डेंगु सङ्क्रमणबाट आठजनाको मृत्यु

२०८० श्रावण २४ गते, बुधबार

काठमाडौं । डेंगु सङ्क्रमणबाट आठजनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनीका अनुसार डेंगु सङ्क्रमणबाट आठ जनाको मृत्यु भएको हो । पछिल्लो समय डेंगु सङ्क्रमितको संख्या बढ्दै गएको छ । डा. मरासिनीका अनुसार डेंगु सङ्क्रमण हालसम्म ७४ जिल्लाका नौ हजार ४११ जनामा डेंगु पुष्टि भएको छ । डा. मरासिनीका अनुसार कोशी प्रदेशमा सबैभन्दा बढी डेंगु पुष्टि भएको छ । सो प्रदेशमा छ हजार ९३४ जनामा डेंगु पुष्टि भएको छ ।

यसैगरी, बागमती प्रदेशमा एक हजार ३९१, गण्डकी प्रदेशमा ४१९, सुदूरपश्चिम प्रदेशमा ३८०, लुम्बिनी प्रदेशमा २०६, मधेश प्रदेशमा ५३ कर्णाली प्रदेशमा २८ जनामा डेंगु पुष्टि भएको छ । सङ्क्रमितमध्ये ८९ प्रतिशत डेंगु सङ्क्रमित १० जिल्लाबाट छन् । १० जिल्लामा मात्रै आठ हजार ३८२ जनामा डेंगु पुष्टि भएको छ ।
सुनसरी जिल्लामा सबैभन्दा बढी डेंगु सङ्क्रमित पुष्टि भएका छन् । सुनसरीमा पाँच हजार ४१, मोरङमा एक हजार २२८,धादिङमा ९७६, कास्कीमा २२५, दार्चुला १९२, झापामा १८२, काठमाडौंमा १४६,सङ्खुवासभामा १०२, कञ्चनपुरमा ६७ जनामा डेंगु पुष्टि भएको छ ।

सरुवा रोग विशेषज्ञ डा. विमल चालिसेका अनुसार डेंगु एक प्रकारको लामखुट्टेको टोकाइबाट सर्ने सरुवा रोग हो । डेंगु भाइरसको कारणले यो रोग लाग्ने गर्छ । चालिसेका अनुसार डेंगु भाइरसका चार प्रकारका सेरोटाइप हुन्छन् । एक पटक एउटा सेरोटाइपको डेंगु लागिसकेपछि जीवभर त्यसै सेरोटाइपबाट पुनः डेंगु रोग नलाग्ने चालिसे बताउनुहुन्छ । तर अन्य सेरोटाइपको भाइरस बाट डेंगु लाग्न सक्छ जुन पहिलो स्वरूपको तुलनामा बढी खतरनाक हुने डा. चालिसेको भनाइ छ । डेंगु रोगले रोग प्रतिरोधात्मक क्षमता कम भएका र दीर्घरोगी, बालबालिका, गर्भवती महिलालाई जोखिममा पर्ने भएकोले विशेष ध्यान दिन चिकित्सकले आग्रह गरेका छन् ।

60 Views

ताजा

अब नेपालमा लोडसेडिङ हुँदै हुँदैनः शाक्य

२०८२ जेष्ठ २ गते, शुक्रबार

अब नेपालमा लोडसेडिङ हुँदै हुँदैनः शाक्य

२०८२ जेष्ठ २ गते, शुक्रबार

हिमाल जोगाउनु पृथ्वी, महासागर र मानवता जोगाउनु होः प्रधानमन्त्री ओली

२०८२ जेष्ठ २ गते, शुक्रबार

राजसंस्था र हिन्दूराष्ट्र मान्छु भनेकै कारणले रवीन्द्र मिश्रलाई खोरमा राखिएको छः राजेन्द्र लिङ्देन

२०८२ जेष्ठ २ गते, शुक्रबार

गीतकार सुरेश शिवाकोटीको ‘केलाई हतार’ सार्वजनिक

२०८२ जेष्ठ २ गते, शुक्रबार

सगरमाथा दिवस साताव्यापी कार्यक्रमसहित मनाइने

२०८२ जेष्ठ २ गते, शुक्रबार

गीता अधिकारीलाई ‘रेखा फिल्मस् छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’

२०८२ जेष्ठ २ गते, शुक्रबार

‘भेट्छ एप’ निर्माण गरी अष्ट्रेलियामा रहेका नेपालीलाई सघाउदै चितवनका नवीन

२०८२ जेष्ठ २ गते, शुक्रबार

मखनटोलमा आगलागी, एक जनाको मृत्यु

२०८२ बैशाख ३१ गते, बुधबार

दक्षिण कोरिया जाने विद्यार्थीको ‘एन‌ओसी’ सरकारंद्वारा स्थगित

२०८२ बैशाख ३० गते, मंगलवार

रवीन्द्र मिश्रलगायत २६ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति

२०८२ बैशाख ३० गते, मंगलवार

लोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal