अबिरल आएको वर्षाले बर्दियाको गुलरिया र ठाकुरबाबामा सयौं घर डुबानमा
बर्दिया । बर्षाका कारण बबइ नदीमा पानीको सतह बढेपछि गुलरिया नगरपालिका वार्ड नं. १२ सुर्जीगौढी, वार्ड नं.११ इन्द्रपुर र वार्ड नं. १० मस्जिदिया गाउँका सयौं घरहरु डुबानमा परेका छन। डुबानमा परेको गुलरिया १० मस्जिदिया गाउँका जनतालाई वडा अध्यक्ष लक्ष्मीनारायण लोधले खाना खाजा पानीको व्यवस्थापन गर्नुभएको जनमत पार्टीका केन्द्रीय सदस्य मन्साराम यादवले बताउनु भयो।
बर्दियाको ठाकुरबाबा–७ कर्मला, ८ भुटकैया र ९ मिथुनिया फाँटमा दुई सय घर डुबानमा परेका छन् । ठाकुरबाबा नगरपालिका नगरप्रमुख तिलकराम लम्सालले वडा ७ कर्मला टोलका ६९ जनाको उद्धार गरी स्थानीय शिवसुन्दर माविमा राखिएको बताउनु भयो। गाउँको सडकमा खोलाजस्तै पानी बगेपछि डुंगाबाट उनीहरूको उद्धार गरिएको वडाध्यक्ष कलमबहादुर विष्टले बताउनु भयो।
जिल्ला समन्वय समितिका प्रमुख सुर्यबहादुर बिष्ट, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसाल, गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादव र उप प्रमुख सावित्रा गौतम, पुर्वमन्त्री अब्दुल खान, वडा अध्यक्ष लक्ष्मी नारायण लोध लगायतले बाढीजन्य विपतको जोखिमयुतm स्थानहरुको स्थलगत अनुगमन गर्नुभएको छ।
बबईमा जलस्तर बढ्दा नदीले घेरिएको गुलरिया—११ महजदियाबाट ९० परिवारलाई सुरक्षित स्थानमा सारिएको प्रजिअ नारायणप्रसाद रिसालले बताउनु भयो । पहाडी क्षेत्रमा पनि वर्षा भइरहेकाले बबई, कर्णालीलगायतका नदीमा जलस्तर बढ्ने हुँदा सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।
बबई नदीमा पानीको सतह ६ दशमलव ५ मिटर पुग्नासाथ सदरमुकाम र आसपासका क्षेत्रमा बाढीको उच्च जोखिम हुने गर्छ । ०७१ सालमा बबई नदीमा आएको बाढीले ९० प्रतिशत भूभाग डुबान हुनाका साथै ३२ जनाको ज्यान गएको थियो ।
जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार अझै केही दिन निरन्तर वर्षा हुने सम्भावना छ। सोमबार रातिको जस्तो ठुलो वर्षा नभए पनि विभिन्न क्षेत्रमा वर्षाको सम्भावना कायमै रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो। शुक्रबारसम्म नै आकाशमा बदली र वर्षाको क्रम निरन्तर रहने अनुमान महाशाखाले गरेको छ।
जलवायु शाखाले मङ्गलबार बिहान सार्वजनिक गरेको तथ्याङ्क अनुसार विगत २४ घण्टामा सबैभन्दा बढी वर्षा कैलालीको चिसापानीमा ४२४.२ मिलिमिटर मापन भएको छ। कुल २५२ वटा वर्षा मापन केन्द्रमा भएको मापन अनुसार आठ वटा केन्द्रमा दुई सय मिलिमिटरभन्दा बढी वर्षा मापन भएको छ। त्यस्तै १५ वटा केन्द्रमा १५० मिलिमिटर, ३९ केन्द्रमा एक सय मिलिमिटर, ८८ केन्द्रमा ५० मिलिमिटरभन्दा बढी वर्षा मापन भएको छ। गण्डकी, बागमती र लुम्बिनी प्रदेशमा बढी वर्षा भएको महाशाखाले जानकारी दिएको छ।
वैशाखयता बाढीपहिरो लगायतका घटनामा परेर १३० जनाको ज्यान गइसकेको छ भने ३४ जना बेपत्ता भएका छन्। त्यसयता चार हजार ६३१ घरपरिवार प्रभावित बनेको प्राधिकरणले जनाएको छ।
ताजा
देउवा मंगलबार स्वदेश फर्किंदै
२०८३ श्रावण २२ गते, शुक्रबार
देउवा मंगलबार स्वदेश फर्किंदै
२०८३ श्रावण २२ गते, शुक्रबार
कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक
२०८३ श्रावण २२ गते, शुक्रबार
माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा
२०८३ श्रावण २१ गते, बिहीबार
नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु
२०८३ श्रावण २० गते, बुधबार
‘ईयुमा डट कम’ले बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा
२०८३ श्रावण २० गते, बुधबार
हलमा छैन ‘गौँथली’को टिकट
२०८३ श्रावण १९ गते, मंगलवार
‘आइतबारको अफिस’ को परिचर्चा सम्पन्न
२०८३ श्रावण १९ गते, मंगलवार
अर्जुन चन्द्रको ‘संवेदनाका प्रतिध्वनि’ मुक्तकसङ्ग्रह लोकार्पण
२०८३ श्रावण १९ गते, मंगलवार
‘दुर्गा’ निर्माण गर्दै सम्राट
२०८३ श्रावण १८ गते, सोमबार
चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक
२०८३ श्रावण १८ गते, सोमबारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





