गायक सुमन परियारको ‘कठै मेरो देश’ विवादमा, जात र धर्म आफैमा नराम्रो हैनः परियार
काठमाडौँ । गायक सुमन परियारको ‘कठै मेरो देश’ विवादमा तानिएको छ । गीतमा कानुन, जात, धर्म, रोजगार तथा वैदेशिक यात्राको समसामयिक विषयमा गीतमा उठान गरिएको छ ।
जनता सहकारीबाट ठगिएको, पढेर पनि जागिर नपाएको, पासपोर्ट बनाउँदा झेलेको झमेला, देशमा गरिखाने परिस्थिति नभएपछि विदेसिनु बाध्यता भएको र बिभिन्न धर्म मान्ने धर्मावलम्बीहरुले पैसा दिएर धर्म परिवर्तन गर्न लगाएको कुरा उठान गरिएको छ ।
दर्शक स्रोताले रुचाइएका गीत ‘कठै मेरो देश’मा पैसा दिएर धर्म परिवर्तन गराएकोप्रति क्रिश्चियनहरुलाई आरोप लगाएको भन्दै विरोध जनाएको छ । हामीले पैसा दिएर धर्म परिवर्तन गर्न लगाएको भन्ने भिडियोमा उल्लेख गरिएकोमा क्रिश्चियन धर्म मान्ने समुदायले विरोध गरेको भन्दै गायक परिवारले कुनैपनि धर्म जात आफैमा सानो ठूलो हुँदैन, तर जात र धर्मको नाममा कुनै समुदाय र धर्मले पैसा वितरण गर्दै धर्म परिवर्तन गर्न लगाउनेको मात्र कुरा उठान गरिएको हामीलाई बताए ।