साउदीमा गोली चल्दा नेपाली सुरक्षागार्डसहित दुईको मृत्यु

२०८० असार १४ गते, बिहीबार

काठमाडौं । साउदी अरबको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा एक नेपाली सुरक्षागार्डसहित दुई जनाको मृत्यु भएको छ ।

समाचार एजेन्सी रोयटर्सले अमेरिकी विदेश मन्त्रालयलाई उद्धृत गर्दै एक जना सुरक्षा गार्ड र अर्को बन्दुकधारीको मृत्यु भएको बताएको छ । यस घटनामा कुनै पनि अमेरिकी नागरिकलाई भने क्षति नपुगेको समाचारमा उल्लेख छ ।

साउदी प्रेस एजेन्सीका अनुसार गोली लागेर अमेरिकी वाणिज्य दूतावासमा कार्यरत नेपाली सुरक्षा गार्ड घाइते भएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको हो ।

एक अज्ञात व्यक्तिले अमेरिकी वाणिज्य दूतावास अगाडि कार रोकेर फायरिङ गरेका थिए । सुरक्षाकर्मी र बन्दुकधारीबीच गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको हो ।

अहिले अमेरिकी विदेश मन्त्रालयले वाणिज्य दूतावास र साउदी अरेबिया प्रशासनसँगको सहकार्यमा घटनाको अनुसन्धान गरिरहेको बीबीसीले जनाएको छ । मृतकहरूको नाम ठेगाना भने खुलेको छैन ।

163 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

शैक्षिक परामर्श सेवा नियमनावली २०८३ स्वागतयोग्य, तर नियन्त्रणमुखी व्यवस्था स्वीकार्य नहुने व्यवसायीहरुको माग

२०८३ श्रावण ११ गते, सोमबार

शैक्षिक परामर्श सेवा नियमनावली २०८३ स्वागतयोग्य, तर नियन्त्रणमुखी व्यवस्था स्वीकार्य नहुने व्यवसायीहरुको माग

२०८३ श्रावण ११ गते, सोमबार

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै

२०८३ श्रावण ११ गते, सोमबार

झडप र तनावपछि सुनसरीमा अनिश्चितकालीन कर्फ्यु

२०८३ श्रावण ११ गते, सोमबार

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक

२०८३ श्रावण ११ गते, सोमबार

मःमभित्र कपाल, कारवाही होला त ?

२०८३ श्रावण ११ गते, सोमबार

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट

२०८३ श्रावण ४ गते, सोमबार

अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला

२०८३ श्रावण २ गते, शनिबार

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ श्रावण २ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal