असार ६ पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुँने

२०८० असार १ गते, शुक्रबार

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (पिआइए) मा ६ असारमा पहिलो अन्तर्राष्ट्रिय उडान हुने भएको छ ।

स्रोतका अनुसार चीनबाट दुईवटा चार्टर विमान पोखरामा अवतरण गर्ने तय भइसकेको छ । विमानस्थल सञ्चालनमा आएको १७१औँ दिनमा अन्तर्राष्ट्रिय चार्टर उडान हुन लागेको हो । उक्त दिन उत्तरी छिमेकी मुलुक चीनको छेन्दुबाट चिनियाँ वायुसेवा कम्पनी सिचुवान एयरलाइन्सको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भएको हो ।

नागरिक उड्डयन प्राधिकरणले सिचुवान एयरलाइन्सलाई ६ असारमा चार्टर्ड अवतरणका लागि अनुममति दिएको छ । १७ माघ ०७९ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विमानस्थल उद्घाटन गरेका थिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पोखरामा नियमित उडानका लागि समेत कम्पनीसँग छलफल भईरहेको छ । पोखरामा हुने ‘बोट रेस’ प्रतियोगितामा भाग लिने खेलाडीहरु बोकेर सिचुवानको जहाज पोखरा अवतरण गर्नेछ । यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो अन्तर्राष्ट्रिय उडान हुनेछ ।

152 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार

२०८३ असार ५ गते, शुक्रबार

फाइभ जीका लागि सरकार र सेवा प्रदायक दुवै तयार

२०८३ असार ५ गते, शुक्रबार

के नेपालको धर्म, कला र संस्कृति आज हराउँदै गएको हो ?

२०८३ असार ५ गते, शुक्रबार

रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने

२०८३ असार ३ गते, बुधबार

साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी

२०८३ असार ३ गते, बुधबार

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

२०८३ असार ३ गते, बुधबार

गेरुवामा निशुल्क लोकसेवा तालिम समापन

२०८३ असार ३ गते, बुधबार

‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा

२०८३ असार ३ गते, बुधबार

राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास र निष्क्रियता

२०८३ असार ३ गते, बुधबार

पसिना र रगत बिस्तारै चुस्तै चुस्तै जवानी खेर जाने ठाउँलाई नै सायद प्रदेश भनिएको

२०८३ असार ३ गते, बुधबार

Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning

२०८३ असार २ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal