मंसिर २३ र २८ गते पाठक र खतिवडाको विहे

२०८० मंसिर १५ गते, शुक्रबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालकी नातिनी प्रतिभा पाठक विवाह बन्धनमा बाँधिने भएकी छन् । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालकी छोरी प्रतिभाले गोरखाका विज्ञानबाबु रेग्मीसँग इन्गेजमेन्ट (टीकाटालो) गरेकी हुन् । उनीहरूबीच आगामी मंसिर २३ गते विवाह गर्ने तय भएको छ । प्रतिभाको इन्गेजमेन्टमा प्रधानमन्त्री प्रचण्ड पनि सहभागी भएका थिए । प्रतिभा उच्च शिक्षाका लागि विदेश गएकी थिइन् ।

त्यसैगरी पूर्व मिस नेपाल शृंखला खतिवडा र कान्तिपुर मिडिया गु्रपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले पनि यही मंसिर २८ गते लगनगाँठो कस्ने भएका छन् । केही वर्षदेखि प्रेम सम्बन्धमा रहेको यो जोडीले केही महिनाअघि मात्रै आफूहरुबीचको प्रेमसम्बन्ध सार्वजनिक गरेका थिए । करिब दुई महिना अगाडि शृंखलाले ‘होपलेस–रोमान्टिक’ जोडीका रूपमा सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्धका तस्बिर सार्वजनिक गरेकी थिइन् ।

२०१८ मा मिस नेपालको उपाधि जितेकी शृंखला नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडा र मुनु सिग्देलकी छोरी हुन् भने सम्भव व्यवसायी कैलाश सिरोहियाका छोरा हुन् । उनीहरुको विवाह हायात होटलमा हुने बताइएको छ । विवाहको रिसेप्सन पार्टी पनि पुस १ गते हायातमा नै राखिएको छ ।

137 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal