फेरि भारतबाट बढेर आयो पेट्रोलको मूल्य
२०८० असार १ गते, शुक्रबार
काठमाडौं । भारतीय आयल कर्पोरेसनले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ।
पुरानो मूल्यमा पेट्रोल प्रतिलिटर ८६ पैसा तथा डिजेल ३७ पैसा बढेर आएको नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए। साथै यो पटक भारतबाट मूल्य बढेर आए पनि नेपालमा परिवर्तन नगर्ने प्रवक्ता ठाकुरले बताए।
अहिले निगमले उपभोक्तालाई पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ र डिजेल १५५ रुपैयाँमा बिक्री गर्दै आएको छ।
55 Views