नेपालकै पहिलो नृत्य निर्देशकहरुको अवार्ड ‘प्रथम एनडिए नृत्य निर्देशक अवार्ड–२०८०’ सम्पन्न

२०८० पुष ८ गते, आईतवार

काठमाडौँ । नेपालकै पहिलो नृत्य निर्देशकहरुको अवार्ड ‘प्रथम एनडिए नृत्य निर्देशक अवार्ड–२०८०’ कार्यक्रम सम्पन्न भएको छ । नेशनल डाइनामिक आर्ट्स (एनडिए) प्रा.लिको आयोजनामा २४ विधामा अवार्ड वितरण गरिएको थियो । कार्यक्रम नेपालकै पहिलो नृत्य निर्देशक एंव नृत्य सम्राट भैरव बहादुर थापाको प्रमुख आतिथ्यतामा काठमाडौँको राष्ट्रिय नाचघर जमलमा भव्यताका साथ सम्पन्न भएको हो ।

संस्थाका निर्देशक छिरिङ लामाले स्वागत मन्तव्यबाट शुरु गरिएको उक्त कार्यक्रममा दिवंगत नृत्य निर्देशकहरुप्रती मौन धारणा गरेका थिए । कार्यक्रममा नृत्याङ्गना आशिका श्रेष्ठले नेपाली शास्त्रीय चर्या कुमारी नृत्य स्वागत गरिएको थियो । प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै नेपालकै पहिलो नृत्य निर्देशक एंव नृत्य सम्राट भैरव बहादुर थापाले आफ्नो जीवनकालमा नृत्य निर्देशकहरुको हौसला बढाउनका निम्ती आयोजना गरेको अवार्ड कार्यक्रम शुरुवात भएकोमा खुशी व्यक्त गरे । अवार्ड प्राप्त गर्नेहरुलाई शुभकामना एंव बधाई ज्ञापन गर्दै उनले राज्यले गर्नुपर्ने काम गरेको र नृत्य निर्देशकहरुलाई राज्यले उचित स्थान दिनुपर्ने बताए ।

संस्थाका प्रवन्ध निर्देशक केशव कोइरालाले नृत्य निर्देशकहरुलाई समेटिएर गर्न लागेको यो अवार्ड विश्वमा नै पहिलो भएको दाबी गरे । कार्यक्रममा नृत्य निर्देशक संघ नेपालका अध्यक्ष भुवन दास श्रेष्ठ, नृत्य निर्देशक संघ नेपालका उपाध्यक्ष शम्भु शाही, जिल्ला समन्वय सभापती सिन्धुपाल्चोकका कृष्ण गोपाल तामाङ लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा एनडिए डान्स स्टुडियो र ड्रीम्स एण्ड डान्सका कलाकारहरु र गायक मदन कुमार थापाले साङ्गितिक प्रस्तुती प्रस्तुत गरिएको थियो । कार्यक्रममा उपस्थित अतिथिहरु नृत्य निर्देशकहरु नरेन्द्र कोइराला, राम प्यासी, दिपेन्द्र शाही ठकुरी, सञ्जय राजोपाध्याय, रमेश बुढाथोकीहरुलाइ एनडिए टिमका सचिव प्रकाश शर्मा र आर्थिक प्रमुख चुडामणी फुयालले मायाको चिनोद्वारा सम्मान गरिएको थियो । अवार्ड कार्यक्रमको नोमिनेशनका लागि जुरी टिममा शम्भु शाही, गोबिन्द प्रभात र कृष्ण रसाल रहेका थिए भने फाइनलका लागी जुरीमा भुवन दास श्रेष्ठ, कमल राई, डा.आर.सी. कोइराला, रोचक थापा, जोगेन्द्र के।सी। र प्रदिप रमण सिं डङ्गोल रहेका थिए । कार्यक्रम सञ्चारकर्मी कुल तामाङ्ले सञ्चालन गरेका थिए । कार्यक्रममा पत्रकार, कलकार,समाजसेवी तथा संघ संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिती रहेको थियो ।

क–कस्ले कुन कुन बिधामा पाए अवार्ड ?
उत्कृष्ट तामाङ जातीको लोक नृत्य निर्देशक (जुरी) अवार्ड(निरु फुयाल,उत्कृष्ट थकाली नृत्य निर्देशक अवार्ड – सोनु लामा, उत्कृष्ट राइ जातीको लोक नृत्य निर्देशक– नविना के.सी, उत्कृष्ट हुडकेली नृत्य निर्देशक पब्लिक चोइस अवार्ड – मनु लिम्बु, उत्कृष्ट झिझिया नृत्य निर्देशक अवार्ड – नारायणी थापा मगर, उत्कृष्ट शेब्रु नृत्य निर्देशक अवार्ड – निर्जला राइ, उत्कृष्ट कौडा नृत्य निर्देशक पब्लिक चोइस अवार्ड – पर्सन गुरुङ, उत्कृष्ट थारु नृत्य निर्देशक अवार्ड– दिल बहादुर सुनार, उत्कृष्ट नेवारी नृत्य निर्देशक अवार्ड– रबिन्सन श्रेष्ठ, उत्कृष्ट तीज नृत्य निर्देशक अवार्ड– सिता माया श्रेष्ठ, उत्कृष्ट मारुनी नृत्य निर्देशक– ममता राइ, उत्कृष्ट टप्पा नृत्य निर्देशक पब्लिक चोइस अवार्ड– आक्रिती गुरुङ, उत्कृष्ट छलिया नृत्य निर्देशक अवार्ड( सिर्जना माया लामा, उत्कृष्ट धिमाल नृत्य निर्देशक पब्लिक चोइस अवार्ड– नरेश घले, उत्कृष्ट श्रेब्रु नृत्य निर्देशक जुरी अवार्ड – सुनिल गिरी, उत्कृष्ट झिझिया जातीको नृत्य निर्देशक पब्लिक चोइस अवार्ड–किसन बहादुर नेम्वाङ, उत्कृष्ट कौडा नृत्य निर्देशक अवार्ड – अस्मिता पराजुली, उत्कृष्ट तामाङ नृत्य निर्देशक अवार्ड – सरस्वती पोखरेल, उत्कृष्ट टप्पा नृत्य निर्देशक अवार्ड – मन्दिरा न्यौपाने, उत्कृष्ट हुडकेली नृत्य निर्देशक अवार्ड – लक्ष्मी पुरी, उत्कृष्ट धिमाल नृत्य निर्देशक अवार्ड– हिरा तामाङ, सर्वोत्कृष्ट नृत्य निर्देशक पब्लिक चोइस अवार्ड– मनाङ गुरुङ, सर्वोत्कृष्ट नृत्य निर्देशक जुरी अवार्ड– दिवस गिरी, सर्वोत्कृष्ट नृत्य निर्देशक अवार्ड – युवराज गुरुङ्ले प्राप्त गरेका छन् ।

154 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal