माघ २६ बाट दयाहाङको ‘हात्तीछाप’ जापान र कोरियामा

२०८० पुष १३ गते, शुक्रबार

काठमाडौं / अभिनेता दयाहाङ राई अभिनित नेपाली कथानक चलचित्र ‘हात्तीछाप’ आगामी माघ २६ बाट जापान र कोरियामा प्रदर्शन हुने भएको छ ।
नेपाली चलचित्रका लागि विदेशी बजार लगानी उठाउने बलियो माध्यम बन्दै गएको बेला दर्शकले प्रतीक्षा गरेका चलचित्रहरूले विदेशी बजारबाट राम्रो रकम भित्र्याउन सफल भएका छन् ।
यस्तैमा माघको २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘हात्तीछाप’ दर्शकको प्रतीक्षित सूचिमा छ । ‘दिमाग खराब’ रिलिज भएपछि सुनसान बनेको नेपाली चलचित्रको बजार अब यो चलचित्रले उकास्ने अपेक्षा रहेको छ ।
यसैबिच यो चलचित्र फेब्रुअरी ९ तारिख अर्थात् माघ २६ गतेबाट जापान र दक्षिण कोरियामा रिलिज हुने भएको छ । चलचित्रको रिलिज सहित जापान र कोरिया वितरणको जिम्मा टिम यूएनएले लिएको हो । यूएनए इन्टरटेन्मेन्टले चलचित्रको प्रचार जापान र कोरियामा धमाधम गरिरहेको छ । ‘चलचित्रको टिजर सार्वजनिक भएपछि जापान र कोरियाका दर्शकले हात्तीछापलाई प्रतीक्षा गरिरहनुभएको छ । यसले हामीलाई अझै उत्साहित बनाएको छ’ टिम यूएनएका प्रबन्ध निर्देशक उज्वल गुरागाँइले भने । किरण नेपालीको प्रस्तुतिमा सिमोस सुनुवारको निर्देशन रहेको चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, विजय बराल, बुद्धि तामाङ, कमलमणि नेपाल, सुष्मा निरौला, विल्सन विक्रम राई लगायतका कलाकारको अभिनय रहेको छ ।

174 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal