रातभरीको वर्षाले काठमाडौंका विभिन्न क्षेत्र जलमग्न

२०८० श्रावण २३ गते, मंगलवार

काठमाडौं । अविरल वर्षाका कारण राजधानी काठमाडौंका विभिन्न क्षेत्र जलमग्न भएका छन् भने नदीको तटीय क्षेत्रमा बाढी पसेको छ ।

धोबी खोलाको पानीको बहाव खोलाको किनारा सडकसम्म आइपुगेको छ । कपन मिलनचोक खहरे खोला बढ्दा खहरे खोला वरिपरिका पसलहरूमा पानी पसेको छ ।

चाबहिल गोपीकृष्णदेखि कालोपुल, रातोपुल जाने धोबीखोला करिडोर सडकसम्म खोला आइपुगेको छ । सामाखुसीको रेडन कलेज आसपासको क्षेत्रमा डुबान भएको छ । अनामनगरका विभिन्न क्षेत्र जलमग्न हुँदा आवतजावत प्रभावित भएको छ । रातभरको झरीले काठमाडौंका कपन क्षेत्र पनि प्रभावित भएको छ । गोकर्णेश्वरको सानो पुल बाढीले डुबाएको छ भने आवतजावतमा समस्या भएको छ ।

155 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

‘ईयुमा डट कम’ले बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा

२०८३ श्रावण २० गते, बुधबार

हलमा छैन ‘गौँथली’को टिकट

२०८३ श्रावण १९ गते, मंगलवार

‘आइतबारको अफिस’ को परिचर्चा सम्पन्न

२०८३ श्रावण १९ गते, मंगलवार

अर्जुन चन्द्रको ‘संवेदनाका प्रतिध्वनि’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ श्रावण १९ गते, मंगलवार

‘दुर्गा’ निर्माण गर्दै सम्राट

२०८३ श्रावण १८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक

२०८३ श्रावण १८ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal