राजावादी दुर्गा मच्चिए–मच्चिए अनि थच्चिए

२०८० मंसिर १५ गते, शुक्रबार

काठमाडौं । गणतन्त्र फालेर राजतन्त्र ल्याउन कम्मर कसेर लागेका मेडिकल व्यवसायी दुर्गा प्रसाई अन्ततः थच्चिन बाध्य भएका छन् । गत मंसिर ७ गतेदेखि आन्दोलनको आँधिबेहरी ल्याउने उद्घोष गरेका प्रसाईलाई राजावादीहरुले नै साथ नदिएपछि हिस्स परेका छन् । गणतन्त्रका पक्षमा काँग्रेस, एमाले र माओवादीका नेताहरु एकमत हुँदा राजतन्त्रको वकालत गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपा नेपाल र पूर्वराजा ज्ञानेन्द शाहवीच नै एकता हुन सकेन । प्रसाईको आन्दोलनप्रति पूर्वराजा शाह मौन बसे भने राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपालले विश्वास गरेनन् । त्यतिमात्र हैन काठमाडौंको सिफलमा र बल्खुमा गरिएको कार्यक्रममा काठमाडौंबासीले नै साथ नदिएको जानकारहरुले बताएका छन् ।

तैपनि प्रसाईको आन्दोलन रोकिएको छैन । काँग्रेस सभापति शेरबहादुर देउवाले जनताले फालिसकेको राजतन्त्र नफर्कने बताएका छन् । त्यस्तै एमाले अध्यक्ष खड्ग प्रसाद ओलीले मरिसकेको राजतन्त्रको नली हाड लिएर राजावादीहरुले टाउको उठाउने प्रयत्न गरेको बताएका छन् । पछिल्लो समय दलका नेताको कार्यशैली, व्यवस्था, सरकार र पुराना दलहरुप्रति जनआक्रोश बढिरहेको छ । दलका नेताहरु नसच्चिए गणतन्त्रको लिंगो भाँचिन सक्ने जानकारहरुले बताएका छन् ।

काँग्रेसका महामन्त्री गगन थापाले पूर्वराजालाई राजतन्त्र फर्काउने च्याँसे नथाप्न सुझाव दिएका छन् । राजाले जुवाको खालमा गएर च्याँखे थाप्ने होइन, च्याँखे खालमा दाउ नराख्नुस्, खेल्ने भए सिधै खालमा भिड्न आए हुन्छ भन्दै आक्रोश पोखेका थिए । यस्तै आक्रोश अन्य दलका नेताहरुले पनि पोखेका छन् । व्यवसायी दुर्गा प्रसाईको आन्दोलनमा सहभागी भएका अधिकाँश व्यक्तिहरु कोभिड अगाडि बैंकबाट र लघुवित्तबाट ऋण लिएर ब्याज बुझाउन नसकेका व्यक्तिहरु रहेको बताइएको छ ।

59 Views

ताजा

‘ए ङाला ह्राङ्बा माया’ असार २८ गते विशेष प्रदर्शन हुने

२०८२ असार २५ गते, बुधबार

‘ए ङाला ह्राङ्बा माया’ असार २८ गते विशेष प्रदर्शन हुने

२०८२ असार २५ गते, बुधबार

उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह

२०८२ असार २४ गते, मंगलवार

रसुवामा भीषण बाढीः मितेरीपुल भाँचियो, कन्टेनर र ईभी गाडी बगायो

२०८२ असार २४ गते, मंगलवार

रसुवा बाढीः तीन प्रहरीसहित १५ जना बेपत्ता

२०८२ असार २४ गते, मंगलवार

विद्या भण्डारी र बालेन शाहबिच भेटवार्ता

२०८२ असार २२ गते, आईतवार

विद्यालय शिक्षा विधेयकः समाधान गर्न सरकारलाई थप ५ दिनको म्याद

२०८२ असार २२ गते, आईतवार

नाउपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

२०८२ असार २२ गते, आईतवार

तारकेश्वरबाट एसईई उत्तीर्ण विद्यार्थीलाई परिवर्तन अभियानद्वारा सम्मान

२०८२ असार २२ गते, आईतवार

अन्तरघात भएको भन्दै कांग्रेसको अनुशासन समितिमा उजुरीको चाङ

२०८२ असार २२ गते, आईतवार

अफ्ताब अलाम काण्डः बम लागेका गौरीशंकर पीडा सुनाउन काठमाडौं आए

२०८२ असार २२ गते, आईतवार

लोकप्रिय

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal