हातखुट्टा बाँधेर विष खुवाईएको अवस्थामा वृद्धा फेला
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ६ सिपाघाट स्थित अधेरीमा गएराति १२ बजेको समयमा एकवृद्धालाई हात खुट्टा बाँधेर विष खुवाइएको पाइएको छ।
शुक्रबार मध्यरातमा स्थानीय श्रीराम ढकाललाई अज्ञात समूहद्वारा मोटरसाइकलको टिउले हात खुट्टा बाधेर बिष खुवाइ छाडिएको अवसथामा फेला पारिएको हो । वृद्धा एक्लै घरमा रहेको मौका छोपि अपरिचित व्यक्तिहरुले हात खुट्टा बाँधेर विष खुवाइएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। यद्यपी प्रहरीले विष कसले खुवायो भन्ने बारेमा खोज र अनुसन्धान थालेको छ।
वृद्धालाई थप उपचारका लागि काठमाडौंस्थित केएमसी अस्पतालमा भर्ना गरिएको छ । ढकालको अवस्था गम्भीर रहेको आफन्तहरूले बताएका छन्। उहाँको श्रीमती सप्ताहमा फटकशिला गएको,दुई छोरामध्ये एक जना शसस्त्र प्रहरीमा कार्यरत रहेको र अर्को छोरा उच्च शिक्षाको लागि अस्ट्रेलिया रहेको र एकान्तमा रहेको घरमा एक्लै रहेको समयमा सो घटना भएको वडा अध्यक्ष कुमार ढकालले बताउनुभयो ।
अपहरण शैलीमा अज्ञात समूहले यो घटना घटाएको अध्यक्ष ढकालले बताउनुभयो । प्रहरीले राती नै घटनास्थल पुगेर आवश्यक अनुशन्धान थालेको छ ।
सिपाघाट प्रहरी चौकीको टोली सूचना पाउन साथ घटना स्थल पुगेको थियो । प्रहरी पुग्दा वृद्धालाई छिमेकीले अस्पताल लैजाने तयारी गरिसकेका थिए। टायरको टिउले वृद्धाको हात खुट्टा बाँधेर विष खुवाइएको पाइएको स्थानीयहरुले बताएका छन् । घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल पुगी अनुसन्धान गरिरहेको छ ।
प्रहरीले घटना स्थलबाट विषको बोतल र मदानीको डोरी बरामद गरेको छ ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





