नेपाललाई सुपर ओभरमा हराउँदै ओमानले जित्यो विश्वकप छनोटको उपाधि

२०८० कार्तिक १९ गते, आईतवार

काठमाडौं । सुपर ओभरमा घरेलु टिम नेपाललाई हराउँदै ओमानले आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको उपाधि जितेको छ ।

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा सुपर ओभरमा ओमानले दिएको २२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १० रनमात्र बनाउन सक्यो । सुपर ओभरमा पहिले ब्याटिङमा आएको ओमानले २१ रनको योगफल खडा गरेको थियो ।

त्यसअघि, टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको थियो । १८५ रनको लक्ष्यसहित मैदान उत्रिएको ओमानले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १८४ रन नै बनाएपछि खेलको निर्णय सुपर ओभरबाट भएको हो ।

नेपाललाई जितका लागि अन्तिम ओभरमा आठ रन रक्षा गर्नुपर्ने थियो । अन्तिम ओभरका लागि कप्तान रोहितकुमार पौडेलले सन्दीप लामिछानेलाई बलिङको जिम्मा सुम्पिएका थिए ।

अन्तिम ओभरको पहिलो बलमा सन्दीपले एक रन खर्चिए । दोस्रो ओभरमा सन्दीपले ओमानका आयान खानलाई रोहितबाट क्याच गराए । तेस्रो बलमा सन्दीपले साकिल अहमेदलाई अभिनाश बोहराबाट क्याच गराए ।

चौथो बलमा ओमानले एक रन लियो । पाँचौँ बल चौका हुँदा ओमानलाई अन्तिम बलमा जितका लागि दुई रनको आवश्यकता थियो । तर, अन्तिम बलमा ओमानले दुई रनको प्रयास गरे पनि दोस्रो रनका क्रममा पायाज बट रनआउट भएपछि खेल सुपर ओभरमा पुगेको थियो ।

ओमानका ओपनर कश्यप प्रजापतिले ६३ रन बनाए । उनले ५२ बलमा तीन चौका र चार छक्का प्रहार गरे । अकिब इल्यासले ३३, कप्तान जिसान मक्सुदले २६, मोहम्मद नदिमले २४ रन जोडे । यस्तै, आयान खान र मेहरन खानले समान १० रन थपे ।

नेपालका करण केसी र सन्दीप लामिछानेले समान दुई विकेट लिए । सोमपाल कामी, अभिनाश बोहरा, विवेक यादव र गुल्सन झाले एक–एक विकेट लिए ।

त्यसअघि, नेपाली टिमको स्कोरबोर्डमा गुल्सनकुमार झाले ५४ रन जोडे । आक्रामक रुपमा प्रस्तुत भएका गुल्सनले २५ बलमा पाँच चौका र चार छक्का प्रहार गरेका थिए । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा गुल्सनको यो पहिलो अर्धशतक हो ।

यस्तै, कप्तान रोहितले ३७ बलमा पाँच चौका र दुई छक्कासहित ५२ रन थपे । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा रोहितको यो पाँचौँ अर्धशतक हो । १० ओभरको समाप्तीमा ६०–४ को कठिन अवस्था रहँदा यी दुईले पाँचौँ विकेटका लागि ४२ बलमा ७८ रनको साझेदारी गर्दै नेपालको इनिङलाई सम्मानजनक योगफलसम्म पुर्याएका थिए । ११ ओभरमा ६१ रन जोडेको नेपालले पछिको नौ ओभरमा १२३ रन बनाएको थियो ।

ओपनर कुशल भुर्तेलले ३१ रन थपे । अन्त्यमा करण केसीले ६ बलमा एक चौका र दुई छक्कासहित २० रन जोडे । ओमानका बिलाल खानले तीन विकेट लिए । अकिब इल्यासले दुई र जिसान मक्सुदले एक विकेट लिए ।

छनोटको फाइनल प्रवेश गरेसँगै यी दुवै टिमले आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा स्थान निश्चित गरिसकेका छन् । फाइनल प्रवेशका क्रममा नेपालले सेमिफाइनलमा युनाइटेड अरब इमिरेट्स ९(यूएई) र ओमानले बहराइनलाई हराएको थियो ।

कात्तिक १३ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपालसहित कुल आठ टिम सहभागी थिए । जसलाई प्रत्येक समूहमा चार टिम रहने गरी दुई समूहमा विभाजन गरिएको थियो ।

32 Views

ताजा

अन्ततः क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

२०८१ जेष्ठ २ गते, बुधबार

अन्ततः क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

२०८१ जेष्ठ २ गते, बुधबार

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः प्रधानमन्त्री प्रचण्ड

२०८१ बैशाख ३० गते, आईतवार

कामिरिताद्वारा २९औँ पटक सगरमाथाको सफल आरोहण

२०८१ बैशाख ३० गते, आईतवार

भरतपुरमा स्कुल बसमा आगजनी

२०८१ बैशाख ३० गते, आईतवार

राष्ट्रपतिका आर्थिक सल्लाहकार नेपालद्वारा राजीनामा

२०८१ बैशाख ३० गते, आईतवार

हिमालयन अन्तर्राष्ट्रिय अवार्डको चौथो संस्करण सम्पन्न

२०८१ बैशाख २७ गते, बिहीबार

दिन दाहाडै नबिल बैंकबाट १ करोड ३४ लाख चोरी

२०८१ बैशाख १८ गते, मंगलवार

काठमाडौंमा वायु प्रदूषण बढ्यो, मास्क लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

२०८१ बैशाख १८ गते, मंगलवार

मतदाताको शिर झुक्न दिँदैनः सांसद नेम्वाङ

२०८१ बैशाख १८ गते, मंगलवार

सप्तरीमा भीषण आगलागी, दुई सय घर जले

२०८१ बैशाख १८ गते, मंगलवार

लोकप्रिय

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई

२०७९ चैत्र २४ गते, शुक्रबार

धनकुटा महोत्सवमा ३० जना घाइते

२०७९ माघ १५ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal