भूकम्प मापन केन्द्रको टोली अनुसन्धान गर्न जाजरकोटमा

२०८० कार्तिक १९ गते, आईतवार

काठमाडौं । जाजरकोटमा शुक्रबार राति गएको भूकम्पको थप अध्ययन एवं अनुसन्धान गर्न भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरको टोली त्यहाँमा पुगेको छ । केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीसहितको टोली अनुसन्धान गर्न शनिबार जाजरकोट पुगेको हो ।

उक्त टोलीले भूकम्पका बारेमा समग्र अध्ययन तथा अनुसन्धान गर्ने खानी तथा भूकम्प विभागका महानिर्देशक रामप्रसाद घिमिरेले जानकारी दिए । ‘कति गहिराइबाट भूकम्प गएको छ, कुन दिशामा बढी क्षति पुगेको छ, भूकम्पले कस्ता घरमा क्षति पुगेको छ भन्नेबारे उक्त टोलीले अध्ययन गर्नेछ’, उनले भने ।

भूकम्पविद् अधिकारीले जाजरकोट भूकम्प बझाङ भूकम्पको परकम्प नभइ नयाँ भूकम्प भएको जानकारी दिए । उनले पछिल्लो समय नेपालका पश्चिम क्षेत्र भएर भूकम्प गइरहेको बताए ।

शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर भूकम्प गएपछि चारवटा पराकम्प गइसकेको छ । केन्द्रका अनुसार सोही स्थान केन्द्रविन्दु भएर सोही राति १२ः८ बजे ४.५, १२ः२९ बजे ४.२, १२ः३५ बजे ४.३ र शनिबार दिउँसो ३ः४० बजे ४.२ रेक्टरस्केलको पराकम्प गएको छ ।

उक्त भूकम्पमा परेर हालसम्म जाजरकोट र रुकुम पश्चिममा १ सय ५७ जनाको मृत्यु भइसकेको छ भने २ सयभन्दा बढी व्यक्ति घाइते भएका छन् । रासस

10 Views

ताजा

अब काँग्रेस बलियो बन्छः देउवा

२०८० मंसिर १६ गते, शनिबार

अब काँग्रेस बलियो बन्छः देउवा

२०८० मंसिर १६ गते, शनिबार

कोप–२८ मा प्रधानमन्त्रीको सम्बोधनः नेपालमाथिको अन्याय रोकिनुपर्छ

२०८० मंसिर १६ गते, शनिबार

अबको चुनाव कांग्रेस एक्लै लड्छः गगन थापा

२०८० मंसिर १६ गते, शनिबार

प्रचण्ड नेतृत्वको सरकार आफैं ढल्छः ओली

२०८० मंसिर १५ गते, शुक्रबार

नक्कली शरणार्थी प्रकरणः खाँण र रायमाझी जेलमै बस्नुपर्ने, रिजाललाई पन्ध्र लाख धरौटी

२०८० मंसिर १५ गते, शुक्रबार

मंसिर २३ र २८ गते पाठक र खतिवडाको विहे

२०८० मंसिर १५ गते, शुक्रबार

राजावादी दुर्गा मच्चिए–मच्चिए अनि थच्चिए

२०८० मंसिर १५ गते, शुक्रबार

अर्थमन्त्रीलाई ४० करोडको आरोप

२०८० मंसिर १५ गते, शुक्रबार

१० अर्व झ्वाम पार्नेलाई अख्तियारको सुनपानी

२०८० मंसिर १५ गते, शुक्रबार

सूईहरुको उदासिनताले सडक चौपट

२०८० मंसिर १५ गते, शुक्रबार

लोकप्रिय

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई

२०७९ चैत्र २४ गते, शुक्रबार

धनकुटा महोत्सवमा ३० जना घाइते

२०७९ माघ १५ गते, आईतवार

निर्मला कुर्मी प्रकरणः रुबी खानसहित केही अधिकारकर्मी पक्राउ

२०७९ माघ ९ गते, सोमबार

विदेशमा रहेका नेपालीलाई रविको जागिर अफर– ‘तपाईंलाई लिन म आफैं एयरपोर्ट आउँछु’

२०७९ पुष ८ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal