पाकिस्तानको २४ औं प्रधानमन्त्रीमा शाहबाज सरिफ

काठमाडौं । पीटीआई समर्थक उम्मेदवार उमर अयुबलाई पराजित गर्दै शाहबाज सरिफ पाकिस्तानको २४ औं प्रधानमन्त्री बनेका छन्। उनले राष्ट्रिय सभामा २०१ सांसदको समर्थन पाए।
प्रधानमन्त्री निर्वाचित भएपछि शाहबाज सरिफले नवाज र सबै सहकर्मीलाई आफूमाथि विश्वास गरेकोमा धन्यवाद दिएका छन्। तर, १ घण्टा २४ मिनेटको भाषणको सुरुमै शाहबाजको जिब्रो चिप्लियो। उनले आफूलाई प्रधानमन्त्रीको सट्टा विपक्षी दलको नेता भन्न पुगेका थिए।
सम्बोधनका क्रममा शाहबाजले भने, ‘इजरायलले गाजामा लगातार बमबारी गरिरहेको छ। कश्मीरमा मानिस मारिने क्रम जारी छ। प्यालेस्टाइन र कश्मीरीमाथि दमन भइरहेको छ तर अन्तर्राष्ट्रिय समुदाय मौन छ। हामी सबै मिलेर कश्मीर र प्यालेस्टाइनको स्वतन्त्रताको लागि संसद्मा प्रस्ताव पारित गर्नुपर्छ।’
शाहबाजको कार्यकाल
शाहबाज सरिफ पाकिस्तानको प्रधानमन्त्रीमा निर्वाचित भएको यो दोस्रो पटक हो। यसअघि सन् २०२२ मा इमरान खानको सरकारको पतनपछि शाहबाज सरिफ देशको प्रधानमन्त्री बनेका थिए। आइतबार संसद्को सत्र सुरु हुने बित्तिकै पीटीआई समर्थक सांसदहरूले इमरान खानको पक्षमा ‘आजादी’ र ‘कैदी नम्बर ८०४’ को नारा लगाएका थिए। जवाफमा पीएमएल–एनका सांसदहरूले ‘नवाज जिन्दाबाद’ को नारा लगाए ।
फेब्रुअरी ८ मा भएको निर्वाचनपछि नवाज सरिफको पीएमएल–एन र बिलावल भुट्टोको पीपीपी पार्टीले बहुमत हासिल गर्न गठबन्धन बनाएका थिए। यो गठबन्धनले नवाजका भाइ तथा पूर्व प्रधानमन्त्री शाहबाज सरिफलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको थियो। ।
ताजा

माओवादी आन्दोलन भारतीय गुप्तचर संस्था ‘रअ’ ले चलाएको मालेका महासचिव मैनालीको गम्भीर आरोप
२०८१ चैत्र ४ गते, सोमबार
माओवादी आन्दोलन भारतीय गुप्तचर संस्था ‘रअ’ ले चलाएको मालेका महासचिव मैनालीको गम्भीर आरोप
२०८१ चैत्र ४ गते, सोमबार
प्रचण्ड र ज्ञानेन्द्रलाई एउटै खोरमा थुन्ने सक्ने तागत एमाले–कांग्रेसमा छः दयाल बहादुर शाही
२०८१ चैत्र ४ गते, सोमबार
सुन्दा अचम्मः सिङ्गो दलित परिवार नै नागरिकताविहीन
२०८१ चैत्र ४ गते, सोमबार
एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा
२०८१ चैत्र ४ गते, सोमबार
फूल बिक्री गरेरै मासिक दुई लाख रुपैयाँ आम्दानी
२०८१ चैत्र ४ गते, सोमबार
श्रीमद् भागवत पुराण ज्ञान महायज्ञको उद्घाटन
२०८१ चैत्र ४ गते, सोमबार
धनगढीमा ग्यास सिलिन्डर विष्फोट तीन जना घाइते
२०८१ चैत्र ३ गते, आईतवार
समाजवादी मोर्चाले चैत १५ गते जनप्रदर्शन गर्ने
२०८१ चैत्र ३ गते, आईतवार
लोकगायक बद्री पंगेनी बने सजिलो नेटको ब्राण्ड एम्बासडर
२०८१ चैत्र ३ गते, आईतवार
प्रमोद खरेलको स्वरमा ’मायाको व्यापार’ गीत सार्वजनिक
२०८१ चैत्र ३ गते, आईतवारलोकप्रिय

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार
शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने
२०८० भाद्र १ गते, शुक्रबार