कैलालीको कैलारी गाउँपालिकाका डुबानमा, २ सय ५० परिवार विस्थापित
२०८० श्रावण २३ गते, मंगलवार
टिकापुर । कैलालीको कैलारी गाउँपालिकाका दुई सय ५० भन्दा धेरै घर डुबानमा परेका छन् ।
कैलारी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ७ का वडाध्यक्ष दीपेन्द्र बमले भुइयाँफाँटा, रामपुर, वसन्ता, नारायणपुर लगायतका बस्तीमा डुबान हुँदा दुई सय ५० घरपरिवार विस्थापित भएका जानकारी दिए । बाढीबाट विस्थापित भएकाहरू अहिले विद्यालयमा बसिरहेको उनले बताए ।
51 Views