सामुदायिक वन विश्वभर नै नमूना कार्यक्रमको रूपमा परिचितः प्रधानमन्त्री प्रचण्ड
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामुदायिक वन कार्यक्रम वन विनाशलाई रोक्दै वनको संरक्षण, दिगो प्रयोग र व्यवस्थापनमा सफल देखिएको बताएका छन्।
सामुदायिक वन दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले सामुदायिक वन उपभोक्ता समूहमा आवद्ध जनसमुदायको अपनत्व र प्रतिवद्धता, नेपाल सरकारले लागू गरेको प्रगतिशील नीति, संस्थागत सुप्रबन्ध र कानूनी प्रावधानको कारण उक्त कार्यक्रम सफल भएको बताएका हुन्।
उनले सामुदायिक वन क्षेत्रमा रहेका नीतिगत, संस्थागत तथा प्रक्रियागत समस्याहरूलाई सरोकारवालाहरूको समन्वय र सहकार्यमा समाधान गर्दै सामुदायिक वन व्यवस्थापनमा सुशासन, सम्वृद्धि र सामाजिक न्यायको प्रत्याभूति गर्न सरकार प्रतिवद्ध रहेको पनि बताए।
‘वनक्षेत्र नेपालको तुलनात्मक तथा प्रतिस्पर्धी लाभको क्षेत्र हो वनको बहुउपयोगी प्रयोग, दिगो व्यवस्थापन र वनजन्य पदार्थको संरक्षण, उत्पादन, प्रवर्द्धन र विविधीकरण मार्फत देशको समृद्धिमा ठूलो योगदान पुग्ने देखिन्छ,’ प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘त्यसैगरी, सामुदायिक वनको व्यवस्थापन र सदुपयोगबाट प्राकृतिक श्रोतमा आधारित गरिब, दलित, जनजाति र अन्य सीमान्तकृत जनताको आयआर्जन र रोजगारी वृद्धि गर्न आवश्यक छ।’
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





