अधुरो सपनाको घर
योगेश राल्फाली
काभ्रेको बनेपा अव्यस्त शहर । अरनिको राजमार्ग र विपी राजमार्गको केन्द्र विन्दू । त्यही शहरको भित्री भाग पुरानो जिर्ण घर जहाँ पाल्देन डेरा गरी बस्छन् । पाल्देन नपुगेको र नछिरेको बनेपाको घरै छैन कारण उ डकर्मी हो । बनेपाको हरेक घर उसैले निर्माण गरेको हो, उसले निर्माण र मर्मत नगरेको बनेपाको घर कमै होला । कसैको घर मर्मत गर्नु परेमा होस् वा बनाउनु परेमा जो कसैले पाल्देनको नाम लिई हाल्छन् । भनेको समयमा र भने जस्तो नक्शाकै आधारमा घर निर्माण गरी दिनाले नाम चलेको हो पाल्देनको ।
गल्ली–गल्लीका खुंखार टोक्ने कुकुरहरु पनि पाल्देनको स्वर सुन्ने वित्तिकै पुच्छर हल्लाउँदै पाल्देन भएतिर आउँछ, कारण उ विस्कुट र पाउरोटी किनेर तीनै गल्ली–गल्लीका कुकुरलाई खुवाउँदै हिड्ने गर्थे उ । दिनभरी डकर्मी काम गरेर कमाएको पैसा खाएर र तिनै कुकुरहरुलाई विस्कुट किनेर दिएर वा कोही कसैको दुःख पर्दा सहयोग गरेर वा कसैले सर–सापट माग्दा थपक्क दिने गरेरै सिध्याउँथे पाल्देन । दिनभरी काम ग¥यो साँझ परेपछि मायाको भट्टीमा छिरी हाल्थे पाल्देन । गोजीमा सुको नहुँदा पनि हजारौंको उधारो चल्थ्यो मायाकोमा पाल्देनलाई । किनकी जब डकर्मी कामबाट पैसा आउँथ्यो थपक्क ल्याएर दिन्थ्यो पाल्देन उधारो खाएको ठाउँहरुमा । मायाको भट्टीमा छिरेर एकबाट दुई गिलास थपेपछि ‘मैले नबनाएका घर छैन यो बनेमा शहरमा’ भन्दै भट्याउँथ्यो पाल्देन । अनि भट्टीमा खाना आएकाहरुले ‘तपाईको चाहिँ घर कहाँ हो नि ?’ भनेर सोध्दा ‘मैले नबनाएको घर छैन तर मेरो आफ्नै घर छैन, अब बनाउने हो’ भनेर जवाफ दिने गर्थ्यो पाल्देन ।
भट्टीमा दुई गिलासबाट तीन गिलासमा चढेपछि भट्टीमा आएका सबैसँग परिचय गर्न थाल्थे पाल्देन । परिचय गर्ने मात्रै होइन अनि सबैलाई थपि दिन आग्रह गर्थे र पैसा आफ्नो नाममा हिसाब गर्न लगाउँथे । दिनभरी डकर्मी काम गरेर कमाएको पैसा मायाको भट्टीमा छिरेर लगभग ९–१० बजेसम्म पिएरै बस्थ्यो पाल्देन । जब उ मायाको भट्टीबाट निस्कन्छ र नजिकैको पसलबाट एक पाकेट विस्कुट लिन्छ र भएभरको गल्लीको कुकुरलाई विस्कुट बाँड्दै हिँड्ने गर्थे उ । भट्टीबाट पाल्देन ननिस्केसम्म टोलभरका कुकुरहरु मुख मिठ्याएर बस्ने गर्थे । जब पाल्देन भट्टीबाट निस्कन्छ तब गल्लीका कुकुहरु पनि पछि लाग्थे पाल्देनको ।
पहिले पहिले त पाल्देनकी श्रीमतीले खाना पकाएर पाल्देन नआएसम्म कुर्ने गरेकी थिई तर पाल्देनको घर आउने ठेगान नभएपछि खाना पाकेपछि कुर्ने चलन छैन पाल्देनकी श्रीमतीको । खाना पाकेपछि छोरो मिक्जेनलाई खुवाएर आफू पनि खाई बेलैमा सुत्ने चलन छ । नौ दश कहिले त एघार बजेतिर हल्लिदै आउँथ्यो र पकाएर राखेको भात आफै पस्केर खाई चुपचाप सुत्थ्यो पाल्देन । जति नै रक्सी पिएर आएपनि श्रीमतीलाई र छोरालाई भने केही भन्दैनथ्यो पाल्देन । पाल्देनको दैनिकीबाट भने आजित थिइ श्रीमती । दुःख चाहिँ औधी गर्ने तर भट्टीमै खाएर सिध्याउने बानी सुध्रने छनक थिएन पाल्देनको तर श्रीमती भने त्यो बानी एकदिन पक्कै सुध्रन्छ कि भन्ने आशामा बाँचेकी हुन्थि विचरा । डकर्मी काम गरेर दुःख गरेको प्रति त सम्मान छ श्रीमतीको तर कमाएको जति खाएर र अरुलाई खुवाएर सिध्याउने गरेको प्रति भने अति नै दुखेसो छ श्रीमतीको । बेलाबेलामा श्रीमतीले नसम्झाएकी पनि होइन । “चुप लागन बुढी म एकदिन यति कमाउँछु कि यो शहरमा ठूलो घर बनाउँछु“ भनेर फुरुक्क पार्थ्यो श्रीमतीलाई । जो कोहीको घर बनाउनु परेमा, मर्मत गर्नु परेमा पाल्देनकै नाम लिने गरेकोले पनि एकदिन कसो आफ्नो घर नहोला भनि मख्ख थिइन पाल्देनकी श्रीमती पनि । पाल्देनले भन्ने गरेको एकदिन कहिल्यै आएन । अब आउन सक्दैन पनि । कारण रक्सीको नशाले दिनानुदिन च्याप्दै लग्यो पाल्देनलाई ।
