सरकारी कागजात किर्ते गरेको आरोपमा थुनामा परेका गोरखा–२ का प्रदेश (क) का कांग्रेस सभापति गुरुङ पार्टीबाट पनि निष्कासनमा

२०८० श्रावण १२ गते, शुक्रबार

काठमाडौं । सरकारी कागजात किर्ते गरेको आरोपमा थुनामा परेका गोरखा–२ का प्रदेश ९क० का कांग्रेस सभापति गुरुङ पार्टीबाट पनि निष्कासनमा परेका छन् ।
नेपाली कांग्रेसको गोरखा जिल्ला कार्यसमितिका सचिव कृष्णबहादुर आलेले बुधबार एक प्रेस विज्ञप्ती प्रकाशित गरी उनलाई पार्टीको सदस्य पदबाट निष्कासन गरेको जनाएका छन् । गोरखाको क्षेत्र नम्बर २ को ९क० प्रदेशका सभापति नारायण भनिने दीर्घमान गुरुङ सरकारी कागजात किर्ते गरेको अभियागमा काठमाडौंको डिल्लीबजार कारागार चलान भएका छन् ।
आलेद्धारा प्रकाशित विज्ञप्तीमा नेपाली कांग्रेसको विधान, २०१७ ९संशोधनसहित० को परिच्छेद–२ को दफा ९४० को उपदफा १३ को ९ङ० अनुसार उनलाई पार्टीको सदस्य पदबाट निष्कासन गरिएको जनाइएको छ । गुरुङलाई काठमाडौंको सोह्रखुट्टे प्रहरीले पक्राउ गरेको थियो । साविकको आँपपिपल गाउँ विकास समिति वडा नम्बर २ ९हाल पालुङटार नगरपालिका ३ ० निवासी गुरुङलाई अदालतमा पेश गराई कारबाहीको लागि कारागार पठाइएको हो । २०६१ जेष्ठ १८ गते अदालतले गुरुङलाई एक वर्षका लागि कैद सजाय सुनाएको थियो ।
पक्राउ परेका गुरुङ काठमाडौँ महानगरपालिका वडा नम्बर २६ नयाँ बसपार्कमा रहेको गोरखा लिगलिग होटल, पोखराको होटल गोवा र पालुङटारको लिगलिग रिसोर्टका सञ्चालकसमेत हुन् । नेपाली कांग्रेस गोरखाका सभापति नन्दप्रसाद न्यौपानेले गुरुङलाई पार्टीको सदस्यबाट हटाइएको बताए । ‘पार्टीको विधानमा भएको व्यवस्था अनुसार उहाँलाई पार्टीको सदस्य पदबाट निष्कासन गरिएको हो’ सभापति न्यौपानेले भने ।

144 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal