सरकारले सबै काण्डको छानविन गर्ने हिम्मत राख्न आवश्यकः लामिछाने

२०८० श्रावण २७ गते, शनिबार

नवलपरासी । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने सरकारले सबै काण्डको छानबिन गर्ने हिम्मत राख्नु पर्ने बताउनु भएको छ । ललिता निवास,सुन प्रकरण र भुटानी शरणार्थी लगायतका काण्डमा सूक्ष्म रुपमा छानबिन हुने हो भने औलामा गन्न सक्ने नेता मात्र बाकी रहने लामिछानेको दाबी छ ।

‘सरकारले सबै काण्डको छानबिन गर्‍यो भने औलामा गन्न सक्ने नेता बाहेक सबै जेलमा हुन्छन्’, लामिछानेले बताउनु भयो ।

रास्वपा क्षेत्र नम्बर १ पश्चिम् नवलपरासीले आज बर्दघाटमा आयोजना गरेको क्षेत्रिय भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले प्रदेश सरकारका विषयमा आफ्नो पार्टीको पहिले देखिनै स्पष्ट धारणा रहेको बताउनु भयो । प्रदेश सरकार केवल कार्यकर्ता सेट गर्ने र दलहरूले नेता थन्क्याउने थलो भएको बताउँदै उहाँले प्रदेश सरकार जनताका सवालमा भने प्रभावकारी हुन नसकेको उल्लेख गर्नुभयो । ‘छिटफुट कामहरू कहीँ कतै राम्रा पनि भए होलान् तर समग्रतामा प्रदेश सरकारको अर्थ छैन’, लामिछाने भन्नुभयो । लामिछानेले भरतपुरमा सञ्चालन गरेको ब्लु बसको बिरोध गर्नुको कुनै अर्थ नभएको समेत बताउनु भयो । ‘केही मान्छेहरू हाम्रा विरुद्ध यसरी लागेका छन् कि केही काम थाहै नदिई हतारमा गर्नु पर्ने अवस्था छ, त्यसकारण पनि त्रुटि भएको हुनसक्छ, हामीले भरतपुरमा मात्रै होइन देशभरि नै ब्लु बस चलाउँछौ ,कसैको विरोधले केही फरक पर्दैन’, सभापति लामिछानेको भनाई थियो ।

देशमा दल र नेतृत्वको अभाव नभएर नेतृत्वमा ईमान्दारिताको अभाव भएको उहाँले बताउनु भयो । लामिछानेले यो देश सतीले सरापेको नभई जुकाहरूले चुसेको कारण बिग्रिएको बताउनुभयो । रास्वपाले सदनमा हरेक दिन खबरदारी गर्ने लामिछाने बताउनु भयो ।

आफूहरूलाई नागरिकताका सवालमा मधेस विरोधी आरोप को खण्डन गर्दै सभापति लामिछानेले बिगत देखिनै मधेसका हरेक मुद्दामा आफू लडेको र मधेसको पक्षमा उभिएको इतिहास साक्षी रहेको दाबी गर्नु भयो । कार्यक्रममा रास्वपाका उपसभापति डिपि अर्यालको समेत उपस्थिति रहेको थियो ।

176 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal