जलहरीमा कसैको नाम कुँदिएको छैन

२०८० असार १४ गते, बिहीबार

काठमाडौं । पशुपतिनाथ मन्दिरमा प्रतिस्थापित सुनको जलहरीलाई लिएर विवाद उत्पन्न भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसको नापजोख गर्ने काम सम्पन्न गरेको छ । अख्तियारबाट गएको टोलीले जलहरीमा सुनको परिमाण ठीक छ वा छैन भनेर जोखेर हेरेको थियो ।

जलहरीको नापतौल भइरहँदा अर्को नयाँ विषय चर्चामा आयो । जलहरीमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसहित १३ जनाको नाम कुँदिएको समाचार केही सञ्चारमाध्यममा आएपछि सामाजिक सञ्जालमा निकै आलोचना भइरहेको छ । कुँदिएका नामहरु मेटाएरमात्रै पुनःस्थापना गर्नुपर्ने माग धेरैले गरेका छन् ।

यस विषयमा हामीले पशुपति विकास कोष र अख्तियारसँग बुझ्न खोज्यौं । दुवै निकायले जलहरीमा तत्कालीन पदाधिकारीहरुको नाम कुँदिएको अस्वीकार गरेका छन् ।

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा। घनश्याम खतिवडाले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आइरहेका कुराहरु सत्य नभएको बताए ।

उनले भने, ‘जलहरीमा कसैको पनि नाम कुँदिएको छैन । नकुदिएकाले मेटाउने भन्ने प्रश्न नै आउँदैन ।’

उनले भित्तामा राखिएको उद्घाटन प्लेटमा परम्परागत प्रचलनअनुसार तत्कालीन राष्ट्रपति, प्रधानमन्त्रीलगायतको नाम उल्लेख रहेको स्पष्ट पारे ।

अख्तियार स्रोतले पनि जलहरीमा कसैको नाम नभएको बतायो । यसबारे सबै प्रक्रिया सकिएपछि औपचारिक वक्तव्यमार्फत जानकारी गराउने स्रोतको भनाइ छ ।

152 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित

२०८३ जेष्ठ २१ गते, बिहीबार

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

२०८३ जेष्ठ २१ गते, बिहीबार

आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा

२०८३ जेष्ठ २१ गते, बिहीबार

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal