बालेनको ज्यादती नरोकिए काठमाडौं नै छोड्ने दिन आउँछः साह

२०८० फाल्गुन २० गते, आईतवार

काठमाडौं । कवाडीहरुमाथि गरिरहेको ज्यादती नरोकिएमा संघीय संसद किरण साहले काठमाडौ‌ महानगर प्रमुख बालेन्द्र साहले काठमाडौँ नै छोड्न सक्ने अवस्था आउने चेतावनी दिएका छन्।

काठमाडौंस्थित कवाड व्यवसायीहरुको प्रदर्शनमा सहभागी हुँदै सांसद साहले आन्दोलनलाई सिंगो नेकपा एमाले पार्टीले साथ सहयोग समर्थन गर्ने प्रतिवद्धता जनाएका छन्। महानगरपालिकाले कवाडीहरुमाथि गरेका ज्यादती विरुद्ध आइतबार कवाड व्यवसायीहरुले दोश्रो दिन सड़क प्रदर्शन गरेका छन्।

महानगरको हस्तक्षेविरुद्ध गरिएको प्रदर्शनलाई सम्बोधन गर्दै सांसद साहले देशमा हरेक नागरिकले बिनारोकतोक व्यापार व्यवसाय गर्ने वातावरण निर्माण गर्न सरकारसंँग माग समेत गरे ।

उनले बालेनले गरेको हर्कत बन्द गर्न सरकारको ध्यानाकर्षण गराए । बालेनको पछिल्लो कदम तानाशाही भएको भन्दै उनले भर्त्सनासमेत गरे । उनले एमाले साथमा रहेको भन्दै सडकदेखि सदनसम्म कवाड व्यवसायीको पक्षमा जोडदार आवाज उठाउने बताए।

146 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal