महेन्द्रनगरमा शहीद भीमदत्तको सालिक तोडफोड गर्ने १८ जना पक्राउ

महेन्द्रनगर । कञ्चनपुर प्रहरीले महेन्द्रनगरस्थित स्थानीय पार्कमा रहेको शहीद भीमदत्त पन्तको सालिक तोडफोडमा संलग्न रहेको आरोपमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केही नेतासहित १८ जनालाई पक्राउ गरेको छ।
शुक्रबार महेन्द्रनगरमा गणतन्त्रको विरोध र राजसंस्थाको पुनःस्थापनाको माग गर्दै रापप्रासहितका स्थानीय प्रदर्शनमा उत्रिएका थिए। सो क्रममा उनीहरुले पार्कमा रहेको सालिक तोडफोड गर्नुका साथै पार्कको गेटमा लेखिएको भीमदत्तको नामसमेत मेटेका थिए।
राजा महेन्द्रले पार्क निर्माण गरेको भन्दै आन्दोलनरत समूहले सालिक तोडफोड गरेका हुन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले सालिक तोडफोडमा संलग्न १८ जनालाई भर्खरै नियन्त्रणमा लिएको जानकारी दिए।
‘तोडफोडमा संलग्नलाई नियन्त्रणमा लिएर थप बुझ्ने काम भइरहेको छ,’ प्रवक्ता डाँगीले भने, ‘उनीहरुको नामावली सङ्कलनलगायत काम पनि भइरहेको छ।’
प्रदर्शनका क्रममा प्रदर्शनकारीले राजा र हिन्दुत्वसँगै भ्रष्टाचार, धर्म परिवर्तन र बेरोजगारी लगायतका मुद्दामा नाराबाजीसमेत गरेका थिए। रासस
ताजा

राज्यमन्त्री तामाङको २० करोड प्रकरण छानविन गर्न भीम रावलको माग
२०८२ बैशाख १६ गते, मंगलवार
राज्यमन्त्री तामाङको २० करोड प्रकरण छानविन गर्न भीम रावलको माग
२०८२ बैशाख १६ गते, मंगलवार
शिक्षक आन्दोलन आज पनि जारी रहने
२०८२ बैशाख १६ गते, मंगलवार
लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित
२०८२ बैशाख १६ गते, मंगलवार
सुरु भयो जानकी जन्मोत्सव
२०८२ बैशाख १६ गते, मंगलवार
वैशाख ३१ सम्म दाउन्नेमा राति सवारी चलाउन रोक
२०८२ बैशाख १६ गते, मंगलवार
काठमाडौंमा आज राप्रपा नेपालले प्रदर्शन गर्ने
२०८२ बैशाख १५ गते, सोमबार
सबै शिक्षक र कर्मचारीलाई काठमाडौं आउन महासंघले ग¥यो अपिल
२०८२ बैशाख १५ गते, सोमबार
झडपमा परी ६३ जना शिक्षकहरू घाइते
२०८२ बैशाख १४ गते, आईतवार
ओली नेतृत्वको सरकार अहिले ढल्न हुँदैन, हामीलाई अझै गिरेको हेर्नुछः मनिष झा
२०८२ बैशाख १४ गते, आईतवार
सांसद राईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
२०८२ बैशाख १४ गते, आईतवारलोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार