सरकारले सबै काण्डको छानविन गर्ने हिम्मत राख्न आवश्यकः लामिछाने

२०८० श्रावण २७ गते, शनिबार

नवलपरासी । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने सरकारले सबै काण्डको छानबिन गर्ने हिम्मत राख्नु पर्ने बताउनु भएको छ । ललिता निवास,सुन प्रकरण र भुटानी शरणार्थी लगायतका काण्डमा सूक्ष्म रुपमा छानबिन हुने हो भने औलामा गन्न सक्ने नेता मात्र बाकी रहने लामिछानेको दाबी छ ।

‘सरकारले सबै काण्डको छानबिन गर्‍यो भने औलामा गन्न सक्ने नेता बाहेक सबै जेलमा हुन्छन्’, लामिछानेले बताउनु भयो ।

रास्वपा क्षेत्र नम्बर १ पश्चिम् नवलपरासीले आज बर्दघाटमा आयोजना गरेको क्षेत्रिय भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले प्रदेश सरकारका विषयमा आफ्नो पार्टीको पहिले देखिनै स्पष्ट धारणा रहेको बताउनु भयो । प्रदेश सरकार केवल कार्यकर्ता सेट गर्ने र दलहरूले नेता थन्क्याउने थलो भएको बताउँदै उहाँले प्रदेश सरकार जनताका सवालमा भने प्रभावकारी हुन नसकेको उल्लेख गर्नुभयो । ‘छिटफुट कामहरू कहीँ कतै राम्रा पनि भए होलान् तर समग्रतामा प्रदेश सरकारको अर्थ छैन’, लामिछाने भन्नुभयो । लामिछानेले भरतपुरमा सञ्चालन गरेको ब्लु बसको बिरोध गर्नुको कुनै अर्थ नभएको समेत बताउनु भयो । ‘केही मान्छेहरू हाम्रा विरुद्ध यसरी लागेका छन् कि केही काम थाहै नदिई हतारमा गर्नु पर्ने अवस्था छ, त्यसकारण पनि त्रुटि भएको हुनसक्छ, हामीले भरतपुरमा मात्रै होइन देशभरि नै ब्लु बस चलाउँछौ ,कसैको विरोधले केही फरक पर्दैन’, सभापति लामिछानेको भनाई थियो ।

देशमा दल र नेतृत्वको अभाव नभएर नेतृत्वमा ईमान्दारिताको अभाव भएको उहाँले बताउनु भयो । लामिछानेले यो देश सतीले सरापेको नभई जुकाहरूले चुसेको कारण बिग्रिएको बताउनुभयो । रास्वपाले सदनमा हरेक दिन खबरदारी गर्ने लामिछाने बताउनु भयो ।

आफूहरूलाई नागरिकताका सवालमा मधेस विरोधी आरोप को खण्डन गर्दै सभापति लामिछानेले बिगत देखिनै मधेसका हरेक मुद्दामा आफू लडेको र मधेसको पक्षमा उभिएको इतिहास साक्षी रहेको दाबी गर्नु भयो । कार्यक्रममा रास्वपाका उपसभापति डिपि अर्यालको समेत उपस्थिति रहेको थियो ।

137 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

युवा आक्रोश र देशको अवस्थाबीच गगन थापाको भूमिका महत्वपूर्ण :  मिश्र

२०८३ जेष्ठ ७ गते, बिहीबार

युवा आक्रोश र देशको अवस्थाबीच गगन थापाको भूमिका महत्वपूर्ण :  मिश्र

२०८३ जेष्ठ ७ गते, बिहीबार

स्वीकृत नलिई राहदानी विदेश लैजान खोज्ने दुई पक्राउ

२०८३ जेष्ठ ७ गते, बिहीबार

श्रीलंका टापुबाट ‘महाराजधिराज’को छायांकन सुरु

२०८३ जेष्ठ ७ गते, बिहीबार

हर्कराज राईले मागे प्रधानमन्त्रीको राजीनामा

२०८३ जेष्ठ ७ गते, बिहीबार

तारकेश्वरको तिनपिप्लेमा चल्यो डोजर

२०८३ जेष्ठ ७ गते, बिहीबार

कमल लामिछाने नेपाल टेलिकमको प्रवक्ता

२०८३ जेष्ठ ७ गते, बिहीबार

बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक

२०८३ बैशाख २७ गते, आईतवार

गायक कुमार पौडेलको ल्याए ‘युपी बिहार’

२०८३ बैशाख २७ गते, आईतवार

मोफसलबाट ‘रोल नं १’को प्रचार सुरु

२०८३ बैशाख २५ गते, शुक्रबार

वर्षाअघि नै संकट व्यवस्थापन हुन अति आवश्यक

२०८३ बैशाख २५ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal