फास्ट ट्र्याक एजुकेशन कन्सल्टेन्सी १८ औं वर्षमा प्रवेश

२०८० चैत्र १ गते, बिहीबार

काठमाडौं । काठमाडौंमा सञ्चालित फास्ट ट्र्याक एजुकेशन कन्सल्टेन्सी १८ औं वर्षमा प्रवेश गरेको छ ।

मंगलबार कन्सल्टेन्सीले १८ औं वार्षिकोत्सव मनाएको छ । कन्सल्टेन्सीका प्रबन्ध निर्देशक खड्गबहादुर ताम्लिङ लिम्बुले अहिलेसम्म कन्सल्टेन्सीलाई सहयोग गर्दै आउनेहरुप्रति आभार व्यक्त गरेका छन् । ‘यहाँसम्म आइपुग्नु पनि चुनौती नै हो, अब हामीलाई केही सहज होला किनभनें अब हामी हरेक कुराले अघि बढिसकेका छौं’ प्रबन्ध निर्देशक ताम्लिङले भने ‘यो व्यवसायमा पनि अनेक चुनौती छन् तर सबैलाई व्यवस्थापन गर्दै अघि बढिरहेका छौं ।’ बागबजारमा सञ्चालन भइरहेको कन्सल्टेन्सी नयाँ वर्षमा प्रवेश गरेसँगै शहिद शुक्र मावि नजिकै रहेको बिजी ह्वाइट हाउस अद्धैत मार्गमा सरेको छ ।

यो क्षेत्रमा लामो समयसम्म काम गर्दै आएका प्रबन्ध निर्देशक ताम्लिङ शैक्षिक परामर्श व्यवसायीहरुको सबैभन्दा ठूलो छाता संगठन नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का पदाधिकारीसमेत भइसकेका छन् । प्रतिनिधिसभामा झापा –४ बाट निर्वाचित एमाले सांसद तथा नेपाल उद्योग तथा व्यवसायी महासंघका अध्यक्ष एलपी सावाँले १८ औं वर्ष प्रवेशसँगै नयाँ अफिसको रिबन काटेर उद्घाटन गरेका थिए । कार्यक्रममा प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना, नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष शेषराज भट्टराई, इक्यानकै निवर्तमान अध्यक्ष प्रकाश पाण्डे, स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन) का निवर्तमान अध्यक्ष तथा प्रगतिशील शैक्षिक परामर्श व्यवसायी संघका अध्यक्ष वासु नेपाल, प्रगतिशील शैक्षिक परामर्श व्यवसायी संघका कोषाध्यक्ष राम थापालगायत यस क्षेत्रमा सक्रिय विभिन्न संघसंस्थाका प्रतिनिधिहरुका साथै अन्यको उपस्थिति रहेको थियो ।

प्रबन्ध निर्देशक ताम्लिङले कन्सल्टेन्सीले अष्ट्रेलिया, युएसए, युके, क्यानडालगायतका देशमा उच्च शिक्षा अध्ययनका लागि जाने विद्यार्थीलाई परामर्श प्रदान गर्दै आएको बताए । कन्सल्टेन्सीले झापाको विर्तामोड, रुपन्देहीको बुटवलसहित अन्य ठाउँमा पनि शाखा सञ्चालन गर्दै आएको छ ।

212 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

प्रधानमन्त्रीलाई मार्ने धम्की दिने युवक पक्राउ

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्रीलाई मार्ने धम्की दिने युवक पक्राउ

२०८३ भाद्र १० गते, बुधबार

यस्ता छन् मन्त्रिपरिषद्को आकस्मिक बैठकले गरेको १० निर्णय

२०८३ भाद्र १० गते, बुधबार

मनकामना केबलकार बन्द

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान

२०८३ भाद्र १० गते, बुधबार

भोटेकोशी बाढी धादिङको गल्छी पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा आकस्मिक बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा बाढीः २८ प्रहरी सम्पर्कविहीन, नुवाकोट कारागारमा बाढी पस्यो

२०८३ भाद्र १० गते, बुधबार

विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिएको भन्दै प्रहरी र हेलो सरकारमा उजुरी

२०८३ भाद्र १० गते, बुधबार

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

२०८३ भाद्र १० गते, बुधबार

आज प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal