आउँदो चुनावमा बहुमत ल्याउनुपर्छः सभापति देउवा
२०८० पुष ५ गते, बिहीबार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आउँदो चुनावमा बहुमत प्राप्त गर्ने पार्टीको रूपमा स्थापित गर्न आग्रह गरेका छन् ।
बिहीबार पार्टीको मधेश प्रदेशको प्रथम अधिवेशनलाई जनकपुरमा सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले भने, “हाम्रो पार्टीलाई अन्तरघात गर्ने रोग लागेको छ, त्यसबाट मुक्त गर्दै पार्टीलाई भरसक बहुमत प्राप्त गर्ने पार्टीको रूपमा स्थापित गर्नुहोला ।”
सभापति देउवाले नेपालको राजनीतिलाई सुदृढीकरण र अझ स्थिर बनाउने काममा पार्टी लाग्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
33 Views