इन्डिकेसनमा समस्या देखिएपछि धनगढी उडेको श्री एयरलाइन्सको जहाज काठमाडौं फर्कियो
२०८० मंसिर ८ गते, शुक्रबार
काठमाडौं । काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज बीच बाटोबाटै काठमाडौं फर्किएको छ । काठमाडौंबाट उडेको उडान नम्बर २२५ को जहाजको इन्जिनमा समस्या देखिएपछि बीच बाटोबाटै फर्काइएको हो ।
श्री एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले इन्डिकेसनमा समस्या देखिएपछि जहाज फर्काइएको जानकारी दिए ।
33 Views