दोस्रो स्टार म्युजिक एण्ड फिल्मस अवार्ड सम्पन्न

२०८० असार ८ गते, शुक्रबार

काठमाडौँ । नेपालकै सर्वाधिक बिधामा बिरिसु मिडिया प्रालिद्धारा आयोजित दोस्रो स्टार म्युजिक एण्ड फिल्मस अवार्ड सम्पन्न भएको छ । चलचित्र बिकास बोर्ड चाबहिल, काठमाडौँमा शनिबार ६९ बिधामा ९३ जनालाई अवार्ड वितरण गरिएको हो । पुर्व युवा तथा खेलकुदमन्त्री एंव संघिय सांसद हित बहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा समाजसेवी, कलाकार, साहित्यकार गरी २७ जनालाई सम्मान प्रदान गरिएको थियो ।

पुर्वमन्त्री तामाङले कलाकारहरुको पेशालाई अझ हौसला बढाउन आयोजना गरेको अवार्ड कार्यक्रम प्रशंसानीय रहेको र आगामी दिनमा पनि निरन्तरताको शुभकामना दिए । त्यसैगरी वरिष्ठ कलाकार लय संग्रौलाले सबै कलाकारहरुको प्रतिनिधित्व गरी आफुले म्युजिक अवार्डलाई थप आगामी संस्करण भव्य पार्न शुभकामना दिए । त्यसैगरी युवा नेता अबिरल जिम्बाले फरक प्रसंगमा नेताहरुलाई पनि अवार्ड प्रदान गर्न व्यंग्यात्मक ढंगले आयोजकलाई आग्रह गरे । जिम्बाले नेताहरुलाई अवार्ड प्रदान गरे राम्रो काम गर्ने जांगर आउने र अवार्ड पाउनको लागि भनेपनी राम्रो काम गर्ने बताए । युवा नेत्री संगीता तामाङले पुर्वदेखी पश्चिमसम्मका कलाकारहरु समेटिनुले अवार्ड कार्यक्रम निकै समाबेशी देखिएको बताइन ।

अवार्ड कार्यक्रका संयोजक एंव बिरिसु मिडिया प्रा।लिका निर्देशक सुस्मिता स्याङ्तानको स्वागत मन्तव्यबाट शुरु भएको उक्त कार्यक्रममा झरना कला केन्द्रका कलाकारहरुले स्वागत डान्स राखेका थिए । अवार्ड कार्यक्रममा सहभागी नोमिनिजहरुको टप ५ भिडियो सार्वजानिक गरेपछी अवार्ड वितरण गरेका थिए । अवार्ड वितरणसँगै २७ जनालाई सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा उत्साहजनक सहभागिता रहेको थियो भने हलमा कुनै पनि सिट खाली थिएनन । कार्यक्रममा सभापती एंव बिरिसु मिडिया प्रा।लिका अध्यक्ष विवेक लोप्चनले कार्यक्रम सफल बनाउन प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पूर्ण व्यक्तिहरुप्रती धन्यवाद ज्ञापन गरे । कार्यक्रमको सञ्चालन भने टम्पशेर राइले सञ्चालन गरे ।

कोको भए सम्मानित ?

कार्यक्रममा साहित्यकारद्धय अमर बान्तु र शीतल कादम्बिनी गुरुङ्गलाई साहित्य सम्मान, पत्रकार एंव हास्य कलाकार एम जि तामाङ (माधव घले)लाई “बिरिसु सञ्चार तथा कला सम्मान (२०८०”, संगीतकार आर बि सिङ्दान र गायक ताराबिर पाण्डेलाई “बिरिसु दशक प्रतिभा सम्मान”, गायिका मन्जु थापा, अशोक धिताल, बासुरीबादक सम्पुर्ण लामा, गायक एंव संगीतकार आरबी लामा, गायक र सर्जक बैरागी मोक्तान, गायक उत्सव सुब्बा लामा, बिएफएक्स आर्टिस्ट अच्युत बजगाइ, समाजसेवी तथा निर्माता लिला डाँगी, निर्देशक निरेन श्रेष्ठ, कलाकार र निर्माता साबित्री बज्राचार्य, नायक र लेखक रितुराज पाखृन, निर्माता दिमेश श्रेष्ठ, गायक रमेश पाठक, भिडियो सम्पादक भुपेन्द्र अधिकारी, रंग सम्पादक रेनिश फागो, मोडल आरम्भ तामाङ र गायक बिक्रम लामालाई कला सम्मान प्रदान गरिएको थियो । त्यसैगरी गीता अधिकारीलाई रंग पत्रकारिता सम्मान, दावा लामा र धन बहादुर परियारलाई समाजसेवी सम्मान, वरिष्ठ गायक र संगीतकार भोजराज भट्टलाई “बिरिसु विशेष व्यक्तित्व सम्मान( २०८०”, सञ्चारकर्मी शरण हुमागाइलाई सर्वज्ञ सम्मान, दुई दशक लामो समयदेखी गायन एंव सञ्चारकर्ममा संग संगै योगदान दिदै आएका गायक एंव सञ्चारकर्मी राजकुमार रायमाझीलाई विशेष सम्मान प्रदान गरिएको थियो । अवार्ड समारोहका जुरीहरु गायक एंव संगीतकार, तामाङ कलाकार संघका अध्यक्ष विश्व दोङ, विश्व किर्तिमानी लक्षु प्रकाश मल्ल, ध्वनी सम्पादक मनोज डंगोल, चलचित्र निर्देशक अमर ओली र वरिष्ठ गीतकार मिनसागर लामालाई जुरी प्रमाणपत्र प्रदान गरिएको थियो । यसैगरी मिडिया पार्ट्नरका रुपमा काभ्रे प्रवाह साप्ताहिकका नवराज हुमागाईंलाइ पनि सम्मान गरिएको थियो ।

 

170 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal