पशुपतिमा नयाँ भट्ट आए

२०८० श्रावण २५ गते, बिहीबार

काठमाडौं । पशुपतिनाथ मन्दिरमा नयाँ भट्ट (पुजारी) आएका छन् । भारत आन्ध्र प्रदेश कर्नाटकवासी करिब ३२ वर्र्षीय बिएस विनय अडिगाले बुधबारदेखि विधिवत रूपमा धार्मिक र सांस्कृतिक प्रक्रिया पूरा गरी पशुपतिको मूल मन्दिरमा प्रवेश गरेका छन्। उनले बुधबारदेखि नै मूल भट्टबाट पाशुपत दीक्षा पाएका छन्।

अब उनी पशुपति मूल मन्दिरको दक्षिण मुहारको पुजारी भएका छन्। उनी वैदिक शास्त्र, धर्मशास्त्र तथा तन्त्रशास्त्रका ज्ञाता मानिन्छन्। पशुपतिका तत्कालीन भट्ट रामाकारन्त भट्टले स्वास्थ्यको कारण देखाई राजीनामा गरेपछि रिक्त रहेको पदमा अडिगालाई नियुक्त गरेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिए। ६५ वर्षीय रामाकारन्त पनि आन्द्र प्रदेश कर्णाटककै हुन्। रामकारन्तले दिएको राजीनामालाई विकास कोषले २०७९ फागुनमा स्वीकृत गरेको थियो। रामाकारन्तको राजीनामालाई विकास कोषले स्वीकृत गरिसकेपछि त्यसमा सहमतिको लागि प्रधानमन्त्री कार्यालयमा पेस गरिएको, प्रधानमन्त्री कार्यालयलेसमेत स्वीकृत जनाएपछि रिक्त रहेको स्थानमा पदपूर्ति गर्न मूल भट्टको संयोजकत्वमा ५ सदस्यीय विद्धत् समिति गठन गरिएको कार्यकारी निर्देशक खतिवडाले बताए। ‘उच्चतम विद्धान्बाट वैदिकशास्त्र, धर्मशास्त्र, तथा तन्त्रशास्त्रका ज्ञातालाई पशुपतिको भट्टमा नियुक्त गरिएको हो,’ खतिवाडले भने, ‘उच्चतम् विद्धान्बाट भट्ट छान्ने अधिकार पशुपति क्षेत्र विकास कोषका सदस्य सचिवलाई छ।’

नव नियुक्त भट्ट मूलमा मन्दिरमा प्रवेश गर्नुअघि विष्णु पादुकामा बसेर प्रयाश्चित गोदान गरेका थिए। त्यसअघि उनले धार्मिक विधिअनुसार हात जोडी पशुपति मन्दिर परिसरभित्र रहेका विभिन्न देवी देवताको दर्शन, परिक्रमा तथा पुजाआजा गरेका थिए। त्यसअघि उनी ५ दिनसम्म बम्बै ढुकुटी घर हाल श्रीकृष्ण मन्दिरसँगैको घरमा गुप्तबास बसेका थिए। गुप्तबास बस्नुअघि अडिगाले विभिन्न मन्दिर शक्ति पिठ भण्डारेश्वर, ताम्रेश्वर, खञ्जनेश्वर, कृष्णेश्वर, शंकराचार्य मठ, झम्केश्वर मन्दिरको दर्शन तथा परिक्रमा गरेका थिए।

189 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

‘ईयुमा डट कम’ले बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा

२०८३ श्रावण २० गते, बुधबार

हलमा छैन ‘गौँथली’को टिकट

२०८३ श्रावण १९ गते, मंगलवार

‘आइतबारको अफिस’ को परिचर्चा सम्पन्न

२०८३ श्रावण १९ गते, मंगलवार

अर्जुन चन्द्रको ‘संवेदनाका प्रतिध्वनि’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ श्रावण १९ गते, मंगलवार

‘दुर्गा’ निर्माण गर्दै सम्राट

२०८३ श्रावण १८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक

२०८३ श्रावण १८ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal