पशुपतिमा संस्कृति मन्त्री किराँतीको राजिनामा माग गर्दै विरोध प्रदर्शन

२०८० पुष ५ गते, बिहीबार

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको राजीनामा माग्दै नेपाल सनातन धर्म संस्कृति संगठनहरुले आन्दोलन गरेका छन् । बिहीबार उनीहरुले बुधवार मन्त्री किराँतीले एक सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गर्दै राजीनामा माग गरेका हुन् ।

विरोध प्रदर्शनमा सहभागीहरुले गैरजिम्मेवार मन्त्री बर्खास्त गर्, सुदन किराँती राजीनामा दे, धार्मिक क्षेत्रमा गैरधार्मिक नियुक्ति बन्द गर् लगायतका प्लेकार्ड बोकेर नाराजुलुस गरेका थिए । बुधबार मन्त्री किराँतीले एक सार्वजनिक कार्यक्रममा क्रिश्चियन धर्मलाई स्वीकार नगर्ने सबै देशद्रोही भएको आरोप लगाउँदै क्रिश्चियन धर्म नस्वीकार्नेहरुलाई जेलमा राख्नुपर्ने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर अहिले मन्त्री किराँतीको विरोध भइरहेको छ ।

विरोध प्रदर्शनमा बोल्दै नेपाल सनातन धर्म संस्कृति संगठनका अध्यक्ष पुष्पराज पुरुषले देशको बहालवाला मन्त्रीले कुनै समुदायको कार्यक्रममा गई अरु समुदायलाई निन्दा गर्दै एउटा समुदायलाई उचालेर अपमानजनक अभिव्यक्ति दिनु गलत भएको बताए । उनले मन्त्रीको अभिव्यक्ति मन्त्रीको पदमा बस्नका लागि योग्य नरहेकाले तत्काल बर्खास्त गर्नुपर्ने माग गरे । मन्त्री भएर सामाजिक सद्भाव बिगार्ने काम गरेको उनको भनाइ छ ।

विरोध प्रदर्शनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शमशेर राणालगायत नेताहरुको पनि सहभागिता रहेको थियो । राणाले सुदन किरातीको अभिव्यक्तिको विरोध गर्दै आफूले भेटेरै राजीनामा दिन भनेको बताए ।

25 Views

ताजा

अस्ट्रेलियाको प्रतिष्ठित एक्सेलसिया कलेजमा संगीतमा उच्च शिक्षा पढ्ने अवसर

२०८१ श्रावण ४ गते, शुक्रबार

अस्ट्रेलियाको प्रतिष्ठित एक्सेलसिया कलेजमा संगीतमा उच्च शिक्षा पढ्ने अवसर

२०८१ श्रावण ४ गते, शुक्रबार

तारकेश्वर डाँडागाउँ चौकीमा खुल्यो सिवांगी ब्युटी जोन, १ महिनासम्म विशेष अफर

२०८१ श्रावण ४ गते, शुक्रबार

भनाइ पत्रकारको निर्वाचन, गराइ राजनीतिक स्वार्थसिद्धिको खेल

२०८१ श्रावण ४ गते, शुक्रबार

गुरु पूर्णिमाको अवसरमा बबिना भट्टराईको भजन ‘गुरु चरणमा’ सार्वजानिक (भिडियो सहित)

२०८१ श्रावण ४ गते, शुक्रबार

सर्वाधिक चर्चामा “हरहर महादेव” (भिडियो सहित)

२०८१ श्रावण २ गते, बुधबार

ढल्यो प्रचण्ड सरकार, पक्षमा ६३, विपक्षमा १९४ मत

२०८१ असार २८ गते, शुक्रबार

निर्मलाका हत्यारा र जीबी राई खोइ पक्राउ गरेको ? : ज्ञानेन्द्र शाही

२०८१ असार २८ गते, शुक्रबार

गृहमन्त्री लामिछानेको आक्षेप, फाइल खोलेको २४ घण्टामा सरकार ढालियो

२०८१ असार २८ गते, शुक्रबार

कला संगीत मानव भावनाको सुन्दर प्रस्तुति हो –कलाकार निर्मला घिसिङ

२०८१ असार २८ गते, शुक्रबार

कास्की पहिरो अपडेट: मृतकको सङ्ख्या ११ पुग्यो

२०८१ असार २८ गते, शुक्रबार

लोकप्रिय

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई

२०७९ चैत्र २४ गते, शुक्रबार

धनकुटा महोत्सवमा ३० जना घाइते

२०७९ माघ १५ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal