जागिर खाँदै पढ्दैः ‘बिडिएच नभएको भए इन्जिनियर बन्ने सपना पुरा हुँदैनथ्यो’
काठमाडौं । सिभिल तथा आर्किटेक्टमा डिप्लोमा गरी सबइन्जिनियर भएकाहरूलाई इन्जिनियर बन्न नेपाल इन्जिनियरिङ कलेजको बिडिएच (ब्याचलर फर डिप्लोमा होल्डर्स) कार्यक्रमले उच्च शिक्षाको बाटो खोलिदिएको विद्यार्थीहरूले बताएका छन् । सिटिइभिटीबाट डिप्लोमा गरी सरकारी तथा गैरसरकारी क्षेत्रमा जागिर खाइरहेकाहरूलाई विश्वविद्यालयको शिक्षा हासिल गर्न बिडिएचले ठूलो सहयोग गरेकोले यो कोर्ष निरन्तर सञ्चालन हुनुपर्ने समेत उनीहरूले बताएका हुन् ।
शनिबार नेपाल इन्जिनियरिङ कलेज ९नेक०को बिडिएचतर्फ १४, १५, १६ र १७ औं ब्याचका विद्यार्थीहरूलाई बिदाई कार्यक्रममा बोल्दै विद्यार्थीहरूले नेकको बिडिएच नभएको भए आफूहरूको इन्जिनियर बन्ने सपना पुरा हुनै नसक्ने जिकिर गर्दै बिडिएच कार्यक्रमलाई समयसापेक्ष सुधार्दै निरन्तरता दिई रहनुपर्ने बताए । ‘यो कार्यक्रमको महत्व धेरै छ । नेपाल इन्जिनियरिङ कलेजमा बिडिएच नभएको भए मेरो इन्जिनियर बन्ने सपना पुरा हुँदैनथ्यो ।’ बिडिएच पुरा गरी बिदा भएका राजनारायण सरदारले भने । डिप्लोमा गरी काम गर्दै गरेका तर पढ्ने चाहना बनाएका विद्यार्थीहरूका लागि इन्जिनियर बन्न बिडिएच महत्वपूर्ण कोर्ष भएकोले त्यसलाई अझ परिमार्जित र समय सापेक्ष बनाउनु पर्ने उनको भनाई छ । ‘दिनभर काम गरी साँझ पढ्ने अवसर पाउनु ठूलो कुरा हो ।’ सरदार भन्छन् ।
बिडिएचकै कारण नेपाल सरकारको उपसचिवमा बढुवाको क्रममा रहेकी विद्यार्थी सृष्टि ख्वलपलले डिप्लोमा मात्र गरेका धेरै विद्यार्थीहरूलाई बिडिएचले इन्जिनियर बनाएको भन्दै आफूले सरकारी सेवामा हासिल गरेको सफलतामा बिडिएचको योगदान रहेको जिकिर गरिन् । ‘नेक बिडिएच नभएको भए मैले कि जागिर छाड्नु पर्थ्यो, कि यत्तिकै बिदा हुनुपर्थ्यो तर, गर्वको कुरा अबको २, ३ महिनामा बढुवा भएर उपसचिव हुँदैछु ।’ उनले भनिन् । नेपाल इन्जिनियरिङ काउन्सिलले पछिल्लो समय इन्जिनियरिङ लाइसेन्स परीक्षा लिएकोमा त्यसलाई केही सुधार्नु पर्नेमा उनले जोड दिइन् । चार साँढे चार वर्षको कोर्ष पुरा गरेका विद्यार्थीहरूलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाई छ ।
विद्यार्थी ज्ञानमान श्रेष्ठ, सुरेन्द्र महरा, गौतम अवस्थीले सिभिल र आर्किटेक्ट सँगै अन्य विधामा डिप्लोमा गरेकाहरूलाई पनि उच्च शिक्षा हासिल गर्ने बाटो बनाउन आग्रह गरे । कार्यक्रमका प्रमुख अतिथि नेपाल इन्जिनियरिङ काउन्सिलका अध्यक्ष प्रा।डा। पदमबहादुर शाहीले बिडिएचले सिटिइभिटीको डिप्लोमा गरेकाहरूलाई उच्च शिक्षा हासिल गर्ने बाटो खोलिदिएको भन्दै नेपालका लागि यो कोर्ष महत्वपूर्ण रहेको बताए ।
काम गरेर पढ्ने अवस्था र अवसर भएका विद्यार्थीहरूका लागि डिग्री हासिल गर्न कोर्षले टेवा दिएको भन्दै डा। शाहीले नेपालको विकासका लागि कोर्षको योगदान रहने बताए । ब्याचलर गरेकाहरूलाई मास्टर्स गर्न समेत सुझाउँदै मुलुकको विकासका लागि बिहान, दिउसो र बेलुका गरी ३ सिफ्टमा पढाई हुनुपर्ने बताए । ‘देशको विकास गर्न अब ३ सिफ्टमा पढाउनु पर्छ । काम गर्दै पढ्ने वातावरण हुनुपर्छ ।’ पढिसकेकाले पनि आफूलाई सदैव अपडेट राख्नुपर्ने भन्दै उनले भने ।
कलेजका कार्यवाहक प्राचार्य दुर्गाप्रसाद भण्डारीले डिप्लोमा होल्डर्सहरुलाई सम्बोधन गर्न तयार पारिएको बिडिएच कार्यक्रम दक्ष जनशक्ति उत्पादनमा टेवा दिएको बताए । कलेजले बिडिएच कार्यक्रमलाई अझै विद्यार्थी माझ पुर्याउन नसकिरहेको अवस्थामा कलेजबाट पास आउट भएका विद्यार्थीहरूले अब ब्राण्ड एम्बेसडरको काम गर्नुपर्ने बताए । साँढे चार वर्षको कोर्षलाई परिमार्जन गरी ४ वर्षको बनाउन पोखरा विश्वविद्यालय सकारात्मक रहेकोले काम गर्दै पढ्ने विद्यार्थीका लागि यो कोर्ष अत्यन्त प्रभावकारी भएको जिकिर गरे ।
बिदाई कार्यक्रममा कलेजका बिडिएच विभागका विभागीय प्रमुख निश्वान ढकाल, पूर्व कार्यक्रम संयोजक रवीन्द्र बुढाथोकीले समेत बिडिएच कार्यक्रमको महत्वका बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा विद्यार्थीहरू भाग्यश्री महर्जन, दिनेश काफ्ले, सुरेन्द्र सिंह महरा, ज्ञानमान श्रेष्ठलाई चेयरमेन अवार्ड दिइयो भने, अन्य विद्यार्थीहरूलाई पनि सेमेस्टर अवार्ड प्रदान गरिएको थियो ।
विश्वविद्यालय भन्दा अगाडि कलेज
पोखरा विश्वविद्यालयले भन्दा अगाडि नेपाल इन्जिनियरिङ कलेजले सुरु गरेको विषय हो बिडिएच । डिप्लोमा इन्जिनियर्स एसोसिएसन नेपालको पहलमा नेपालमा पहिलो पटक सरकारी तथा गैरसरकारी संघ संस्थामा कार्यरत सिभिल तथा आर्किटेक्चर सबइन्जिनियरहरूको लागि नेपाल इन्जिनियरिङ कलेजका तत्कालीन संस्थापक अध्यक्ष स्व।प्रा।डा। दीपक भट्टराई, कलेजका निवर्तमान प्राचार्य प्रा।डा। हरिकृष्ण श्रेष्ठ र प्रा।डा। राजेन्द्र प्रसाद अधिकारीले विश्वविद्यालयसँग समन्वय गरि सन् २००१ देखि ‘ब्याचलर इन सिभिल इन्जिनियरिङ फर डिप्लोमा होल्डर्स’ कार्यक्रम सञ्चालन गरेका थिए ।
नौं सेमेस्टरको बिडिएच अन्य कार्यक्रम भन्दा एक सेमेस्टर लामो छ । स्नातक तहका अन्य कोर्ष चार वर्षको हुँदा यो कोर्ष पुरा गर्न साढे ४ वर्ष लाग्छ । तथापि, पोखरा विश्वविद्यालय यो कोर्ष परिमार्जन गर्न सकारात्मक देखिएको छ । बिडिएच कार्यक्रम सञ्चालनमा आएपछि सरकारी तथा गैरसरकारी संघ संस्थामा कार्यरत सयौं सिभिल तथा आर्किटेक्चर सबइन्जिनियरहरू सिभिल इन्जिनियर भइसकेका छन् ।
ताजा
‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस
२०८३ जेष्ठ २९ गते, शुक्रबार
‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस
२०८३ जेष्ठ २९ गते, शुक्रबार
चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग
२०८३ जेष्ठ २९ गते, शुक्रबार
१३ औं म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक
२०८३ जेष्ठ २९ गते, शुक्रबार
अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३ जेष्ठ २९ गते, शुक्रबार
ग्लोबल आईएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई
२०८३ जेष्ठ २९ गते, शुक्रबार
सरकारद्वारा रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
२०८३ जेष्ठ २९ गते, शुक्रबार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण तीन निर्णय
२०८३ जेष्ठ २९ गते, शुक्रबार
काभ्रेमा बस दुर्घटना, सात जनाको मृत्यु
२०८३ जेष्ठ २९ गते, शुक्रबार
हाम्रा परम्परागत खानाको महत्व
२०८३ जेष्ठ २९ गते, शुक्रबार
फिफा विश्वकप २०२६ः उद्घाटन खेलमा मेक्सिकोको विजयी सुरुआत
२०८३ जेष्ठ २९ गते, शुक्रबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