भन्ने गरिन्छ नि ‘रक्सी किनेर खाउ खर्च अनि रोग लाग्यो उपचार गर्न जाउ खर्च, रोग पत्ता लगाई औषधि किनेर खाउ खर्च’ हो त्यही भयो पाल्देनको जीवनमा । अब त झन् काममा पनि जान नसक्ने भयो पाल्देन । जब पाल्देन काममा जान नसक्ने भयो तब घर खर्च चलाउन पनि गाह्रो पर्दै गयो । दिनानुदिन पाल्देन सिथिल हुँदै गयो । हिजो मायाको भट्टीमा रक्सी किनेर ख्वाईन्जेल टन्न थियो पाल्देनका साथीहरु आज कोही कसैले पाल्देनको अवस्था बारे बुझ्न र हेर्न आएका छैनन् । रक्सी खाँदाको दोस्ती भट्टीसम्म मात्रै हुँदो रहेछ भन्ने कुरा बल्ल बुझ्दैछ पाल्देन । बिग्रेपछि बल्ल चेत खुलेको छ पाल्देनको । मायाको भट्टीमा छिरेर उडाएको पैसाहरु झलझली सम्झना थाले अब भने उसले । ती पैसाहरु जोहो गरी राखेको भए अहिले बिरामी पर्दाको समस्यामा काम लाग्ने थियो । दिन ढल्दै जान्छ पाल्देन पनि रोगले गल्दै जान्छ । ठूलो अस्पतालमा लगि राम्रो उपचार गर्न औकात पुग्दैन पाल्देनकी श्रीमतीको । जसोतसो चिने जानेकोसँग सरसापट गरी धेरथोर औषधि ल्याई औषधि गरी रहेछ मनको सन्तोष । अब त माग्ने ठाउँ पनि कतै बाँकी छैन । छोराको स्कुल फि पनि तिर्न नसकेर पढ्न नपठाएको महिनौ भईसक्यो । पाल्देन सद्धे हुँदा जेनतेन चलेको घर परिवारमा अब भने समस्यै समस्याको खात लागेको छ । घरमा अन्नको दाना नभएपछि १० वर्षे छोरा मिक्जेनलाई पाल्देनको रेखदेख गर्न राखेर मायाकै भट्टीमा भाँडा माझ्न जाने गरेकी छे पाल्देनकी श्रीमती अचेल । भौतिक शरीर मायाको भट्टीमा भाँडा माझी रहेपनि मन भने घरमा पाल्देन भएतिरै गईरहन्थ्यो उनको । भाँडो माझेरै दुःख जिलो गरी धेरथोर पैसा जम्मा गरी पाल्देनको लागि औषधि ल्याउने गर्थी श्रीमती ।
एकदिन भाँडो माझ्दै थिई पाल्देनकी श्रमिती, मायाकोमा बियर पिउँदै गरेका अधिवक्ता कार्साङको आँखा प¥यो उनीप्रति र सोध्यो “उ को हो नी माया ?“ भनेर । मायाले “पाल्देन दाइकी श्रीमती ।“ जवाफ दिए । “अनि अचेल पाल्देन देख्दिन त ?“ अधिवक्ता कार्साङको सोधनी हुन्छ । ‘बिरामी परेर थला छ विचरा’ मायाले यत्ति भन्ने वित्तिकै “होर ! त्यस्तो राम्रो मान्छे के भयो ? मेरो घर पनि उसले बनाइ दिएको हो नि ? मैले सोचेको भन्दा राम्रो घर बनाइदिएकोले ५० हजार इनाम दिन कति खोजे मैले तर कतै भेट्न सकिन संयोग आज उहाँकी धर्मपत्नीलाई भेट्ने मौका जु¥यो ।“ भन्दै पाल्देनकी श्रीमतीलाई नजिक बोलाउँछ र पाल्देनलाई दिनु भन्दै पचास हजारको बिटो थमाई दिन्छ । पचास हजार हातमा पर्दा उनलाई करोड पाए सरी भयो र खुशीले आँखाभरी आँसु बनाई । यत्तिकैमा छोरा दौडदै रुँदै आउँछ र “आमा ! आमा ! बुवालाई गाह्रो भयो भन्नुहुन्छ ।“ भन्दै रुन्चे स्वरमा भन्छ । पाल्देनकी श्रीमती, भट्टी वाल्नी माया, अधिवक्ता लगायत सबैजना पसल थुनेर पाल्देनको अवस्था बुझ्न लाग्छन् । पाल्देन रोगले च्यापेर छट्पटाई रहन्छ । घरबेटी भने “घर भित्र सास जान नदिनु बाहिर लग्नु, चौरतिर लग्नु“ भन्दै कराई रहन्छ । कसै कसैले त “यस्तो अवस्थामा पनि के कराई रहेको दया नभएको घरबेटी रहेछ ।“ भनेर मुखभरीको जवाफ पनि दिए तर शहरका घरबेटी न हो कराई रहे । केहीले उचालेर पाल्देनलाई बाहिर सार्छन् ।
पाल्देनको छटपटाहट देखेर नजिक टोलका मान्छेहरु मात्रै होइन उसले विस्कुट बाँडेर दिने गरेको कुकुरहरु पनि जम्मा हुन्छन् । बाहिर छट्पटाई रहँदा धेरैको आँखा रसाए । नरुने कोही भएन । आफ्नो घर नहुँदा शहरको डेरामा प्राण पनि बाहिरै पठाउनु पर्ने बाध्यता । पाल्देनको अवस्था देखेर कसैकसैले अस्पताल लैजाउँ पनि भने तर नाजुक अवस्था भएकोले खर्च मात्रै गर्न किन लग्नु भन्ने धेरैको सल्लाह भयो । यत्तिकैमा छिमेकका डा. करण पनि आइपुग्छन् र उसले यसो जाँची हेर्छ । अवस्था अन्तिम भएको जानकारी गराउँछ ।
समय दिनको २ बज्नै लागेको हुन्छ । अन्तिममा “मैले धेरैको घर बनाई दिएँ, यो शहरमा मैले नबनाएको घर छैन तर मैले मेरो घर बनाउन सकिन… ।“ भन्दै प्राण त्यागे पाल्देनले । पाल्देनको मृत्युले धेरैको रुवावासी चल्यो । सायद नरुने मान्छे कोही भएन त्यहाँ । पाल्देनको मृत्युको खबर शहर बजार भरी फैलियो । पाल्देनलाई चिने जानेका मान्छेहरु एकएक गरी जम्मा हुँदै गए । केहीले पाल्देनको लासलाई दाहसंस्कारका लागि तयारी गरे । पाल्देनकी श्रीमती रुँदारुँदै छिनछिनमा बेहोस हुन्छे । केही महिलाहरुले पानी खुवाउँदै समाती दिन्छन् उनलाई । छोरा मिक्जेन पनि सुक्कसुक्क रोइरहेछ एउटा कुनामा । दिनको ३ बजेतिर अटाईनटाई मान्छे जम्मा भयो । अब पाल्देनको लासलाई जलाउन घाटतिर लग्न तयारी हुन्छ । मलामीको लस्कर लाग्छ । यतिको मलामी त त्यो शहरमा अहिलेसम्म कोही कसैको पनि भएको थिएन । शहरमा सबैको घर बनाए पनि आफ्नो घर बनाउन नसकेका पाल्देनले मर्दा मलामी भने मनग्गे कमाएर गए । दुनियाँको घर बनाई दिएका पाल्देनले आफ्नै घर भने कहिल्यै बनाउन सकेन । उसको सपनाको घर कहिल्यै बनेन ।
ताजा
त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश
२०८३ जेष्ठ ३१ गते, आईतवार
त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश
२०८३ जेष्ठ ३१ गते, आईतवार
विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए
२०८३ जेष्ठ ३१ गते, आईतवार
परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा जाँदै
२०८३ जेष्ठ ३१ गते, आईतवार
न्याय जनताको घरदैलोमा न्यायिक सेवाको पुनर्संरचनाको आवश्यकता
२०८३ जेष्ठ ३१ गते, आईतवार
‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस
२०८३ जेष्ठ २९ गते, शुक्रबार
चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग
२०८३ जेष्ठ २९ गते, शुक्रबार
१३ औं म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक
२०८३ जेष्ठ २९ गते, शुक्रबार
अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३ जेष्ठ २९ गते, शुक्रबार
ग्लोबल आईएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई
२०८३ जेष्ठ २९ गते, शुक्रबार
सरकारद्वारा रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
२०८३ जेष्ठ २९ गते, शुक्रबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





