क्षत्रपाटी चिकित्सालयको आपत्ति
काठमाडौं । क्षत्रपाटी चिकित्सालयले किन्न लागेको सिटी स्क्यानविथ कार्डियाक, डिजिटल मेमोग्राम मेशिनको टेण्डर प्रक्रियाको आर्थिक प्रस्ताव नखुल्दै तीन करोड रुपैयाँ अनियमितता भएको भन्दै केहि अनलाइन सञ्चार माध्याममा आएको समाचार गलत र दुराशयपूर्ण रहेको भन्दै आपत्ति जनाएको छ । आइतबार चिकित्सालयले विज्ञप्ति जारी गर्दै सार्वजनिक खरिद ऐनको आवश्यक प्रक्रिया पुरा गरी ती मेसिन खरिद गर्ने प्रक्रिया सुरु गरेको तर त्यसको आर्थिक प्रस्ताव नै नखुलेको अवस्थामा अनियमितता भएको भन्दै समाचार लेखिनु हास्यास्पद र दुराशयपूर्ण रहेको जनाएको हो ।
सार्वजनिक खरिद अनुगमन कार्यालयमा बन्द रहेको सामान खरिदको प्रस्ताव खोल्नु अघि नै यति रकम अनियमितता भयो भनेर समाचार प्रकाशित गर्नु आफैमा दुरासयपूर्ण समाचार भएको भन्दै चिकित्सालयले स्पेशिफिकेशन लक्ड गरिएको र खुल्दै नखुलेको आर्थिक प्रस्तावमाथि अनियमितता भएको भन्ने तथ्य पुष्टि गर्न चुनौति दिएको छ ।
विज्ञप्तिमा भनिएको छ, यस छत्रपाटी निःशुल्क चिकित्सालय (अस्पताल) ले सार्वजनिक खरिद ऐनको आवश्यक प्रक्रिया पुरा गरी सिटी स्क्यानविथ कार्डियाक, डिजिटल मेमोग्राम मेशिन खरिद गर्ने प्रक्रिया सुरु गरेको हो ।
काठमाडौं महानगरपालिकाको सहयोगमा खरिद गर्न लागेको सिटी स्क्यानविच कार्डियाक, डिजिटल मेमोग्राम मेशिन खरिद प्रक्रिया निष्पक्ष र पारदर्शी ढंगले अघि बढिरहेको छ । हाल सार्वजनिक खरिद अनुगमन कार्यालयमा बन्द रहेको टेण्डर प्रक्रिया आजै ९आइतबार० अपरान्ह ३ बजे खुल्नेछ । खुल्ने प्रक्रियामै रहेको आर्थिक प्रस्तावमा कति मूल्यमा आपूर्ति गर्ने रकम हालिएको छ भन्ने कुरा बाहिर सार्वजनिक नहुँदै, बन्द अवस्थामा रहेको आर्थिक प्रस्ताव नखुल्दै तीन करोड रुपैयाँ अनियमितता भएको भनेर समाचार लेखिनु हास्यास्पद र दुराशयपूर्ण रहेको देखिन्छ ।
सो विज्ञप्तिमा अगाडी भनिएको छ, स्पेशिफिकेशन लक्ड गरिएको कुरा असत्य र झूठा हो । अस्पतालले तयार पारेको स्पेशिफिकेशन अनुसार हाल नेपालमा सिटीस्क्यान मेशिन बिक्री गर्दै आएका हिटाची, सिमेन्स, नियोसफ्ट, क्याननलगायतका कम्पनीहरुले टेण्डर हाल्न सक्ने अवस्था रहेको र प्रिबिडिङ छलफलमा समेत सहभागी भएकोले तथ्यबाट समेत पुष्टि हुने हुँदा उक्त समाचार त्रुटीपूर्ण रहेको छ ।
चिकित्सालयले काठमाडौं महानगपालिकाको स्वास्थ्य सेवा विभागमा २०६० ०६।१७ गते सिटी स्क्यान र डिजिटल मेमोग्राम खरिद प्रक्रियाको लागि स्पेशिफिकेशन बुझाई स्वीकृति लिएर २०६०।०९।०१ गते आपसी सम्झौता पश्चात वैधानिक प्रक्रिया पुरा गरी सोही बमोजिमको टेण्डर प्रकाशित भई खरिद प्रक्रिया अघि बढिरहेको बताउँदै त्यस बाहेक अन्य केही नभएको जनाएको छ। विज्ञप्तिमा जनताको स्वास्थ्य उपचार सरल बनाउने उद्देश्यले सञ्चालित यस अस्पतालले शहरी क्षेत्रका जनतालाई थप सुविधा दिने उद्देश्यले तीन महिना समय लगाएर गुणस्तरीय सिटी स्क्यानविथ कार्डियाक डिजिटल मेमोग्राम मेशिन खरिद गर्न लागेको बेला गुणस्तरहिन मेशिन बिक्री गर्न खोज्ने तत्वहरुबाट प्रभावित भएर प्रकाशित समाचार गलत भएको भन्दै समाचार खण्डनका लागि सम्बन्धित अनलाईन र नेपाल प्रेसकाउन्सिलको ध्यानाकर्षण गरिएको छ ।
