मुग्लिन हुदै पोखरासम्म गीत सार्वजनिक
काठमाडौं । लोक दोहोरी गायकएवं सर्जक कृष्णप्रसाद गौतमले मुग्लिन हुदै पोखरासम्म बोलको गित सार्वजनिक गरेका छन् । युवायुवतीविच हुने प्रेम आकर्षण र भेटघाट गर्ने विषयलाई गितको टुक्का मिलाएर सिर्जना गरिएको गित दिवानकिनार अफिसियल युट्युव च्यानलमार्फत गत विहीबार सार्वजनिक भएको हो ।
सर्जक स्वंयगौतम र गायिक लक्ष्मी विसीको आवाज समेटिएको यो गितको शब्द दिवान किनारले लेखेका हुन् भने संगीत गायक गौतमले तयार पारेका हुन् । गायक गौतमले यस अघि समेत लास आउँछ बाकस, फेवातालमा हिमालको छायाँ लगायत गीत गाएका छन् ।
गितको भिडियोमा चर्चित मोडेल आयुष्मा कार्की र प्रतिक सिंको अभिनय देख्न सकिन्छ । तनहुको च्याँचुलमा छायांकन गरिएको गितको भिडियो अहिलेका व्यस्त म्युजिक भिडियो निर्देशक विक्रम चौहानले निर्माण गरेका हुन् ।
‘मुग्लिन हुदै पोखरा सम्म…बस्ला माया ख्याल–ख्यालमै अचम्म’