हातखुट्टा बाँधेर विष खुवाईएको अवस्थामा वृद्धा फेला
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ६ सिपाघाट स्थित अधेरीमा गएराति १२ बजेको समयमा एकवृद्धालाई हात खुट्टा बाँधेर विष खुवाइएको पाइएको छ।
शुक्रबार मध्यरातमा स्थानीय श्रीराम ढकाललाई अज्ञात समूहद्वारा मोटरसाइकलको टिउले हात खुट्टा बाधेर बिष खुवाइ छाडिएको अवसथामा फेला पारिएको हो । वृद्धा एक्लै घरमा रहेको मौका छोपि अपरिचित व्यक्तिहरुले हात खुट्टा बाँधेर विष खुवाइएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। यद्यपी प्रहरीले विष कसले खुवायो भन्ने बारेमा खोज र अनुसन्धान थालेको छ।
वृद्धालाई थप उपचारका लागि काठमाडौंस्थित केएमसी अस्पतालमा भर्ना गरिएको छ । ढकालको अवस्था गम्भीर रहेको आफन्तहरूले बताएका छन्। उहाँको श्रीमती सप्ताहमा फटकशिला गएको,दुई छोरामध्ये एक जना शसस्त्र प्रहरीमा कार्यरत रहेको र अर्को छोरा उच्च शिक्षाको लागि अस्ट्रेलिया रहेको र एकान्तमा रहेको घरमा एक्लै रहेको समयमा सो घटना भएको वडा अध्यक्ष कुमार ढकालले बताउनुभयो ।
अपहरण शैलीमा अज्ञात समूहले यो घटना घटाएको अध्यक्ष ढकालले बताउनुभयो । प्रहरीले राती नै घटनास्थल पुगेर आवश्यक अनुशन्धान थालेको छ ।
सिपाघाट प्रहरी चौकीको टोली सूचना पाउन साथ घटना स्थल पुगेको थियो । प्रहरी पुग्दा वृद्धालाई छिमेकीले अस्पताल लैजाने तयारी गरिसकेका थिए। टायरको टिउले वृद्धाको हात खुट्टा बाँधेर विष खुवाइएको पाइएको स्थानीयहरुले बताएका छन् । घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल पुगी अनुसन्धान गरिरहेको छ ।
प्रहरीले घटना स्थलबाट विषको बोतल र मदानीको डोरी बरामद गरेको छ ।
ताजा
देउवा मंगलबार स्वदेश फर्किंदै
२०८३ श्रावण २२ गते, शुक्रबार
देउवा मंगलबार स्वदेश फर्किंदै
२०८३ श्रावण २२ गते, शुक्रबार
कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक
२०८३ श्रावण २२ गते, शुक्रबार
माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा
२०८३ श्रावण २१ गते, बिहीबार
नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु
२०८३ श्रावण २० गते, बुधबार
‘ईयुमा डट कम’ले बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा
२०८३ श्रावण २० गते, बुधबार
हलमा छैन ‘गौँथली’को टिकट
२०८३ श्रावण १९ गते, मंगलवार
‘आइतबारको अफिस’ को परिचर्चा सम्पन्न
२०८३ श्रावण १९ गते, मंगलवार
अर्जुन चन्द्रको ‘संवेदनाका प्रतिध्वनि’ मुक्तकसङ्ग्रह लोकार्पण
२०८३ श्रावण १९ गते, मंगलवार
‘दुर्गा’ निर्माण गर्दै सम्राट
२०८३ श्रावण १८ गते, सोमबार
चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक
२०८३ श्रावण १८ गते, सोमबारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





