अबिरल आएको वर्षाले बर्दियाको गुलरिया र ठाकुरबाबामा सयौं घर डुबानमा

२०८० श्रावण २४ गते, बुधबार

बर्दिया । बर्षाका कारण बबइ नदीमा पानीको सतह बढेपछि गुलरिया नगरपालिका वार्ड नं. १२ सुर्जीगौढी, वार्ड नं.११ इन्द्रपुर र वार्ड नं. १० मस्जिदिया गाउँका सयौं घरहरु डुबानमा परेका छन। डुबानमा परेको गुलरिया १० मस्जिदिया गाउँका जनतालाई वडा अध्यक्ष लक्ष्मीनारायण लोधले खाना खाजा पानीको व्यवस्थापन गर्नुभएको जनमत पार्टीका केन्द्रीय सदस्य मन्साराम यादवले बताउनु भयो।
बर्दियाको ठाकुरबाबा–७ कर्मला, ८ भुटकैया र ९ मिथुनिया फाँटमा दुई सय घर डुबानमा परेका छन् । ठाकुरबाबा नगरपालिका नगरप्रमुख तिलकराम लम्सालले वडा ७ कर्मला टोलका ६९ जनाको उद्धार गरी स्थानीय शिवसुन्दर माविमा राखिएको बताउनु भयो। गाउँको सडकमा खोलाजस्तै पानी बगेपछि डुंगाबाट उनीहरूको उद्धार गरिएको वडाध्यक्ष कलमबहादुर विष्टले बताउनु भयो।

जिल्ला समन्वय समितिका प्रमुख सुर्यबहादुर बिष्ट, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसाल, गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादव र उप प्रमुख सावित्रा गौतम, पुर्वमन्त्री अब्दुल खान, वडा अध्यक्ष लक्ष्मी नारायण लोध लगायतले बाढीजन्य विपतको जोखिमयुतm स्थानहरुको स्थलगत अनुगमन गर्नुभएको छ।
बबईमा जलस्तर बढ्दा नदीले घेरिएको गुलरिया—११ महजदियाबाट ९० परिवारलाई सुरक्षित स्थानमा सारिएको प्रजिअ नारायणप्रसाद रिसालले बताउनु भयो । पहाडी क्षेत्रमा पनि वर्षा भइरहेकाले बबई, कर्णालीलगायतका नदीमा जलस्तर बढ्ने हुँदा सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

बबई नदीमा पानीको सतह ६ दशमलव ५ मिटर पुग्नासाथ सदरमुकाम र आसपासका क्षेत्रमा बाढीको उच्च जोखिम हुने गर्छ । ०७१ सालमा बबई नदीमा आएको बाढीले ९० प्रतिशत भूभाग डुबान हुनाका साथै ३२ जनाको ज्यान गएको थियो ।

जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार अझै केही दिन निरन्तर वर्षा हुने सम्भावना छ। सोमबार रातिको जस्तो ठुलो वर्षा नभए पनि विभिन्न क्षेत्रमा वर्षाको सम्भावना कायमै रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो। शुक्रबारसम्म नै आकाशमा बदली र वर्षाको क्रम निरन्तर रहने अनुमान महाशाखाले गरेको छ।
जलवायु शाखाले मङ्गलबार बिहान सार्वजनिक गरेको तथ्याङ्क अनुसार विगत २४ घण्टामा सबैभन्दा बढी वर्षा कैलालीको चिसापानीमा ४२४.२ मिलिमिटर मापन भएको छ। कुल २५२ वटा वर्षा मापन केन्द्रमा भएको मापन अनुसार आठ वटा केन्द्रमा दुई सय मिलिमिटरभन्दा बढी वर्षा मापन भएको छ। त्यस्तै १५ वटा केन्द्रमा १५० मिलिमिटर, ३९ केन्द्रमा एक सय मिलिमिटर, ८८ केन्द्रमा ५० मिलिमिटरभन्दा बढी वर्षा मापन भएको छ। गण्डकी, बागमती र लुम्बिनी प्रदेशमा बढी वर्षा भएको महाशाखाले जानकारी दिएको छ।

वैशाखयता बाढीपहिरो लगायतका घटनामा परेर १३० जनाको ज्यान गइसकेको छ भने ३४ जना बेपत्ता भएका छन्। त्यसयता चार हजार ६३१ घरपरिवार प्रभावित बनेको प्राधिकरणले जनाएको छ।

192 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal