अस्तव्यस्त सितापाइला
२०८० असार १४ गते, बिहीबार
काठमाडौं । विभिन्न मागसहित चालक र व्यवसायीले सार्वजनिक सवारीसाधनसहित विरोध र्याली निकालेका छन् । सितापाइलाबाट सुरू र्यालीमा ट्याक्सी, ट्रक, टिपर, खानेपानी ट्यांकर, साना ढुवानी गाडी, टेम्पो, माइक्रोलगायत सवारी एकैपटक निकालेर विरोध गरिएको हो ।
सार्वजनिक यातायातका व्यवसायीले स्वदेशमै काम गरेर खान पाउनुपर्ने, रातो प्लेटवाला सवारीले यात्रु बोक्न पाउने नीति खारेज गर्नुपर्ने, ट्याक्सी स्टेण्डको अनिवार्य व्यवस्था गर्नुपर्ने, सवारीमा २० वर्षे अवधि खारेज गर्नुपर्ने माग राखिएको छ ।
53 Views