क्षत्रपाटी चिकित्सालयको आपत्ति

काठमाडौं । क्षत्रपाटी चिकित्सालयले किन्न लागेको सिटी स्क्यानविथ कार्डियाक, डिजिटल मेमोग्राम मेशिनको टेण्डर प्रक्रियाको आर्थिक प्रस्ताव नखुल्दै तीन करोड रुपैयाँ अनियमितता भएको भन्दै केहि अनलाइन सञ्चार माध्याममा आएको समाचार गलत र दुराशयपूर्ण रहेको भन्दै आपत्ति जनाएको छ । आइतबार चिकित्सालयले विज्ञप्ति जारी गर्दै सार्वजनिक खरिद ऐनको आवश्यक प्रक्रिया पुरा गरी ती मेसिन खरिद गर्ने प्रक्रिया सुरु गरेको तर त्यसको आर्थिक प्रस्ताव नै नखुलेको अवस्थामा अनियमितता भएको भन्दै समाचार लेखिनु हास्यास्पद र दुराशयपूर्ण रहेको जनाएको हो ।
सार्वजनिक खरिद अनुगमन कार्यालयमा बन्द रहेको सामान खरिदको प्रस्ताव खोल्नु अघि नै यति रकम अनियमितता भयो भनेर समाचार प्रकाशित गर्नु आफैमा दुरासयपूर्ण समाचार भएको भन्दै चिकित्सालयले स्पेशिफिकेशन लक्ड गरिएको र खुल्दै नखुलेको आर्थिक प्रस्तावमाथि अनियमितता भएको भन्ने तथ्य पुष्टि गर्न चुनौति दिएको छ ।
विज्ञप्तिमा भनिएको छ, यस छत्रपाटी निःशुल्क चिकित्सालय (अस्पताल) ले सार्वजनिक खरिद ऐनको आवश्यक प्रक्रिया पुरा गरी सिटी स्क्यानविथ कार्डियाक, डिजिटल मेमोग्राम मेशिन खरिद गर्ने प्रक्रिया सुरु गरेको हो ।
काठमाडौं महानगरपालिकाको सहयोगमा खरिद गर्न लागेको सिटी स्क्यानविच कार्डियाक, डिजिटल मेमोग्राम मेशिन खरिद प्रक्रिया निष्पक्ष र पारदर्शी ढंगले अघि बढिरहेको छ । हाल सार्वजनिक खरिद अनुगमन कार्यालयमा बन्द रहेको टेण्डर प्रक्रिया आजै ९आइतबार० अपरान्ह ३ बजे खुल्नेछ । खुल्ने प्रक्रियामै रहेको आर्थिक प्रस्तावमा कति मूल्यमा आपूर्ति गर्ने रकम हालिएको छ भन्ने कुरा बाहिर सार्वजनिक नहुँदै, बन्द अवस्थामा रहेको आर्थिक प्रस्ताव नखुल्दै तीन करोड रुपैयाँ अनियमितता भएको भनेर समाचार लेखिनु हास्यास्पद र दुराशयपूर्ण रहेको देखिन्छ ।
सो विज्ञप्तिमा अगाडी भनिएको छ, स्पेशिफिकेशन लक्ड गरिएको कुरा असत्य र झूठा हो । अस्पतालले तयार पारेको स्पेशिफिकेशन अनुसार हाल नेपालमा सिटीस्क्यान मेशिन बिक्री गर्दै आएका हिटाची, सिमेन्स, नियोसफ्ट, क्याननलगायतका कम्पनीहरुले टेण्डर हाल्न सक्ने अवस्था रहेको र प्रिबिडिङ छलफलमा समेत सहभागी भएकोले तथ्यबाट समेत पुष्टि हुने हुँदा उक्त समाचार त्रुटीपूर्ण रहेको छ ।
चिकित्सालयले काठमाडौं महानगपालिकाको स्वास्थ्य सेवा विभागमा २०६० ०६।१७ गते सिटी स्क्यान र डिजिटल मेमोग्राम खरिद प्रक्रियाको लागि स्पेशिफिकेशन बुझाई स्वीकृति लिएर २०६०।०९।०१ गते आपसी सम्झौता पश्चात वैधानिक प्रक्रिया पुरा गरी सोही बमोजिमको टेण्डर प्रकाशित भई खरिद प्रक्रिया अघि बढिरहेको बताउँदै त्यस बाहेक अन्य केही नभएको जनाएको छ। विज्ञप्तिमा जनताको स्वास्थ्य उपचार सरल बनाउने उद्देश्यले सञ्चालित यस अस्पतालले शहरी क्षेत्रका जनतालाई थप सुविधा दिने उद्देश्यले तीन महिना समय लगाएर गुणस्तरीय सिटी स्क्यानविथ कार्डियाक डिजिटल मेमोग्राम मेशिन खरिद गर्न लागेको बेला गुणस्तरहिन मेशिन बिक्री गर्न खोज्ने तत्वहरुबाट प्रभावित भएर प्रकाशित समाचार गलत भएको भन्दै समाचार खण्डनका लागि सम्बन्धित अनलाईन र नेपाल प्रेसकाउन्सिलको ध्यानाकर्षण गरिएको छ ।
आर्थिक प्रस्ताव खुल्नु १५ घण्टाअघि समाचार प्रकाशित हुनु अस्पतालले खरिद गर्न लागेको सिटी स्क्यानविथ कार्डियाक, डिजिटल मेमोग्राम मेशिनको खरिद प्रक्रिया नै रोक्नेउद्देश्य निहित रहेको भन्दै चिकित्सालयले विगत देखि नै अस्पतालले खरिद गर्न खोजेको सिटी स्क्यानविच कार्डियाक डिजिटल मेमोग्राम मेशिन खरिद प्रक्रिया रोक्न पटक पटक विभिन्न च्यानलहरुबाट दबाव आइरहेको उल्लेख गरेको छ ।
छत्रपाटी निःशुल्क चिकित्सालय विशुद्ध सामुदायिक अस्पताल रहेको भन्दै चिकित्सालयले उक्त टेण्डर प्रक्रिया निष्पक्ष, स्वतन्त्र र सार्वजनिक खरिद सम्बन्धी ऐन अनुसार अघि बढाएको उल्लेख गरिएको छ ।
चिकित्सालयका अध्यक्ष डा। मनोजमान श्रेष्ठद्धारा हस्ताक्षरित उक्त विज्ञप्तिमा यो अस्पताल समाजसेवाको भावनाले स्थानीयसेवीहरुले स्थापना गरिएको बताइएको छ। यो सरकारी या नाफामूलक निजि अस्पताल जस्तो होइन । यसमा हुने सबै क्रियाकलाप पारदर्शी छन् र हुन्छन् भन्दै विज्ञप्तिमा अस्पताल सरकार र जनताप्रति जवाफदेही रहेको उल्लेख गरिएको छ ।
यस अस्पतालमा संलग्न सञ्चालकहरु विशुद्ध समाजसेवाको भावनाले कार्य गरिरहेका छन् र गरिरहनेछन् भन्दै विज्ञप्तिमा अतिरिक्त मुनाफा आर्जन गर्ने हिसाबले कोही पनि संलग्न रहेका बताइएको छ ।
ताजा

