महरालाई तत्कालै कारबाही गर्न गृहमन्त्रीको निर्देशन

२०८० चैत्र ४ गते, आईतवार

काठमाडौं । सुन तस्करी प्रकरणमा छानबिन आयोगले कारबाही सिफारिश गरेका पूर्व सभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरामाथि तत्काल कारबाही थाल्न उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रहरीलाई निर्देशन दिएका छन् ।

प्रहरी महानिरीक्षक वसन्त कुँवर, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख श्यामलाल ज्ञवाली लगायतलाई आइतबार गृह मन्त्रालयमा निर्देशन दिँदै उनले कारबाही थाल्न निर्देशन दिएका हुन् ।

उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य संयोजकत्वको आयोगले बिहीबार सरकारलाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन प्राप्त गरेलगत्तै गृहमन्त्री लामिछानेले शुक्रवारदेखि प्रतिवेदन कार्यान्वयन शुरू गरेका थिए । आयोगले सुन तस्करीमा संलग्नलाई उन्मुक्ति दिने गरी अनुसन्धान गरेको भन्दै सीआईबीको नेतृत्व परिवर्तन गर्न सिफारिश गरेको थियो ।

164 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal