संगीतमा सार्वजनिक भएको छ भने टुनामुना गीतका शब्दहरु पनि बबिना भट्टराई कै रहेका छन् । उक्त गीतको एरेन्ज महाराज थापाले गरेका छन् भने मिक्सिङ र मास्टरिङ प्रकाश खरेलको रहेको छ । म्युजिक नेपालको स्टुडियो, अनामनगरमा नकुल कार्कीले रेकर्डिङ गरेका उक्त गीतको भिडियो ड्रगन पिक्चर्स द्धारा निर्माण गरिएको हो । गीतको भिडियोमा चर्चित कलाकार बुद्धि तामाङ संग बबिना आफैले अभिनय गरेकी छिन् । भिडियोमा बुद्धि र बबिनाको अभिनय जीवन्त रहेको छ । केशवराज भट्टको निर्देशन र कोरियोग्राफी रहेको उक्त भिडियोको सम्पादन तथा कलर मिलन विश्वकर्माले गरेका छन् ।

बबिना भट्टराईको शब्द, संगीत र स्वर रहेको गीतमा आफूले स्वर दिन पाएकोमा आफू खुसी अनि आनन्दित भएको बताउँछन् टुनामुना का गायक बैकुण्ठ प्रधान । विगत वर्ष देखि बबिना संगको सहकार्यमा गीत संगीत र भक्ति संगीतमा सहकार्य गर्दै आइरहेका उनी बबिना भट्टराईको संगीत कला र गला अनि काम गर्ने शैलीले आँफू प्रभावित भएको र आगामी दिनहरुमा पनि बबिना संगको सहकार्यमा गीत तथा भजनहरु दर्शक, श्रोता माझ ल्याउने उनले इमेज एफ।एम। ९७।९ मा हरिराम पौडेल संगको अन्तर्वार्ता मार्फत बताएका छन् ।

बैकुण्ड प्रधान संगको सहकार्य सहज र सरल भएको बताउने बबिना आध्यात्मिक व्यक्तित्व बैकुण्ठको गीत तथा भजनहरु प्रतिको लगावलाई सम्मान गर्दै आगामी दिनहरुमा बैकुण्ठ प्रधान संगको सहकार्यमा अझ सुमधुर र कर्णप्रिय गीत तथा भजनहरु दर्शक, श्रोता माझ ल्याउने बताउँछिन् ।

‘हसाउँछौ तिम्रै मर्जी, रुवाउँछौ तिम्रै मर्जी।।।।’ बोलको अविनाश थापाको शब्द तथा दिपक शर्माको संगीतमा पहिलो गीत गाएकी बबिनाकोे १५ वर्ष भन्दा बढिको संगीत यात्रामा विभिन्न गीत तथा भजनहरुमा स्वर तथा संगीत दिएर उनले नेपाली श्रोता, दर्शकको अपार माया पाएकी छिन् । सुगम संगीत तथा भक्ति संगीत पारखी दर्शक तथा स्रोताको मुटुको ढुकढुकी बनेकी छिन् । संगीत क्षेत्रबाट चरमचुलीमा पुग्ने जीवनको अभिष्ट लिएर संगीतयात्रामा यात्रारत् बबिनाका भगवान श्री कृष्णका भजनहरु काले काले कृष्ण, मधुराष्टकम्, महामन्त्रको रुपमा जपिने हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे ।।हरे राम हरे राम राम राम हरे हरे, अच्युतम् केशवम् रामानारायणम्, श्री कृष्ण गोविन्द हरे मुरारे, अच्युताष्टकम लगायत भगवान श्री राम, महादेव, हनुमान चालिसा, दुर्गा भजन, गायत्री मन्त्र लगायतका विभिन्न भजनहरु बीणा भक्ति युट्व च्यानलमा संग्रहित रहेका छन् भने उनका व्यवसायिक गीतहरु उनको आफ्नै ‘बबिना भट्टराई’ युट्व च्यानल मार्फत सार्वजानिक हुदै आएका छन् । भर्खरै नेपाली संगीत क्षेत्रको इतिहासमा नै लमजुङका चारुकार लक्ष्मी प्रसाद मिश्रको शब्द रहेको पहिलो चारु मा संगीत तथा स्वर दिएर उनले नेपाली चारु गायन तथा संगीतमा आँफूलाई पहिलो चारु गायिका तथा संगीतकारको रुपमा स्थापित गरेकी छिन् भने टुनामुना गीत लेखेर आँफूलाई गीतकारको रुपमा समेत प्रस्तुत गरेकी छिन् । गीतको भिडियोमा आँफैले अभिनय गरेर उनले आँफू भित्र लुकेको नृत्य प्रतिभा पनि सार्वजानिक गरेकी छिन् उनको अभिनयलाई दर्शक, श्रोताले रुचाएका छन् । आफ्नो अभिनय हेरेर अन्य म्युजिक भिडियोहरुमा अभिनयको प्रस्ताव समेत आएको बताउने बबिना आफ्नो मूल कर्म गायन र संगीत नै भएकोले यहि क्षेत्रबाट नै आफ्नो पहिचान र परिचय स्थापित गर्ने बताउँछिन् ।

162 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

शैक्षिक परामर्श सेवा नियमनावली २०८३ स्वागतयोग्य, तर नियन्त्रणमुखी व्यवस्था स्वीकार्य नहुने व्यवसायीहरुको माग

२०८३ श्रावण ११ गते, सोमबार

शैक्षिक परामर्श सेवा नियमनावली २०८३ स्वागतयोग्य, तर नियन्त्रणमुखी व्यवस्था स्वीकार्य नहुने व्यवसायीहरुको माग

२०८३ श्रावण ११ गते, सोमबार

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै

२०८३ श्रावण ११ गते, सोमबार

झडप र तनावपछि सुनसरीमा अनिश्चितकालीन कर्फ्यु

२०८३ श्रावण ११ गते, सोमबार

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक

२०८३ श्रावण ११ गते, सोमबार

मःमभित्र कपाल, कारवाही होला त ?

२०८३ श्रावण ११ गते, सोमबार

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट

२०८३ श्रावण ४ गते, सोमबार

अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला

२०८३ श्रावण २ गते, शनिबार

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ श्रावण २ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal