झापालीलाई पदैपद

२०८० माघ ७ गते, आईतवार

काठमाडौं । राजनीतिक रुपमा झापा निकै चर्चित जिल्ला रहेको छ । यहाँबाट राजनीति गरेकाहरु निकै ठूलो पदमा पुग्ने गरेका छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र पनि झापा नै हो । उनी झापा–५ बाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन् । माघ ११ गते हुने राष्ट्रिय सभाबाट निर्वाचित भएर आएपछि झापाकै कृष्णप्रसाद सिटौला राष्ट्रिय सभाको अध्यक्ष हुने दलहरुबीच सहमति भइसकेको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे झापा–२ बाट निर्वाचित सांसद हुन् । प्रतिनिधिसभाकै उपसभामुख इन्दिरा राना पनि झापाकै हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन झापा–३ बाट निर्वाचित सांसद हुन् । झापामा नै कोशी प्रदेशका २ जना मुख्यमन्त्री रहेका छन्  । कोशी प्रदेशका सभामुख अमर बहादुर विष्ट, नेकपा एमालेका कोशी प्रदेशका संसदीय दलका नेता हिक्मत कार्की र नेपाली काँग्रेसका प्रदेशकै संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्री भइसकेका छन् । कार्की झापा–५ बाट प्रदेश सभामा २ पटक निर्वाचित भएका छन् । राप्रपाका प्रदेशका संसदीय दलका नेता भक्ति सिटौला पनि झापाकै हुन् । उनी झापा–४ बाट प्रदेशमा निर्वाचित भएका हुन् । नेकपा मालेका महासचिव सीपी मैनाली, पूर्वमन्त्री राधाकृष्ण मैनाली पनि झापाकै हुन् । उनीहरु दाजुभाई हुन् । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा–१ बाट निर्वाचित प्रतिनिधिसभा सांसद हुन् ।

यीमध्ये कतिपय प्रतिस्पर्धाबाट आएका छन् भने कतिपयले राज्यका प्रमुख पदमा नियुक्ति लिएका छन् भने कोही मनोनीत भएका छन् । लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मी र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी पनि झापाकै हुन् । पूर्व मुख्यमन्त्री कार्की, सर्वोच्च अदालतका न्यायाधीश रेग्मी, लोकसेवा आयोगका अध्यक्ष रेग्म र कोशी प्रदेशका सभामुख विष्ट झापाको गौरादह निवासी हुन् । पछिल्लो समयमा झापालीले प्रमुख पदहरु पाउन थालेपछि अहिले सबै पद झापालीलाई नै भन्नेजस्तो भएको छ ।

135 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

‘ईयुमा डट कम’ले बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा

२०८३ श्रावण २० गते, बुधबार

हलमा छैन ‘गौँथली’को टिकट

२०८३ श्रावण १९ गते, मंगलवार

‘आइतबारको अफिस’ को परिचर्चा सम्पन्न

२०८३ श्रावण १९ गते, मंगलवार

अर्जुन चन्द्रको ‘संवेदनाका प्रतिध्वनि’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ श्रावण १९ गते, मंगलवार

‘दुर्गा’ निर्माण गर्दै सम्राट

२०८३ श्रावण १८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक

२०८३ श्रावण १८ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal