चुरियामाईमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

मकवानपुर । मकवानपुर र बारा जिल्लाको सिमानामा रहेको चुरियामाईमा सवारी दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ चुरियामाईमा मधेस प्रदेश ०३–००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब १ बजेको समयमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
काठमाडौँबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको तीर्थयात्री बोकेको बस सडकबाट तल खहरेमा खसेर भएको दुर्घटनामा घाइते भएका ७ जनाको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजालले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा मृत्यु हुनेमा ३ पुरुष र ४ जना महिला रहेका छन् । मृत्यु हुनेमा ६ भारतीय र एक जना नेपाली रहेका छन् ।
बसमा सवार अन्य १७ जना घाइते भएका छन् । उनीहरूको हेटौँडाको चुरेहिल अस्पताल र हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । घटनास्थल चुरियामाई मन्दिरबाट १०० मिटर दक्षिण तर्फ पर्दछ ।
ताजा

पाँचौ सगरमाथा म्युजिक अवार्ड २०८० असोज २६ मा हुने
२०८० आश्विन ५ गते, शुक्रबार
पाँचौ सगरमाथा म्युजिक अवार्ड २०८० असोज २६ मा हुने
२०८० आश्विन ५ गते, शुक्रबार
दलाल पूँजीपतिद्वारा संक्रमित व्यवस्थापिका र कार्यपालिका
२०८० आश्विन ५ गते, शुक्रबार
संगीत सुख दुःखको सारथी हो
२०८० आश्विन ५ गते, शुक्रबार
शिक्षकहरुको काठमाडौंमा वृहत सडक आन्दोलन
२०८० आश्विन ३ गते, बुधबार
एमालेको राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम
२०८० आश्विन ३ गते, बुधबार
संविधानले सम्झिएका सुशील र सुवास
२०८० आश्विन ३ गते, बुधबार
आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्दछः राष्ट्रपति पौडेल
२०८० आश्विन ३ गते, बुधबार
संविधानको कार्यान्वयनमार्फत जनताको जीवनस्तरमा आमूल परिवर्तन गर्न सरकार प्रतिबद्ध छःः प्रधानमन्त्री दाहाल
२०८० आश्विन ३ गते, बुधबार
मुलुकलाई संविधानले समृद्धितर्फ अघि बढ्न दिशानिर्देश गरेको छः देउवा
२०८० आश्विन ३ गते, बुधबार
आज संविधान दिवस, सार्वजनिक विदा
२०८० आश्विन ३ गते, बुधबारलोकप्रिय

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार
शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने
२०८० भाद्र १ गते, शुक्रबार
काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी
२०८० श्रावण २८ गते, आईतवार
राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ
२०८० असार २४ गते, आईतवार
१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई
२०७९ चैत्र २४ गते, शुक्रबार
धनकुटा महोत्सवमा ३० जना घाइते
२०७९ माघ १५ गते, आईतवार
निर्मला कुर्मी प्रकरणः रुबी खानसहित केही अधिकारकर्मी पक्राउ
२०७९ माघ ९ गते, सोमबार
विदेशमा रहेका नेपालीलाई रविको जागिर अफर– ‘तपाईंलाई लिन म आफैं एयरपोर्ट आउँछु’
२०७९ पुष ८ गते, शुक्रबार