फास्ट ट्र्याक एजुकेशन कन्सल्टेन्सी १८ औं वर्षमा प्रवेश
काठमाडौं । काठमाडौंमा सञ्चालित फास्ट ट्र्याक एजुकेशन कन्सल्टेन्सी १८ औं वर्षमा प्रवेश गरेको छ ।
मंगलबार कन्सल्टेन्सीले १८ औं वार्षिकोत्सव मनाएको छ । कन्सल्टेन्सीका प्रबन्ध निर्देशक खड्गबहादुर ताम्लिङ लिम्बुले अहिलेसम्म कन्सल्टेन्सीलाई सहयोग गर्दै आउनेहरुप्रति आभार व्यक्त गरेका छन् । ‘यहाँसम्म आइपुग्नु पनि चुनौती नै हो, अब हामीलाई केही सहज होला किनभनें अब हामी हरेक कुराले अघि बढिसकेका छौं’ प्रबन्ध निर्देशक ताम्लिङले भने ‘यो व्यवसायमा पनि अनेक चुनौती छन् तर सबैलाई व्यवस्थापन गर्दै अघि बढिरहेका छौं ।’ बागबजारमा सञ्चालन भइरहेको कन्सल्टेन्सी नयाँ वर्षमा प्रवेश गरेसँगै शहिद शुक्र मावि नजिकै रहेको बिजी ह्वाइट हाउस अद्धैत मार्गमा सरेको छ ।
यो क्षेत्रमा लामो समयसम्म काम गर्दै आएका प्रबन्ध निर्देशक ताम्लिङ शैक्षिक परामर्श व्यवसायीहरुको सबैभन्दा ठूलो छाता संगठन नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का पदाधिकारीसमेत भइसकेका छन् । प्रतिनिधिसभामा झापा –४ बाट निर्वाचित एमाले सांसद तथा नेपाल उद्योग तथा व्यवसायी महासंघका अध्यक्ष एलपी सावाँले १८ औं वर्ष प्रवेशसँगै नयाँ अफिसको रिबन काटेर उद्घाटन गरेका थिए । कार्यक्रममा प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना, नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष शेषराज भट्टराई, इक्यानकै निवर्तमान अध्यक्ष प्रकाश पाण्डे, स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन) का निवर्तमान अध्यक्ष तथा प्रगतिशील शैक्षिक परामर्श व्यवसायी संघका अध्यक्ष वासु नेपाल, प्रगतिशील शैक्षिक परामर्श व्यवसायी संघका कोषाध्यक्ष राम थापालगायत यस क्षेत्रमा सक्रिय विभिन्न संघसंस्थाका प्रतिनिधिहरुका साथै अन्यको उपस्थिति रहेको थियो ।
प्रबन्ध निर्देशक ताम्लिङले कन्सल्टेन्सीले अष्ट्रेलिया, युएसए, युके, क्यानडालगायतका देशमा उच्च शिक्षा अध्ययनका लागि जाने विद्यार्थीलाई परामर्श प्रदान गर्दै आएको बताए । कन्सल्टेन्सीले झापाको विर्तामोड, रुपन्देहीको बुटवलसहित अन्य ठाउँमा पनि शाखा सञ्चालन गर्दै आएको छ ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