आर्थिक प्रस्ताव खुल्नु १५ घण्टाअघि समाचार प्रकाशित हुनु अस्पतालले खरिद गर्न लागेको सिटी स्क्यानविथ कार्डियाक, डिजिटल मेमोग्राम मेशिनको खरिद प्रक्रिया नै रोक्नेउद्देश्य निहित रहेको भन्दै चिकित्सालयले विगत देखि नै अस्पतालले खरिद गर्न खोजेको सिटी स्क्यानविच कार्डियाक डिजिटल मेमोग्राम मेशिन खरिद प्रक्रिया रोक्न पटक पटक विभिन्न च्यानलहरुबाट दबाव आइरहेको उल्लेख गरेको छ ।
छत्रपाटी निःशुल्क चिकित्सालय विशुद्ध सामुदायिक अस्पताल रहेको भन्दै चिकित्सालयले उक्त टेण्डर प्रक्रिया निष्पक्ष, स्वतन्त्र र सार्वजनिक खरिद सम्बन्धी ऐन अनुसार अघि बढाएको उल्लेख गरिएको छ ।
चिकित्सालयका अध्यक्ष डा। मनोजमान श्रेष्ठद्धारा हस्ताक्षरित उक्त विज्ञप्तिमा यो अस्पताल समाजसेवाको भावनाले स्थानीयसेवीहरुले स्थापना गरिएको बताइएको छ। यो सरकारी या नाफामूलक निजि अस्पताल जस्तो होइन । यसमा हुने सबै क्रियाकलाप पारदर्शी छन् र हुन्छन् भन्दै विज्ञप्तिमा अस्पताल सरकार र जनताप्रति जवाफदेही रहेको उल्लेख गरिएको छ ।
यस अस्पतालमा संलग्न सञ्चालकहरु विशुद्ध समाजसेवाको भावनाले कार्य गरिरहेका छन् र गरिरहनेछन् भन्दै विज्ञप्तिमा अतिरिक्त मुनाफा आर्जन गर्ने हिसाबले कोही पनि संलग्न रहेका बताइएको छ ।
ताजा
नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै
२०८३ श्रावण ११ गते, सोमबार
नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै
२०८३ श्रावण ११ गते, सोमबार
झडप र तनावपछि सुनसरीमा अनिश्चितकालीन कर्फ्यु
२०८३ श्रावण ११ गते, सोमबार
बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक
२०८३ श्रावण ११ गते, सोमबार
मःमभित्र कपाल, कारवाही होला त ?
२०८३ श्रावण ११ गते, सोमबार
Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न
२०८३ श्रावण ६ गते, बुधबार
एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट
२०८३ श्रावण ४ गते, सोमबार
अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि
२०८३ श्रावण ४ गते, सोमबार
मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला
२०८३ श्रावण २ गते, शनिबार
आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
२०८३ श्रावण २ गते, शनिबार
डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते
२०८३ श्रावण २ गते, शनिबारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