धनगढीमा ग्यास सिलिन्डर विष्फोट तीन जना घाइते
२०८१ चैत्र ३ गते, आईतवार
धनगढीमा ग्यास सिलिन्डर विष्फोट तीन जना घाइते
२०८१ चैत्र ३ गते, आईतवार
समाजवादी मोर्चाले चैत १५ गते जनप्रदर्शन गर्ने
२०८१ चैत्र ३ गते, आईतवार
लोकगायक बद्री पंगेनी बने सजिलो नेटको ब्राण्ड एम्बासडर
२०८१ चैत्र ३ गते, आईतवार
प्रमोद खरेलको स्वरमा ’मायाको व्यापार’ गीत सार्वजनिक
२०८१ चैत्र ३ गते, आईतवार
नेपालमै पहिलो पटक पर्यटन प्रोजेक्ट सोकेस प्रतियोगिता हुँदै
२०८१ चैत्र ३ गते, आईतवार
वरिष्ठ सईको तलब समायोजन गर्न सरकारलाई सर्वोच्च अदालतको ताकेता
२०८१ फाल्गुन २८ गते, बुधबार
ज्ञानेन्द्रलाई गद्दीमा फर्काउन चैत १ बाट राप्रपाले फेरि आन्दोलन थाल्ने
२०८१ फाल्गुन २६ गते, सोमबार
चौधरी र राउतले छिट्टै पार्टी एकता गर्ने
२०८१ फाल्गुन २६ गते, सोमबार
राजतन्त्रको पक्षमा मैले माहोल देखेको छैनः कांग्रेस सभापति देउवा
२०८१ फाल्गुन २६ गते, सोमबार
ज्ञानेन्द्र बोक्ने राजावादीहरुलाई सडकबाटै ठेगान लगाउनुपर्ने माओवादीको निश्कर्ष
२०८१ फाल्गुन २६ गते, सोमबारलोकप्रिय

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार
शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने
२०८० भाद्र १ गते, शुक्रबार