एकदिवसीय विश्वकप खेल्ने नेपालको सपना चक्नाचुर

२०८० असार ९ गते, शनिबार

काठमाडौँ । आईसीसीको एकदिवसीय विश्वकप खेल्ने नेपालको सपना चक्नाचुर भएको छ ।​ जिम्बाब्वेमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गत नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएपछि एकदिवसीय विश्वकप खेल्ने नेपालको सपना समाप्त भएको हो ।

समूह ‘ए’ अन्तर्गत नेपालले ४ मध्य ३ खेलमा पराजित भयो र सुपर सिक्समा पुग्न सकेन । आज शनिबार नेपालले दिएको १६८ रनको लक्ष्य नेदरल्यान्ड्सले २७ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । नेदरल्यान्ड्सका लागि म्याक्स ओदाउदले ९० रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले २ विकेट हात पारे । गुल्सन झाले १ विकेट लिए ।

यसअघि टाकासिंगा स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४४ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १६७ रनमात्र जोड्न सक्यो । नेपालका लागि कप्तान रोहित पौडेलले ३३ रन, कुशल भुर्तेलले २७ रन तथा भीम सार्कीले २२ रन बनाए । दिपेन्द्र सिंह ऐरीले १४ तथा कुशल मल्लले १२ रन जोडे । गुल्सन झाले १५ रन तथा सन्दीप लामिछानेले २७ रनको योगदान गरे ।

नेदरल्यान्ड्सका लागि लोगान भान बिकले ४, विक्रमजित सिंह र बास डी लिडेले २–२ विकेट तथा क्लायटन फ्लोयड र आर्यन दत्तले १–१ विकेट हात पारे ।

169 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal