भत्कियो सिद्धबाबा सुरुङ मार्गको मुल प्रवेशद्वार

२०८० श्रावण ९ गते, मंगलवार

बुटवल । सिद्धबाबा सुरुङ मार्गको सिद्धबाबा तर्फको मुल प्रवेशद्वार पहिरोले भत्काइदिएको छ । सोमबारबाट परेको वर्षासँगै आएको पहिरोले सुरुङ मार्गको मुख्य प्रवेश द्वार भत्केको हो ।

सुरुङ मार्गको मुख्य प्रवेशविन्दुमा माथिबाट पहिरो खसेपछि भत्किएको हो । पहिरोका कारण सुरुङ मार्गमा क्षति पुगेको परियोजनाका इन्जिनियर युधिस्थिर पन्थीले बताए । कुन भागमा कतिको क्षति भएको भन्ने विषयमा भने उनले केही बताएनन् । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सुरुङ मार्गको काम अगाडि बढाएको थियो ।

मध्यवर्षामा नेपाली प्राविधिकहरूले ढलान गर्न नहुने सुझावविपरीत परियोजनाले चार दिन पहिले मात्र प्रवेशद्वारको ढलान गरेको बताइएको छ । एक हजार एक सय २६ मिटर दूरी रहेको सुरुङ मार्गको काम तीव्र गतिमा अगाडि बढिरहेका बेला पहिरोले मुख्यविन्दुमा क्षति पुगेको छ ।

140 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal