बस दुर्घना अपडेटः ८ जनाको मृत्यु, १५ जना घाइते

२०८० भाद्र ६ गते, बुधबार

काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशुली नदीमा खस्दा ८ जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२, चालिसे छहराबाट बुधबार बिहान यात्रुबाहक बस त्रिशुली नदीमा खसेको हो।

काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस अनियन्त्रित भइ सडकबाट त्रिशुली नदीमा खसेको हो। बसमा २३ जना यात्रु सवार रहेको विवरण प्राप्त भएको गजुरी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला बिसुरालले जानकारी दिइन्।

‘दुर्घटनामा बसका चालक घाइते भएका छन्। चालकले बसमा २३ जना सवार रहेको भनेर बताएका छन्। ८ जनाको शव उद्धार गरेको भनेर प्रहरीले जानकारी दिएको छ,’ उपाध्यक्ष बिसुरालले ‘घाइते १५ जनाको उद्धार भएको बताइन ।

घाइतेमध्ये १० जनाको गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। ५ जनालाई मलेखु तथा काठमाडौं पठाइएको छ।

176 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट

२०८३ श्रावण ४ गते, सोमबार

अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला

२०८३ श्रावण २ गते, शनिबार

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ श्रावण २ गते, शनिबार

डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते

२०८३ श्रावण २ गते, शनिबार

कमैया मुक्तिको २६ वर्ष: समस्या जहाँको त्यहीँ,पुर्जा छ, श्रेस्ता छैन

२०८३ श्रावण २ गते, शनिबार

सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने

२०८३ असार ३२ गते, बिहीबार

नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ विद्यार्थीहरूलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण

२०८३ असार ३२ गते, बिहीबार

ध्रुवे हात्तीलाई नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो

२०८३ असार ३२ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal