यो सरकारबाट विकासको सपना देख्न सकिँदैनः अध्यक्ष ओली
२०८० पुष ८ गते, आईतवार
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही सरकारबाट विकास र सुशासनको सपना देख्न नसकिने बताएका छन् ।
आइतबार पार्टी कार्यालयमा आयोजित अन्तरक्रियामा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘यस्तै सरकारबाट, यही कार्यशैली, यही तरिकाबाट कुशासन, भ्रष्टाचार र कमिशनतन्त्रको बिचमा विकासको सपना देख्न सकिँदैन ।’ ओलीले एमालेले गरिरहेको संकल्प भनेको यसै शासनको निरन्तरता नभएको पनि बताए ।
अध्यक्ष ओलीले एमाले सुशासन र विकासको बाटोमा अग्रसर हुने भन्दै समृद्धि नेपाल सुखी नेपालीको आकांक्षा एमालेले पुरा गरिछोड्ने पनि बताए । ‘हाम्रो संकल्प स्थायी, सुदृढ र अविचलित संकल्प हो’, ओलीको भनाइ छ ।
42 Views